विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो ।प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले बताए । आगामी वर्ष प्रदेश १ लाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने योजना रहेको उनले बताए । पूर्ण साक्षर घोषणाका लागि अनौपचारिक र वैकल्पिक शिक्षा, विद्यालय केन्द्रित साक्षरता कार्यक्रम र स्थानीय तहसँगको सहकार्यमा उच्च शिक्षामा इन्र्टनसिपलगायतका योजना तयार ग
काठमाडौं । नक्कली कागज बनाएर लाइसेन्सका लागि अरुको ट्रायल दिएको आरोपमा पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भई काठमाडौंको चाबहिल बस्ने मनिष श्रेष्ठ, तीनकुने बस्ने मनिष लामिछाने र भक्तपुर बस्ने टुल्कु सिं तामाङ छन् । यस्तै भक्तपुरको कटुञ्जे बस्दै आएका कालिकोटका ईन्द्रबहादुर शाही र गोरखाका राजकुमार श्रीमललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई लिखत सम्बन्धी कसूरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।पाण्डेका अनुसार उनीहरुले भक्तपुरको राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र न
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ४०१ जनामा परीक्षण गर्दा २ सय २७ जनामा संक्रमण देखिएको हो।१ हजार ५१८ पीसीआर परीक्षण गरिएकोमध्ये १३७ जनामा र २ हजार ८८३ एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा संक्रमण देखिएको हो।त्यस्तै, सोही अवधिमा १६८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ रहेको छ।यसैगरी, पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म १२ हजार १० जना संक्रमितको नेपालमा मृत्यु भएको छ।स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैला
इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरी उपमहानगर भित्रका सार्वजनिक स्थलमा सुर्ति तथा मदिराजन्य वस्तुको बिक्रीवितरण गर्न नपाउने भएको छ । इटहरी उपमहानगरको १ सय २२ औँ कार्यपालिका बैठकमा बुधबार नगरप्रमुख हेमकर्ण पौडेलले राखेको सार्वजनिकस्थलमा सुर्तिजन्य र मदिराजन्य पदार्थ बिक्री गर्न र सेवन गर्न प्रतिबन्ध गर्ने प्रस्ताव कार्यपालिका सदस्यले सर्वसम्मत पास गरेका हुन् । कार्यपालिकाबाट पास भएपछि कार्यविधि बन्ने र सोपश्चात् कडाइका साथ सुर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थको बिक्रीवितरणको अनुगमन गरिने नगरप्रमुखले बताएका छन् । स्कुल, कलेजको १ सय मिटर वरपर सुर्तिजन्य पदार्थ र मदिरा ज
काठमाडौं। विशेष अदालतले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रविनचन्द्र ढकाललाई ९ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । तीन फरक भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनलाई एकसाथ सजाय तोकेको हो । उनीमाथि सरकारी रकम हिनामिना गरी आफ्नो खातामा रकम जम्मा गरेको आरोप थियो ।उनीमाथि उदयपुरको कटारी, इलामको माई र सोलुखुम्बु जिल्ला अस्पतालमा कार्यरत रहदा भ्रष्टाचार गरेको आरोप थियो ।
काठमाडौं । देशका चार प्रदेशमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति
मेष । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वृष । आज कुनै कुराले मनमा शान्ति छाउनेछ । भेला र मनोरञ्जनमा सहभागिता भइएला । सेयरबजारको कारोबार पनि राम्रै सफलता मिल्नेछ । मिथुन । आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कर्कट । आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । सिंह । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।
काठमाडौं । देशका ७५ वटा जिल्लामा डेगूँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयको आजको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले कोरोना सङ्क्रमणका साथै हाल देशका अधिकांश जिल्लामा डेगूँ संक्रमण देखिएको बताए । यस्तै, काठमाडौँ उपत्यका लगायत केही जिल्लामा डेगूँ संक्रमण प्रकोपको रुपमा बढ्दै गएको समेत उनले जनाए । एडीस प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने डेगूँ दिनको घाम उदाएको २ घण्टा पछि र घाम अस्ताउनु २ घण्टा अघिको समयसम्म सक्रिय रहने भएकोले लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।मन्त्रालयका अनुसार हालसम्म ६ हजार २ सय ७
दमौली । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो । तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए । नायक शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै २५ हजार जरिवाना र दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतका श्रेस्तेदार महेन्द्रराज पौडेलले बताए
काठमाडौं । भारत सरकारले सडक यातायातका क्रममा कार तथा बसमा सिट बेल्ट लगाउन अनवार्य गरेको छ । कार तथा बसको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लगाउनु अनिवार्य भएको भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलगाएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने नियम ल्याएको मन्त्री गडकरीले बताए। भारतका एक जना प्रसिद्ध उद्योगी व्यवसायी सिरस मिस्त्रीको गत मङ्गलबार कार दुर्घटनामा परेर ज्यान गएको थियो । भारतको मुम्बईमा उनको ज्यान गएको एक दिनपछि भारतको केन्द्रीय सरकारले सिट बेल्ट लगाउनुपर्ने नियमको घोषणा ग