इलाम । इलाममा ट्रकले च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका–३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए ।‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिएको पाइयो’ जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने । उनको आज बिहान ५ बजे मृत्यु भएको डिएसपी राईले जानकारी दिए ।
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ। बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो ।गाउँपालिकाको नेतृत्वमा काठमाडौँमा विभिन्न सङ्घसंस्था, प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गरी भ्रमण वर्ष सफल बनाउन छलफल गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द थापाले बताए । पालिकाका अध्यक्ष थापाको नेतृत्वमा उपाध्यक्ष पञ्चमाया गुरुङ, पर्यटन शाखा प्रमुख सुरज भट्टराई, बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैश गुरुङ, राजु बानियाँलगायत प्रतिनिधिको टोली काठमाडौँ पुगेको उनले उल्लेख गरे ।काठमाडौँमा विभिन
चितवन । चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न सौराहाका पर्यटन व्यवसायी लागि परेका छन् । यसका लागि रत्ननगर नगरपालिका र बागमती प्रदेश सरकारसँगको छलफल तथा समन्वय भइरहेको हो ।यही पुस ११ गतेदेखि सुरू हुने १८औं हात्ती तथा पर्यटन महोत्सव २०८१ को अवसरमा राजधानी घोषणा गर्ने गरी तयारी अघि बढाइएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । महोत्सवका संयोजक रामकुमार अर्यालका अनुसार महोत्सवको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । यसका लागि रत्ननगर नगरपालिकाको बोर्ड बैठकले निर्णय गरेर प्रदेश सरकारले राष्ट्रपति समक्ष प्रस
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । बैठक मंसिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने, पार्टीको सुदृढीकरण, देशको समसामयिक राजनीति अवस्था लगायत विषयमा आजको बैठकले निर्णय गर्ने बताइएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार तत्काल कसैसँग पार्टी एकता नगर्ने निष्कर्ष यसअघिको बैठकले निकालेको छ । त्यसबारे पनि आज निर्णय हुनेछ ।
काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज (मंगलबार) पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ । लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिसँगै मंगलबार फेरि कास्की अदालतमा उपस्थित गराउन लागिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियोजन नगर्दासम्म हिरासतमा राख्न म्याद लिनुपर्ने भएकाले अदालतमा उपस्थित गराउन लागिएको छ ।सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुँदा पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ। प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलको कार्या
विराटनगर – विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगर–७ स्थित इको पार्कमा रोजगार मेला सुरु भएको छ। मेलाको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले गरेका हुन्। वैदेशिक पलायन रोक्न र युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने उद्देश्यले यो मेला आयोजना गरिएको हो।मेयर कोइरालाले दुई दिने मेलाबाट करिब ३ सयभन्दा बढी युवायुवतीले रोजगारी प्राप्त गर्ने विश्वास व्यक्त गर्दै रोजगारदाताहरूसँग युवालाई जोड्न महानगरले पहल गरेको बताए। उनले गत वर्ष आयोजित मेलाबाट १ सय ९७ जना रोजगारमा समावेश भएको स्मरण गर्दै यसपटक ४ सयभन्दा बढी युवाले रोजगारी पाउने अनुमान रहेको जानकारी दिए।महानगरकी उपमेयर शिल्पा निराला कार्कीले र
धरान । मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ । “सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ”, उहाँले भन्नुभयो । शाहीले सिद्रा व्यापार गर्न थाल्नुभएको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । सिद्राप्रति किलो रु छ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनाम
इटहरी। कोशीटप्पु वन्यजन्तु आरक्षमा रासायनिक मलको प्रयोग र जैविक विविधतामा परेको असर विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना तथा कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीको समन्वयमा सम्पन्न भएको संवादमा सरोकारवालाले खेतमा प्रयोग गरेको रासायनिक मलको असर माटो, पानी, सिमसार, वन्यजन्तु, जैविक वातावरणमा समेत परेको चर्चा गरेका छन् ।सुनसरीको खेतीयोग्य जमिनमा बढी उत्पादन गर्ने उद्देश्यका साथ अत्यधिक रासायनिक मल, युरिया, डिएपी, पोटासलगायतको प्रयोगले माटो, पानी, सिमसार, वन्यजन्तु, जैविक वातावरणमा समेत परेको संरक्षणकर्मी रविन घिमिरेले चर्चा गर्नुभयो
इलाम । गुन्द्रुक, सिस्नो, बेसार,मह, चिया, कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको इलामको रोङ गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको छ । किसानले उत्पादन गरेको बस्तुलाई व्यवस्थित रुपमा ब्राण्डिङ गरी बजारमा लगेर उचित मूल्यमा बिक्री गर्नका लागि गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको हो । गाउँपालिकाले करेलाको ब्राण्डिङ (सुकुटी निर्माण) गरी बजारमा ल्याएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनुभयो । बेमौसममा पनि उपभोक्ताको आवश्यक्क्तालाई मध्यनजर गरेर तिते करेलालाई सुकाएर प्याकेजिङ्ग, ब्राण्डिङ्ग गरी बजारमा ल्याएको अध्यक्ष स्याङ्बोले जानकारी
ताप्लेजुङ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–६ जितेबारीका स्थानीय महेन्द्र गुरुङको घर आगलागी हुँदा करिव साढे १२ लाख रुपियाँ बराबरको क्षति भएको हो ।प्रहरीका अनुसार आइतबार राति बिद्युत सर्ट भएर गुरुङको घर आगलागी भएको हो । आगलागीबाट ढुङ्गा, माटो, काठ र जस्तापाताको प्रयोगबाट निर्माण गरिएको गुरुङको घर पूर्णरुपम ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।आगलागीबाट ध्वस्त भएको घरको अनुमानित मूल्य आठ लाख रुपियाँ मूल्याङ्कन गरिएको वडाध्यक्ष मदनकुम