काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् ।

मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा मागेको स्रोतले जनाएको छ। राउत यादवकै दल जसपाका नेता हुन्।

मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत वितरण गरेको साइकल खरिदमा भ्रष्टाचार भएको कारण राउतको राजीनामा मागिएको हो।
 
जसपाको मधेस प्रदेश समितिको सोमबार जनकपुरमा बसेको बैठकमा पनि मुख्यमन्त्री राउतको राजीनामा मागिएको हो। मुख्यमन्त्री राउत केही दिनयता काठमाडौंमै छन्।
 
तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेशसभा सदस्यमा निर्वाचित राउत साढे चार वर्षअघि तत्कालीन राष्ट्रिय जनता पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।