All Posts By इटहरी खबर संवाददाता

    Showing २,९२१-२,९३० of ३,०८७ items.
  • बीमा रकम असुल्न आफ्नै टिपरमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

    काठमाडौं । बीमा रकम असुल्ने लोभमा दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैँले चलाउँदै आएको टिपरमा आगो लगाएका छन् । आफैँले आगजनी गरेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनीहरूलाई पक्राउ गरेको छ । गाडीमा आगजनी गर्ने चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजनी गरेको पुष्टि भएको उनले बताए । घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगो लगाइएको प्रहरीले जनाएको छ । आगजनी

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ६० पटक पढिएको
  • हिन्दी भाषामा ‘प्रेमगीत ३’, एकसाथ चार वटा गीत रिलिज गरियो

    काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत–३’ हिन्दी भाषामा स्वरांकन गरेर नेपालसँगै भारतलगायत विभिन्न मुलुकमा एकै दिन रिलिज गरिने तयारी हुँदै छ । नेपालसँगै भारतमा आगामी ७ असोजमा ‘प्रेमगीत ३’ रिलिज तयारी हुँदै गर्दा बलिउडका विभिन्न कलाकारका स्वरमा रेकर्ड गरेर गीतसमेत रिलिज गरिएको छ ।निर्माण टोलीले भारतको जी म्युजिकको युट्युब च्यानलबाट हिन्दी भाषाको चारवटै गीत सोमबार रिलिज गरेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले रिलिज मिति नजिकिँदै गरेकाले चारवटै गीत एकसाथ रिलिज गर्नुपरेको बताएका छन् । यी गीतमा भारतीय गायकगायिकाले स्वर दिएका छन् ।‘जहान भी जाओ आई सनम’मा गायक राहत फतेह अली खानको स्वर र देवराजको संगी

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • १२१ पटक पढिएको
  • शिक्षक सेवा आयोगको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी

    काठमाडौं । शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो ।  अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगका उप–सचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।  आयोगले माध्यमिक तहको असोजदेखि कात्तिकभित्रमा नतिजा प्रकाशन गरिसक्ने र मंसिरमा अन्तर्वार्ता गर्ने गरी कार्यतालिका बनाएको छ । अन्तर्वार्तामा पास भएका शिक्षकहरूलाई पुसभित्रमा सिफारिस गरेर नियुक्ति पत्र दिनेछ । त्यस्तै आयोगले निमावि

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ११३ पटक पढिएको
  • इन्डोनेसियामा भूकम्पको धक्का

    काठमाडौं । इन्डोनेसियाको बालीमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ।भूकम्पपछि कुटा क्षेत्रका बासिन्दा घरबाहिर निस्किएका थिए। भूकम्पको धक्का कडा महसुस गरिएको थियो। भूकम्प १ मिनेटसम्म महसुस गरिएको इन्डोनेसियाका सञ्चार माध्यमहरूले जनाएका छन्।भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ११७ पटक पढिएको
  • उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेको स्रोतले जनाएको छ। राउत यादवकै दल जसपाका नेता हुन्।मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको कारण राउतको राजीनामा मागिएको हो। जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको हो। मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन्। तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • १०६ पटक पढिएको
  • कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

    धनगढी । कैलालीको अत्तरिया चोक र अत्तरिया नजिकै रहेको पूर्वपश्चिम राजमार्गको हरैयामा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान हरैयामा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र अत्तरियामा कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । सेनाको बम डिस्पोजल टिम घटनास्थल पुगिसकेको उनले बताए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ४ चार पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ । मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । बन्द आह्वानको

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ६८ पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौँ । आज मंगलबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू-भागहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भारी वर्षाका कारण देशका केही प्रदेशका केही भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।यस्तै, तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मीबाट बच्न आवश्यक स

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • ८० पटक पढिएको
  • २०७९ भाद्र ०७ गते मंगलबारको राशिफल

    मेष । आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । वृष । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । मिथुन । शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कर्कट । आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ । सिंह । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • १३७ पटक पढिएको
  • देशभर आज थप ६५८ जनामा कोरोना पुष्टि

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार ३,३८१ पीसीआर परीक्षणमा ४०५ र ३,२६२ एन्टीजेन परीक्षणमा २५३ गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ संक्रमणमुक्त भएका छन्। हाल देशभर ४,२९६ जना सक्रिय संक्रमित छन्।मन्त्रालयका अनुसार हाल ४, १३४ होम आइसोलेसन, १६२ संस्थागत आइसोलेसन र ५० जना आईसीयूमा छन्। यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ४४ हजार ९४० पुग

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • ११९ पटक पढिएको
  • धरानका फरार लागुऔषध कारोबारी प्रेम तामाङ पक्राउ

    धरान । सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना भई फरार रहेका धरानका प्रेम तामाङ पक्राउ परेका छन् । सुनसरी जिल्ला अदालतको मिति २०७८।०७।१४ गतेको फैसला आदेशले ६ महिना कैद र छ हजार जरिवाना भई हाल सम्म फरार रहँदै आएका धरान उप–महानगरपालिका १५ का ३५ वर्षीय प्रेम तामाङ पक्राउ परेका हुन् ।फरार प्रतिवादीको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर आरआईटी समूहको प्रहरी टोलीले तामाङलाई आइतबार धरानबाट पक्राउ गरेको हो ।पक्राउ परेका तामाङलाई आज सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार पठाएको छ । उनी लागुऔषध कारोबारी रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डि

    • प्रकाशित मितिः भदौ ६, २०७९
    • ७० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल