इटहरी । मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार बिहान सुन्दरहरैचा नगरपालिका–७ स्थित सिर्जना सामुदायिक वन उपभोक्ता समितिको जंगलमा दाउरा खोज्न गएकी स्थानीय ४० वर्षीय गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।जंगली हात्तीको आक्रमणमा परी घाइते भएकी श्रेष्ठलाई प्रहरीले उद्धार गरी उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पठाएका थिए । तर अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
झापा । शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारको रु. पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने चार सय ७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौंडा झोलुङ्गे पुल’ टिमाई नदीमा बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताका अनुसार विसं २०८१ जेठ २४ गते उक्त पुलको निर्माण सम्झौता भएको थियो । सम्झौतामा निर्माण अवधि २०८३ जेठ २३ गतेसम्म तोकिएको थियो ।सम्झौता भएको एक महिनापछि २०८१ असार २४ मा सांसद एवं नेपाली कांग्
वराहक्षेत्र । पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रूपमा रहेको कौशिकी तटको किनारमा रहेको गुप्तवराह मन्दिरको जीर्णोद्धार सुरु गरिएको छ । स्थानीय पण्डित योगेश भण्डारीको अगुवाइमा वराहक्षेत्र नगरपालिका–१ मा रहेको गुप्तवराहको ओढारको जीर्णोद्धार सुरु गरिएको हो । चतराबाट तीन किलोमिटर उत्तर वराहक्षेत्र मन्दिर जाने सडकको सत्र नम्बर भिर र कृष्णभिरको बिचमा रहेको गुप्तवराह जाने ठाउँमा सिँढी निर्माण गर्न सुरु गरिएको छ । कोशी नदीको किनारभन्दा २६ फिटमाथि रहेको गुप्तवराहको ओढार पुग्न एक हजार चार सय सिँढीको खुड्किला बनाउनुपर्ने प्रारम्भिक अनुमान गरिएको पण्डित योगेश भण्डारीले बताउनुभयो । निर्माण कार्यमा श्र
इटहरी । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ आज (शुक्रबार) देखि नेपालभर प्रदर्शनमा आएको छ। चलचित्रले विशेष गरी भारत, दार्जिलिङ र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपालीको ऐतिहासिक संघर्ष र जीवनका पलहरूलाई पर्दामा उतारेको छ।१९८० को दशक अर्थात् करिब ३८ वर्षअघि भएका घटनामा आधारित यो चलचित्रले त्यति बेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायको संघर्षलाई सजीव रूपमा प्रस्तुत गरेको छ। निर्देशक जोन राईका अनुसार, यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्तावेजका रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो।बिस्ट ब्रदर्स फिल्म्स प्रालि
इटहरी । आज पनि सुनचाँदीकै मूल्य घटेको छ। विगत केही दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ। विगत डेढ महिनामा सुनको मूल्य तोलामै साढे २२ हजार घटिसकेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ४८ हजार पाँचसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एकलाख ४९ हजार रुपैयाँ थियो। आज सुन ताेलामा पाँचसय रुपैयाँ घटेकाे छ।आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज तोलाको एक हजार सातसय ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार सातसय ८० रुपैयाँ थियो।सोमबार र मंगलबार दुई दिनमा जम्मा ६ सय बढेको सुनको मूल्य बुधबार प्रतितोला सातसय रुपैयाँ घटेको थियो। हि
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात बढ्दै गएको गुनासो गरेका छन्।शुक्रबार काठमाडौँमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको साधरण सभामा बोल्दै घिसिङले विद्युत् प्राधिकरण नाफामा जाँदाभन्दा घाटामा जाँदा खुसी हुनेहरूको संख्या बढ्दै गएको टिप्पणी गरेका हुन्। ‘नेपालमा लोडसेडिङ बढ्योभन्दा खुसी हुने, विद्युत् प्राधिकरण नाफामा जाँदा दु:खी हुने जमात बढेको छ’, घिसिङले भने, ‘नकारात्मकता फैलाउँदा खुसी हुनु राम्रो होइन।’गत असोजमा आएको बाढीले माथिल्लो तामाकोसीमा क्षति पुर्याएकाले केही समस्या मात्र भएको उनको भनाइ छ।
कञ्चनपुर । मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन् ।भ्युटावर हेर्नका लागि तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए । खड्काले भ्युटावर चढ्न नसक्ने भनेपछि बीच बाटोबाट फर्केका उनी त्यसपछि पन्त एक्लै भ्युटावरको उकालो चढेका हुन् । भ्युटावरको उकालो चढेका पन्त साँझ ४ः४५ मिनेटमा खड्कासँग कुराकानी भएको पन्तका परिवारका सदस्य बताउँछन्। राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर राति १०ः४५ बजेसम्म मोबाइ
झापा । झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०-१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकैखेती प्रविधि प्रदर्शनी गरिएको उनले बताए । यस प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्त
गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाई दिएका छन् । बिहीबार अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको जिल्ला प्रहरी कार्यालय
पोखरा । कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको हिरासतको तस्वीर बाहिरिएपछि एसएसपीको नेतृत्वमा छानविन सुरु भएको छ । प्रदेश प्रहरी कार्यालय, गण्डकीले प्रदेश तालिक केन्द्र पोखराका एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानविन समिति गठन गरेको हो । समितिलाई दुई दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।सिसि क्यामेरोले कैद गरेको लामिछाने हिरासतमा सुतिरहेको तस्वीर बाहिरिएको थियो । रास्वपाकै नेता डा.निकोलस भुसालले आफुले तस्वीर गल्तीवश खिचेको भन्दै माफी मागेका छन् । प्रहरी कार्यालयभित्र त्यसरी सिसिक्यामेराले कैद गरेको भिडियोबाट तस्वीर लिएको खुलेपछि प्रहरीको सुरक्षा