इटहरी । नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १,०६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण सुरु भएको छ।भौगोलिक रूपमा विकट रहेको आयोजनास्थलमा विद्युतगृहबाट बाँधस्थलसम्म पुग्न २१ किलोमिटर लामो सडक बनाउने कार्य तीव्र रूपमा अघि बढिरहेको छ। यसमध्ये दुई किलोमिटर सुरुङ मार्ग निर्माण गर्नुपर्नेछ।निर्माण कार्य र पहुँच मार्गभोटखोला गाउँपालिका–४ गोलाबजारस्थित छोङराङमा प्रस्तावित विद्युतगृहबाट वडा नं २ चेपुवामा पर्ने बाँधस्थलसम्म सडक निर्माण भइरहेको छ। कोशी राजमार्गबाट आयोजनास्थल जोड्न अरुण नदीमा ७० मिटर लम्बाइको स्टील आर्
झापा । झापामा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवतीसहित तीन जनाको मृत्यु भएको छ। दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।दमक नगरपालिका-१० को सेतुमारी चोकबाट प्रदेश न १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। सो दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका-८ घर भएका २७ वर्षीय बिराज थापा, मोटरसाइकलको पछाडि सवार झापाको गौरादह नगरपालिका- ५ कि ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५
इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको हो ।सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३८, सैफ जेव ११, विनोद भण्डारी ४, ब्राण्डन म्याकमुलेन तीन रन बनाएर आउट भए । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एकऔएक विकेट लिए । टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।कर्णालीका लागि जिसन मक्सुद ३०, विलियम बसिस्टो १६, बाबर हायात १३, चाडविक वाल्टनज ११, सोमपाल कामी ११, देव खनाल सात, गुलशन झा दु
पोखरा । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए ।पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक प
काठमाडौं । नेपाल पत्रकार महासंघको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । शुक्रबार भएको मतदानको अन्तिम परिणाम आइतबार राति अबेर सार्वजनिक भएको हो । यस पटक नेपाल पत्रकार महासंघको नेतृत्व पहिलो पटक महिला पुगेकी छन् । शुक्रबार भएको मतदानमा देशभरका ९ हजार बढी पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्षमा निर्वाचित गरेका छन् ।प्राप्त अन्तिम मत परिणामअनुसार शर्माले झण्डै एक हजार मतान्तरले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई हराएकी हुन्। ०५२ सालमा ‘श्री सगरमाथा दैनिक’ बाट पत्रकारिता शुरु गरेकी शर्माले रेडियो नेपाल र रेडियो सगरमाथामा पनि काम गरिन् । रेडियो कान्तिपुर र उज्यालो एफएम नेटवर्कमा प
एजेन्सी । विश्व प्रसिद्ध तबला वादक तथा पद्म विभूषण उस्ताद जाकिर हुसैनको निधन भएको छ । परिवारले सोमबार बिहान उनको निधनबारे पुष्टि गरेको हो । परिवारका अनुसार हुसैन इडियोपैथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । उनी पछिल्लो दुई सातादेखि सान फ्रान्सिस्कोको अस्पतालमा भर्ना थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।जाकिरको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उस्ताद जाकिर हुसैनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्म विभूषण प्रदान गरिएको थियो । हुसैनले ११ वर्षको उमेरमा अमेरिकामा आफ्नो पहिलो कन्सर्ट गरेका थिए । सन् १९७३ मा उनले आफ्नो पहिलो एल्बम ‘लिभिङ इन द म
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ । स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो।फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ । गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ । सबै स्थानमा एकै पटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो । तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छन् । अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ स्थित हिमालपारी भनेर परिचित लिमीको जाङ गाउँ बसाइँसराइले रित्तिएको छ । एक वर्षअघि चार घरधुरी रहेको जाङ गाउँ यो वर्ष खाली भएको हो । यस गाउँका स्थानीय भौतिक सुविधाको खोजीमा काठमाडौँ, सुर्खेत, नेपालगञ्जलगायतका सहरमा बसाइँसराइ गरेपछि गाउँ रित्तिएको हो ।यो वर्ष जाङ गाउँमा कोही नभएको तील गाउँका वडा सदस्य तुन्डुप लामाले जानकारी दिए । कोरोनामा बन्द रहेको चीनसँगको हिल्सा नाका खुलेपछि कोही रोजगारीका लागि चीनको ताक्लाकोट पुगेका छन् । बढी जसो जाङ गाउँका स्थानीय सिमकोटसहित जिल्ला बाहिर सुविधा सम्पन्न सहरमा बसाइँसराइ गरेर गएको वडा सदस्य लामाले बताए ।दुई वर्षयता गा
काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ ।विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही
काठमाडौं । पूर्व मेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । लामो समय लौहपुरुष गणेशमान सिंहको सहयोगीकोरुपमा रहेर काम गरेका उनी ०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौँको मेयर निर्वाचित भएका थिए ।महानगरपालिकाले सिंहले मेयरकारुपमा महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उपुर्याएको योगदानको उच्च कदर गर्दै सोमबार सार्वजनिक बिदा दिएको हो । सोमबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने महानगरपालिकाले जनाएको छ । ८८ वर्षीय सिंहको गए राति चाक्सीबारीमा निधन भएको थियो ।२०४९ सालमा नेपाली कांग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर न