All Posts By इटहरी खबर संवाददाता

    Showing २,९५१-२,९६० of ३,०८७ items.
  • बाँकेमा ४.८ म्याग्नेच्युडको भूकम्प

    काठमाडौं । बाँकेमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीरको मध्यभागमा केन्द्रविन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो। स्थानीयवासीले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको जनाएका छन्।  

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • ७६ पटक पढिएको
  • २०७९ भाद्र ०४ गते शनिबारको राशिफल

    मेष । आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । वृष । आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । मिथुन । सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ । कर्कट । आज इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ । सिंह । आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कह

    • प्रकाशित मितिः भदौ ४, २०७९
    • १४७ पटक पढिएको
  • आज देशका केही ठूला नदीमा बाढीको उच्च जोखिम

    काठमाडौं । देशका केही ठूला नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज चतरास्थित सप्तकोसी, त्रिवेणीस्थित तमोर, बुस्तीस्थित तामाकोसी, हम्पचुवारस्थित सुनकोसी नदीमा बहाव उल्लेख्य बढ्नेछ । यस्तै, बेत्रावतीस्थित त्रिशूली, आरुघाटस्थित बूढीगण्डकी, विमलनगरस्थित मर्स्याङ्दी, चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली, मैनाचुलीस्थित कन्काई, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अरू केही ठूल

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • ६३ पटक पढिएको
  • करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

    काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ ।विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। यस्तै, करेन्ट लागेर आमा १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन्। करेन्ट लागेर तीनै जना घाइते भएका थिए। चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • ६९ पटक पढिएको
  • आज कृष्ण जन्माष्टमी मनाइँदै

    काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।कुरुक्षेत्र

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • ९६ पटक पढिएको
  • २०७९ भाद्र ०३ गते शुक्रबारको राशिफल

    मेष । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला, साहित्यमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । वृष । स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मिथुन । आज नयाँ कार्यको सुरुवात गर्न सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । कर्कट । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । सिंह । शुभारम्भको चर्चा चल्नेछ ।

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • १२७ पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा इटहरीका सुरज दाहालको मृत्यु

    इटहरी । धरान उपमहानगरपालिका ८ विश्वकर्मा मन्दिर नजिक दुर्घटना हुँदा इटहरीका एक युवकको मृत्यु भएको छ । बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार इटहरी वडा नं.११ का सुरज दाहालको मृत्यु भएको हो । धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ च १६६७ नम्बरको गाडीले बुधबार साँझ ५ः१५ बजेतिर ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मोटरसाइकल चालक इटहरी ११ का सन्तोष दाहाल भने घाइते भएका छन् । उनको उपचा

    • प्रकाशित मितिः भदौ २, २०७९
    • १६१ पटक पढिएको
  • युक्रेनको खार्किभमा रुसी सेनाको हमलामा ६ जनाको मृत्यु

    काठमाडौं । रुसी हमलामा युक्रेनको खार्किभमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त हमलामा १६ जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन् । हमलामा एउटा फ्ल्याटका ब्लक पूर्णरूपमा ध्वस्त भएको बताए ।आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए । आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन् । 

    • प्रकाशित मितिः भदौ २, २०७९
    • ११४ पटक पढिएको
  • राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ । गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद् सचिवालयको सम्भावित कार्यसूची छ । राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् ।  

    • प्रकाशित मितिः भदौ २, २०७९
    • ६४ पटक पढिएको
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं । आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना रहेको छ ।  दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक(दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।यस्तै, शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । 

    • प्रकाशित मितिः भदौ २, २०७९
    • ६७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल