काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ। उनलाई उच्च ज्वरो आएको छ। 
 
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार अहिले थापा घरमै आराम गरिरहेका छन्। ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।