All Posts By इटहरी खबर संवाददाता

    Showing ५६१-५७० of ३,०८६ items.
  • नरहको पुलमा मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु

    इटहरी । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ। शनिबार राति करिब १ बजे झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो ।प्रहरीका अनुसार उनीहरू बाबु–छोरा हुन् । मोटरसाइकल छोरा आशिकले चलाएका थिए । तीव्र गतिको मोटरसाइकल आफैं घिनाघाट–विराटचोक सडक खण्डको नहरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकालाई प्रहरीले विराट नर्सिङ होम पठाएको थियो । अस्पतालमा उपचारका क्रममा राति नै उनीहरूको मृत्यु भएको ह

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • २०० पटक पढिएको
  • ऊर्जा उद्यमी प्रधानविरूद्ध २६ करोड माग दाबीसहित मुद्दा

    काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरूद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । गएको शुक्रबार २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ विगो दाबीसहित सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए ।सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्यता हेरेर दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको अर्यालले बताएका छन् । उनी दोषी ठहरिए विगोको दोब्बर ज

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १८८ पटक पढिएको
  • भारतमा सुसाइड नोट लेख्दै एआई इन्जिनियरले प्राण त्यागेपछि पत्नी पक्राउ

    एजेन्सी । भारतको बेंगलुरुमा एआई इन्जिनियरले सुसाइड नोट लेख्दै आत्महत्या गरेपछि प्रहरीले उनकी पत्नीलाई पक्राउ गरेको छ। बेंगलुरु प्रहरीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्जिनियर अतुल सुभाषकी श्रीमती निकिता सिंघानियालाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरेको हो।भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले निकिता सिंघानियासँगै उनका भाइ र आमालाई पनि पक्राउ गरेको छ। बेंगलुरुको ह्वाइटफिल्ड डिभिजनका डीसीपी शिवकुमारले बीबीसी हिन्दीसँग भनेका छन्, ‘निकिता सिंघानियालाई हरियाणाको गुरुग्रामबाट पक्राउ गरिएको हो। उनकी आमा र भाइलाई उत्तर प्रदेशको प्रयागराजमा पक्राउ गरिएको हो। उनीहरूलाई बेंगलुरु ल्याइएको छ।’उनीहरूल

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • २४५ पटक पढिएको
  • एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको पार्टी हो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । सो पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्गति परिचालित हुनुपर्नेमा जोड दिए ।चिनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले सबै कुरामा

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १९४ पटक पढिएको
  • गृहमन्त्री लेखकको प्रश्न : रविमाथिको अनुसन्धान कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?

    चितवन । गृहमन्त्री रमेश लेखकले कानुनबमोजिम रवि लामिछानेमाथि अनुसन्धान भइरहेको दावी गरेका छन् । आज (आइतबार) प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अनुसन्धान गर्न अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको बताएका छन् । उनले अदालत दिएको म्यादभित्र अनुसन्धान भएको छ भने अनुसन्धान कसरी गैरकानुनी भयो भन्दै प्रश्न समेत गरेका छन् ।‘उहाँमाथि जुन छानबिन भइरहेको छ त्यो कुनै स्वेच्छाचारी ढंगले, गैरकानुनी ढंगले भइराखेको त छैन, अनुसन्धान कानुन बमोजिम भइरहेको छ,’ उनले भने, ‘अदालतबाट लिएको म्यादभित्रै अनुसन्धान गरिएको छ भने कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो ?’ सहकारी ठगी

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १८६ पटक पढिएको
  • कञ्चनपुरमा फेला पर्‍यो सुँगुर र मृगलाईसमेत आहारा बनाउनसक्ने अजिंगर

    कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ।कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो। उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए। वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका-५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए।यो प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ। यस्ता अजिङ्गरले

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • १९० पटक पढिएको
  • नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्षमा भरत खड्का , झापामा गिरी , सुनसरीमा काफ्ले

    इटहरी । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्षमा भरतबहादुर खड्का विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार उनी छ सय १४ मतसहित विजयी भएको निर्वाचन अधिकृत यज्ञप्रसाद शर्माले बताए ।उनका अनुसार उपाध्यक्षमा कुमोद निरौला, महिला उपाध्यक्षमा अम्बिका (चन्द्रकला) भण्डारी, महासचिवमा हिमाकुमारी चेम्जोङ, समावेशी सचिवमा अरविन्दकुमार मेहता र कोषाध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् । खुल्ला सचिवमा यसअघि नै धुव्र भट्टराई निर्विरोध निर्वाचित भएका थिए ।यसैगरी, सदस्यमा इन्द्र गिरी, चन्द्रबहादुर कार्की, पर्शुराम थापा, राजकुमारी ओली, रामधन राई, किशोर विश्वकर्मा, खगेन्द्रकुमार राई, ल

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • २२३ पटक पढिएको
  • एकै दिन २२ सय रुपैंयाँले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    इटहरी । गएको शुक्रबार घटेको सुनको मूल्यमा आज पनि व्यापक गिरावट आएको छ। गतसाता चार हजार पाँचसय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार दुईसय रुपैयाँ घटेको हो। गएको शुक्रबार पनि सुन एक हजार दुईसय रुपैयाँ घटेको थियो।सुनको मूल्य आज तोलाको एक लाख ५० हजार आठसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको शुक्रबार सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँ थियो। गएको सोमबार तोलामा चारसय, मंगलबार दुई हजार एकसय र बुधार दुई हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार स्थिर थियो। शुक्रबार प्रतितोला १२ सय रुपैयाँ घटेको थियो। आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ।गएको शुक्रबार

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • २३६ पटक पढिएको
  • भ्रष्टाचारी ठहरिएका नेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

    इटहरी । नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा कर्जा प्रवाह गर्दा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहरिएका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् ।बैकलाई १९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानी नोक्सानी गरी भ्रष्टाचारको कसुरमा सजाय समेत तोकिएका श्रेष्ठलाई स्वयम्भू काठमाडौंको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो । २०६८ भदौ ६ गते श्रेष्ठ सहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो ।२०७३ कार्तिक २५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलासबाट विशेष अदालतको उक्त फैसला सदर भएको थियो । छुट्टा छुट्

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • ३२९ पटक पढिएको
  • नेवार समुदायले योमरी पूर्णिमा मनाउँदै ,धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा

    इटहरी । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • २०१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल