सिरहा । मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि लहानमा तनावग्रस्त बनेको छ । मृतक सईका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् । उनीहरुले टायर बालेर पूर्वपश्चिम राजमार्ग ठप्प बनाएका छन् ।अहिले सयौं सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । भारतसँग सीमा जोडिएको सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई नम्बर नखुलेको स्कार्पियो गाडीले आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएके छ ।उनले तस्करहरुको गाडी रोक्न खोजेका थिए, तर उल्
मोरङ - मोरङको ग्रामथान गाउँपालिकामा आज अध्यक्ष पदका लागि उपनिर्वाचन सुरू भएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेसका जयप्रकाश गच्छदार अध्यक्षमा निर्वाचित भएका थिए। उनको गत असार ३ गते निधन भएपछि रिक्त पद पूर्तिका लागि उपनिर्वाचनको आयोजना गरिएको हो।ग्रामथानमा कुल २६,०४४ मतदाता छन्, जसका लागि १२ मतदानस्थल र २९ मतदान केन्द्र तोकिएका छन्। जिल्ला सुरक्षा समितिले चार मतदानस्थललाई संवेदनशील र बाँकी आठलाई सामान्य सूचीमा राखेर सुरक्षाको विशेष व्यवस्था गरेको छ।उम्मेदवारहरूअध्यक्ष पदका लागि १६ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये १५ जना विभिन्न दलका प्रतिनिधि हुन् भने एकजना स्वतन्त्र
विराटनगर - मोरङको ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने अध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला सुरक्षा समितिले १२ मतदान स्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्य सूचीमा राखेको छ।प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार मतदान स्थलको वर्गीकरण विगतका निर्वाचनमा देखिएका झगडा र विवादका आधारमा गरिएको हो। ग्रामथानमा अति संवेदनशील स्थल भने नरहेको बताइएको छ।सुरक्षा व्यवस्थाका उपायहरू:संवेदनशील स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा बल परिचालन।सामान्य स्थलमा वरिष्ठ सहायक निरीक्षक (सइ) र सहायक निरीक्षक (सइ)को नेतृत्व।मतदानका दिन ४ वटा मोबाइल ग
पथरी शनिश्चरे- पथरी जेसीजले १४ औँ वार्षिकोत्सव तथा जेसीज सप्ताहको समापनमा मोरङ्गको पथरी शनिश्चरेमा गजल महफिल कार्यक्रमको आयोजना गरेको छ। आज शनिबार पथरी जेसीजले पथरी शनिश्चरे वडा नं १ को हरियाली सामुदायिक वनको सभाहलमा आफ्नो जेसीज सप्ताह तथा १४ औं वार्षिकोत्सव केक काटेर भव्यताका साथ सम्पन्न गरेको हो। सो कार्यक्रमकी प्रमुख अतिथि तथा कोशी प्रदेशकी सांसद् गीता तिम्सिनाले जेसीज आस्थामा भने झैँ शासन व्यक्तिको नभई विधिको हुनुपर्ने कुरामा आफू अडिग रहेको बताउनुभएको छ। पथरी जेसीजले सप्ताहका क्रममा पथरी शनिश्चरे वडा नम्बर ६ गेलावारीमा बस्दै आएका अति विपन्न ऋषिदेव परिवारका बालबा
काठमाडौं स्थानीय तहको आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले तीन बुँदे निर्देशन जारी गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ अनुसार राजनीतिक दल, उम्मेदवार र तिनका भ्रातृ संगठनलाई लक्षित गर्दै जारी गरिएको निर्देशनका मुख्य बुँदाहरू यसप्रकार छन्:1. चिन्ह र पोशाक प्रयोगमा रोकमतदान केन्द्रमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चिन्ह, मत संकेत भएको पहिरन, ब्याज वा अन्य वस्तु लगाउन निषेध।एकै प्रकारको सांकेतिक पोशाक वा चीजवस्तु बोक्न, लगाउन वा देखाउन नपाइने।2. मतदान केन्द्र प्रवेशमा कडाइमतदाता र आयोगले अनुमति दिएका व्यक्तिबाहेक अन्य कुनै व्यक्तिले मतदान केन्द्रम
इटहरी । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मत परिणाम भोलिपल्ट सार्वजनिक गरिने जनाएको छ । उपनिर्वाचन हुने ३४ वडामा त्यसै दिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना सुरु हुने भए पनि त्यसै दिन मतगणना कार्य सम्पन्न हुने आयोगले जनाएको छ ।मतगणना गर्दा कानूनी व्यवस्था अनुसार सर्वदलीय सहमति अनुसार गर्नुपर्ने भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले निर्वाचन अधिकृतले भने अनुसारको काम गरेमा, विवाद नगरेमा मतपत्र सजिलो र निर्वाचन भएकै ठाउँमा मतगणना हुने भएकाले मतगणना भोलिपल्ट नै सकिने आयोगको भनाई छ । आयोगले मतपत्र एकदमै सजिलो र हरेक उ
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३ दशमलव ५ मेगावाट रहेको छ। आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार परीक्षण गत आइतबारदेखि सुरु भएको थियो । परीक्षण सफल भएसँगै नेपाल विद्युत् प्राधिकरणका प्राविधिकले अन्तिम जाँच तथा निरीक्षण गरी शनिबारसम्ममा आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ । उनका अनुसार आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सब–स्टेसन (१३२
इटहरी । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपीएलले बजारमा निकै चर्चा पाएको हो । त्यसो त दुलहीझैं सिङ्गारिएको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा पनि उत्तिकै छ । त्रिवि मैदानमा कैयौँ खेल भए तर यसपटक भने आम दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ ।यसले खेलाडी
रामेछाप । रामेछापमा हिजो (शुक्रबार) भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । शुक्रबार रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडास्थित खिम्ती–बेताली सडकखण्डमा ना १ ज ७१२३ नम्बरको गाडी भिरबाट ३ सय मिटर तल खस्दा पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो ।मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीय कविता कार्की, उनकी छोरी ७ वर्षीया स्वस्तिका खड्का र गोकुलगंगा गाउँपालिका–४ ब
इटहरी । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ ।रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै व