काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा रमाउने जमात बढ्दै गएको गुनासो गरेका छन्।शुक्रबार काठमाडौँमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको साधरण सभामा बोल्दै घिसिङले विद्युत् प्राधिकरण नाफामा जाँदाभन्दा घाटामा जाँदा खुसी हुनेहरूको संख्या बढ्दै गएको टिप्पणी गरेका हुन्।
‘नेपालमा लोडसेडिङ बढ्योभन्दा खुसी हुने, विद्युत् प्राधिकरण नाफामा जाँदा दु:खी हुने जमात बढेको छ’, घिसिङले भने, ‘नकारात्मकता फैलाउँदा खुसी हुनु राम्रो होइन।’गत असोजमा आएको बाढीले माथिल्लो तामाकोसीमा क्षति पुर्याएकाले केही समस्या मात्र भएको उनको भनाइ छ।


















