All Posts By इटहरी खबर संवाददाता

    Showing ६७१-६८० of ३,०८६ items.
  • भीड छिचाेल्दै रवि लामिछानेलाई राति नै लगियो पोखरा

    चितवन । सहकारीको रकम अपचलनमा सघाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले बुधबार राति नै चितवनबाट पोखरा लगेको छ । बिहान उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि प्रहरीले राती नै सडकमार्ग हुँदै पोखरा लगेको हो ।गए राति ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिए पनि उनलाई खाना खुवाइवरी बयान प्रमाणित गरेर सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाउँदा राती ९ बजेको थियो ।जिल्ला प्रहरी कार्यालय पर्साले पनि पक्राउको आदेश पाइसकेकोले राती नै वीरगञ्ज लगिने तयारी भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकोले ल

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • २६४ पटक पढिएको
  • प्रधानमन्त्री ओली स्वदेश प्रस्थान, चीनका उपपरराष्ट्रमन्त्रीले गरे विदाइ

    बेइजिङ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका छन् । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २.३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेकोे छ ।उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अव

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • १९६ पटक पढिएको
  • सुख्खा याममा पनि रोकिएन साेलुकाे तिङ्लामा पहिरो, सय बढी घर जोखिममा

    सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिरोको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् ।स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताइन् । यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उनले बताइन् । स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागे

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • १८७ पटक पढिएको
  • राजविराजमा "विचार गोष्ठी" सम्पन्न, शेखर कोइरालाको सम्बोधन

     सप्तरी - जय नेपाल फाउन्डेसन मधेस प्रदेशको आयोजनामा सप्तरीको राजविराजमा "विचार गोष्ठी" कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभयो। कोइरालाले वर्तमान राजनीतिक परिस्थिति, कांग्रेस पार्टीको रणनीति र मधेसका चुनौतीहरूबारे विचार राख्दै कांग्रेस पार्टीको जनसेवाप्रतिको प्रतिबद्धता दोहोर्याउनुभयो।गोष्ठीमा कांग्रेस केन्द्रीय सदस्यहरू किरण यादव, राजीव कोइराला, दिनेश यादव, र डा. चन्द्रमोहन यादव सहभागी भएका थिए। त्यस्तै, विभिन्न जिल्लाबाट आएका कांग्रेसका जिल्ला सभापतिहरू डिगबहादुर लिम्बू (मोरङ), केदार भण्डारी (सुनसरी), न

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • ४१५ पटक पढिएको
  • रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । बुधबार वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीमा करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत थियाे । सहकारीमाथि ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई करिब ९२ करोड रुपैयाँ लगानी गरेर अपचलन गरेको आरोप छ ।यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • २५३ पटक पढिएको
  • ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

    विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।पालिकाको प्राङ्गणमा बुधबार शपथग्रहण पछि पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । ‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान गाउँपालिका भित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै कारणबाट आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अन्य व्यक्तिहरुलाई समेत आजकै मितिबाट एम्बूलेन्स सेवा पूर्ण रुपमा उपलब्ध गराउने निर्णय गर्दछु,’ उनले गरेको नियर

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ३४९ पटक पढिएको
  • सरकारी गाडी भीत्र ६ सय केजी गाँजा , नियन्त्रण लिन प्रहरीले चलायाे गाेली

    धरान । सुनसरी प्रहरीले गाँजा नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीले धरानमा गोली चलाएर दुई गाडी गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाबाट धरानतर्फ गाँजा बोकेको गाडी नियन्त्रण गर्न खोज्दा चालक भाग्न खोजेपछि प्रहरीले ४ राउण्ड गोली हानेर गाँजा बरामद गरेको हो ।धनकुटाबाट गाँजा आउँदैछ भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहरी कार्यालय भानुचोकका प्रमुख रुद्र खडकाको टोली धरानको शिवधारामा गाडी नियन्त्रणमा लिन गएका थिए ।प्रहरीले सेतो नम्बर प्लेटको गाडीमा रहेको ६ सय केजी गाँजा नियन्त्रणमा लिएको छ ।गाँजा ओसारपसार गर्ने एकजना पक्राउ र अर्का एकजना फरार रहेको सुनसरीक

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • २१४ पटक पढिएको
  • माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो

    इलाम) । इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ (लारुम्बा) मा धार्मिक पर्यटकको घुँइचो लागेको हो । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औं जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन् ।धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन् । सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ । यहाँका सबै होटल र घरबास (होमस्टे) भरिभराउ छ । होटल र होमस्टेमा न

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • २५८ पटक पढिएको
  • नेपाल र चीनबीच ‘बीआरआई फ्रेमवर्क’ मा हस्ताक्षर

    काठमाडौं । नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि भोलिपल्ट भने हस्ताक्षर भएको हो ।हिजो मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो । त्यसमा बीआरआई उल्लेख थिएन । तर नेपाल र चीनबिचको संयुक्त १२ बुँदे वक्तव्यमा भने बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने उल्लेख थियो ।फ्रेमवर्कको भाषामा अनुदा

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • १६६ पटक पढिएको
  • चितवनमा रवि समर्थकको प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सहकारीको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको पक्षमा नाराबाजी गर्दै कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो ।राजनीतिक प्रतिशोधविरुद्ध खबरदारी भन्दै भेला भएर चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । रविका समर्थकहरुले

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ३२५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल