All Posts By इटहरी खबर संवाददाता

    Showing २,६२१-२,६३० of ३,०८७ items.
  • धरानमा पनी आदिपुरुष प्रदर्शन नगर्न मेयर साम्पाङको आग्रह

    धरान । धरानका मेयर हर्क साम्पाङले धरानमा भारतीय चलचित्र आदिपुरुषको प्रदर्शन नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले धरानमा आदिपुरुषको प्रदर्शन नगर्न भनेका हुन् । यसअघि काठमाडौ र पोखराका मेयरले आदिपुरुषको प्रदर्शन नगर्न सार्वजनिक आग्रह गरीसकेका छन् । सोअनुसार आजदेखि ती दुवै नगरमा फिल्मको प्रदर्शन रोकिएको छ । 

    • प्रकाशित मितिः असार ४, २०८०
    • ८९ पटक पढिएको
  • पुरुष बास्केटबलमा नेपालले माल्दिभ्सलाई हरायो

    काठमाण्डौ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ। माल्दिभ्सको मालेमा आइतबार राति भएको खेलमा नेपालले आयोजकलाई ७५–६८ अंकले हराएको हो ।नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बंगलादेशलाई हराएको थियो। नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो।  प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।

    • प्रकाशित मितिः असार ४, २०८०
    • १३८ पटक पढिएको
  • काठमाण्डौमा भारतीय चलचित्र प्रदर्शनमा रोक

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आज (सोमवार) देखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको हो ।भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल भागबाट हटाउन तीन दिनको समय दिएकोमा हिजोसम्म पनि नहटाएकोले काठमाण्डौ महानगरका कुनै पनि हलमा सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर शाहले बताए ।आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय सिनेमा प्रदर्शनमा रोक लगाउने महानगरपालिकाले जनाएको छ । नेपालको स्वतन्त्रता, स्वाधीनता

    • प्रकाशित मितिः असार ४, २०८०
    • ९९ पटक पढिएको
  • कोसी प्रदेशका पहाडी जिल्लामा बाढी पहिरो: मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, अझै २८ जना

    विराटनगर । कोशी प्रदेशमा शनिवार रातिदेखि परेको अविरल वर्षापछि पाँचथर, ताप्लेजुङ, संखुवासभालगायत जिल्लामा आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । अझै २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १र१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ ।यस्तै हालसम्म पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगा

    • प्रकाशित मितिः असार ४, २०८०
    • ८१ पटक पढिएको
  • आज कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुँदै

    विराटनगर । कोशी प्रदेश सरकार र  प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच आज वार्ता हुँदैछ । आज बिहान विग होटलमा वार्ता हुन लागेको हो ।वार्ता समिति सदस्य एवम् उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले आज बिहान पहिचान पक्षधरसँग औपचारिक वार्ता गर्न लागिएको जानकारी दिए ।माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।सरकार

    • प्रकाशित मितिः असार ४, २०८०
    • १३७ पटक पढिएको
  • आज पूर्वी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना

     काठमाण्डौ । पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका हुन्  । गएराति कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको छ ।यस्तै, पश्चिम तराईमा पानी नपरे पनि आज मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।पश्चिम तराईमा मनसुन सक्रिय भएको छैन । तर, त्यहाँ हिन्द महासागरमा बनेको बिपरजोय आँधीको प्रभाव हल्क

    • प्रकाशित मितिः असार ४, २०८०
    • ८३ पटक पढिएको
  • आईसीसी विश्वकप :जिम्बाबेविरुद्ध नेपालको ५० रन पूरा

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले ५० रन पूरा गरेको छ । नेपालले ११.५ ओभरमा कुनै विकेट नगुमाई ५० रन पूरा गरेको हो ।नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ३३ रन र आसिफ शेख १४ रन बनाउँदै क्रिजमा छन् । कुशलले ६ चौका र आसिफले एक चौका हिर्काएका छन् । हालसम्म नेपालले ४.१६ को रनरेटमा रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।

    • प्रकाशित मितिः असार ३, २०८०
    • १८३ पटक पढिएको
  • भारतको उत्तर प्रदेशको बलियामा गर्मीले ५४ जनाको मृत्यु

    काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित बलियामा गर्मीका कारण तीन दिनमै ५४ जनाको ज्यान गएको छ। अहिले ४ सयभन्दा धेरै बिरामी छन्। उनीहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। १५ देखि १७ जुनबीच ज्वरो, दम बढ्ने जस्ता कारणले अस्पताल भर्ना हुने बिरामीको संख्या तीव्र गतिमा बढेको छ।जानकारी अनुसार १५ जुनमा २३, १६ जुन २० र १७ जुनमा ११ जनाको ज्यान गएको छ। जिल्लामा बढ्दो मृत्युलाई देखेर आजमगढ मण्डलका स्वास्थ्य निर्देशकले डाक्टरको एक टोलीलाई लखनऊबाट बोलाएका छन्। 

    • प्रकाशित मितिः असार ३, २०८०
    • १७४ पटक पढिएको
  • ‘आदिपुरुष’ लेखक मनोजको कुतर्क ‘नेपाल १९०४ अघि भारतकै हिस्सा थियो’

    काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’का संवाद लेखक मनोज मुन्तशिरले नेपाल सन् १९०४ (वि.सं. १९६१) सम्म भारतकै हिस्सा रहेको कुतर्क गरेका छन्।फिल्मको विवादित संवादबारे भारतीय टेलिभिजन च्यानलसँग कुरा गर्दै संवाद लेखक मुन्तशिरले नेपाल १९०४ सम्म भारतकै हिस्सा भएको बताएका हुन्।उनले नेपालमा विरोध गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादको विषयमा प्रश्न उठेपछि यस्तो अभिव्यक्ति दिएका हुन्।फिल्मको कथा देखाइएको समयमा नेपाल भारतकै हिस्सा भएको बताउँदै उनले नेपाल र भारतलाई आफूले अलग नमान्ने बताए।‘यदि नेपालीहरूलाई कुनै आपत्ति छ भने मसँग कुरा गरेको खण्डमा म उनीहरूलाई सम्झाउन सक्छु। देश र भौगोलिक रूप

    • प्रकाशित मितिः असार ३, २०८०
    • २७० पटक पढिएको
  • गर्भपतन गराएकी दमककी एक महिलाको मृत्यु

    विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा गर्भपतन गराएकी एक जना महिलाको मृत्यु भएको छ । दमक –४ ताराबारीका युवराज राईकी पत्नी ४० वर्षीया कल्पना राईको आइतबार बिहान मृत्यु भएको हो । कल्पनालाई परिवारले गत शुक्रबार बिहान गर्भपतन गराउन भन्दै अस्पताल भर्ना गरेका थिए ।  अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा राईलाई भर्ना गरिएको अस्पतालले जनाएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा।रविकुमार साहका अनुसार सुरुमा आकस्मिक कक्षमा भर्ना गरिएकी महिलाको अवस्था गम्भीर रहेका कारण उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको थियो । तर, पारिवारि

    • प्रकाशित मितिः असार ३, २०८०
    • २४४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल