All Posts By इटहरी खबर संवाददाता

    Showing २,७०१-२,७१० of ३,०८७ items.
  • भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साबिक विजेता भारतलाई १(० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन ।यस्तै भारतलाई समग्रमा नेपालले दोस्रो पटक हराएको हो । साबिक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मि कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रीति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मिले निर्णायक गोल गरिन् । अब नेपालले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ । फाइनल

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • ३२० पटक पढिएको
  • यसपर्ष दशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५१ मिनेटमा

    काठमाडौं । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११  बजेर ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।त्यस दिन बिहान १० बजेर ३४ बजे देवी विसर्जन गरी ११ बजेर ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका ध

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २८१ पटक पढिएको
  • देशभर आज थप ११० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय १० जनामा कोरोना भाइरस संक्रमण पृष्टि भएको छ ।३८ सय २७ जनामा परीक्षण गरिएकोमा पीसीआरबाट ६० र एन्टीजेन विधिबाट ५० जना गरी उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज यसैगरी, १ सय २६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । देशभर कोरोना सक्रिय संक्रमितको संख्या २ हजार ६२ रहेको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • ३०५ पटक पढिएको
  • भारतबाट घटेर आयो पेट्रोलको मूल्य

    काठमाडौँ । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो । पेट्रोलमा मूल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ । शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो।डिजेलमा भने प्रतिलिटर ४४ पैसा मात्र घटेर आएको निगम स्रोतले बतएको छ । नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजलमा प्रतिलिटर करिब ६ रुपैयाँ घाटा रहने बताइएको छ ।

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २८३ पटक पढिएको
  • स्थानीय चुनावपछि २ लाख ५५ हजार मतदाता थपिए

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतादाताले मत दिन पाउने भएका छन्।आयोगका सचिव गोकर्णमणी दुवाडीका अनुसार आज आयोगले यी मतदाताको नामावली वेबसाइटबाट सार्वजनिक गर्दैछ। चुनावमा १० हजार ८ सय ९१ मतदानस्थल रहनेछन्।यस्तै २२ हजार २ सय २६ वटा मतदान केन्द्र कायम गरिएको उनले जानकारी दिए। २०७४ को चुनावमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए।गत वैशाख ३० गते भएको स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। चुनावपछि झण्डै तीन महिनाको अवधिमा दुई लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका हुन्।

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २४६ पटक पढिएको
  • कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। उनलाई उच्च ज्वरो आएको छ।  कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २८९ पटक पढिएको
  • ‘छक्का पञ्जा ४’ फागुन १९ गतेबाट रिलिज हुने

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ फागुन १९ गतेदेखि हलमा रिलिज हुने भएको छ । चलचित्र निर्माता दीपक राज गिरीले फागुन १९ देखि चलचित्र हलमा आउने जानकारी दिएका हुन् । आमा सरस्वती मुभिज्को ब्यानरमा निर्माण भइरहेको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । चलचित्रको अघिल्ला ३ श्रृंखला भने दीपाश्री निरौलाले गरेकी थिइन् ।  चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा लगायतको अभिनय देख्न सकिन्छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २८६ पटक पढिएको
  • साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

    काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल साँझ साढे बजेबाट सुरु हुनेछ।नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन। किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ।नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो।भारत पनि नेपाललाई हराएर उपाधि रक्षाको होड कायम गर्न चाहन्छ। समूह चरणमा

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २५५ पटक पढिएको
  • सेनाले माग्यो २२९ जना सहायक सेनानी

    काठमाडौं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि दरखास्त माग गरेको हो । आजदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ।सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन भर्न सकिने सेनाले बताएको छ। काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • २२७ पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं । न्यूनचापीय क्षेत्र र मनसुनी रेखा नेपालतर्फ रहेकाले केही दिन देशभर पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभाव बिहीबार रातिदेखि नै देखिएको छ र केही दिनसम्म कायम रहने छ ।महाशाखाका मौसमविद हिरा भट्टराईका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालको पश्चिम भूभागको नजिक आइपुगेको छ । यसैगरी मनसुनी रेखा पनि नेपालको तराई भूभाग नजिक आइपुगेकाले केही दिन मनसुन थप सक्रिय हुने छ ।  आइतबारदेखि भने यसको प्रभाव कम हुने तर पानी पर्ने क्रम नरोकिने मौसमविद भट्टराईले बताए । काठमाडौं उपत्यकामा मध्यम खालको वर्षा ह

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • १८४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल