इटहरी । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ। प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गर
काठमाडौं। प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन्।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ताले कार्य सम्पादनका आधारमा कर्मचारीको पदोन्नति र सरूवा प्रणालीलाई व्यवस्थित गरिनुपर्ने सुझाव दिए।समितिले विधेयकलाई संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटकासाथ सशोधनकर्ता सदस्यसँग सुझाव लिइ दफावार छलफल अघि बढाएको छ।समितिको आजको बैठकमा सांसदद्वय गंगा कार्की र अम्बरबहादुर थापाले निजामती सेवाको निष्पक्षता, तटस्थता
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु होला । शत्रु र कुरा काट्नेहरू सक्रिय रहेको समय हो । आफ्नै कमजोरीले साख बिग्रन सक्छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ ।बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु
इटहरी । सत्तारुढ नेकपा एमालेले पुस १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ । केन्द्रीय कमिटीको बैठकको पूर्व सन्ध्यामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले रिपोर्ट तयार गर्न निर्देशन दिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।उनका अनुसार बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने विषयमा छलफल गरेको छ । यसैगरी पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको पोखरेलले जानकारी दिए ।एमालेले ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने निर्णय गरिसके
काठमाडौं - जिल्ला प्रशासन कार्यालय मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।प्रशासनले गत मंसिर २६ गते राष्ट्र बैंक विराटनगर मोरङलाई क्लासिक टेकका बैंक खाता रोक्का राख्न पत्राचार गरेको हो।राष्ट्र बैंक विराटनगर कार्यालयले आफ्नो केन्द्रीय कार्यालयमा क्लासिक टेकका खाता रोक्का राख्ने सम्बन्धी प्रशासनको पत्र पठाएको छ।राष्ट्र बैंक केन्द्रीय कार्यालयका एक अधिकारीले क्लासिक टेक कम्पनीका बैंक खाता रोक्काको प्रक्रिया सुरू भइसकेको बताए।राष्ट्र बैंक स्रोतका अनुसार क्लासिक टेकका लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया बैंक,
धनुषा । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीपकुमार यादवलाई पक्राउ गरेको हो ।महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु लाल प
इटहरी । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहालसहित ६ जना भ्रष्टाचारी ठहर भएका छन् । आज (मंगलबार) विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई जनही तीन महिना कैद र एक लाख ५७ हजार ३६५ रुपैयाँ जरिवाना हुने फैसला गरेको हो ।दोषी ठहर भएकामध्ये दाहाल सेवानिवृत्त भइसकेका छन् । दाहालसँगै दोषी ठहर हुनेमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाका तत्कालीन इन्जिनियर नवीन श्रेष्ठ र तत्कालीन सबइन्जिनियर लोकबहादुर ठकुराठी छन् ।उनीहरूमाथि आर्थिक वर्ष ०७४/७५ मा गाउँपालिकामा सञ्
इटहरी । नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ। पार्टी कार्यालय आलोकनगरमा आज (मंगलबार) सम्पन्न पार्टी स्थायी कमिटी बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको नेता जगन्नाथ खतिवडाले बताए। सुझाव कार्यदलमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई छन् ।त्यस्तै बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिन्हका साथ उम्मेदवारहरू एक्लै चुनाव लड्ने निष्कर्षसमेत निकालेको छ । यसका लागि जनतामा जाने खतिवडाले बताए । बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर
विराटनगर- बुढीगंगा गाउँपालिका-१ टंकीसिनवारीस्थित नरग्राम माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले आफ्ना गुरुहरूलाई सम्मान गर्ने प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्। पूर्व विद्यार्थीहरूको तदर्थ समितिले विद्यालयका १२ जना अवकाशप्राप्त शिक्षक-शिक्षिका तथा दिवंगत शिक्षकहरूका परिवारजनलाई सम्मान गर्दै शिक्षाको महत्त्वलाई पुनः उजागर गरेको छ।पूर्व विद्यार्थी समाज नरग्राम माध्यमिक विद्यालय तदर्थ समिति का संयोजक सुवोद कोइरालाको नेतृत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले सम्मान हस्तान्तरण गर्नुभएको थियो। डा. कोइरालाले नेपालमा यस्तो कार्य सम्भवत: पहिलो भएको बताउँदै शिक
झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ । पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो । मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ ।शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले वडा नं १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्ष