पथरी शनिश्चरे - फलेको हाँगो नुहिन्छ । मानिस झुकेर सानो हुँदैन । जीवनत एक दिन मर्नैपर्ने निश्चित छ । गाली गर्नु, कुरा काट्नु त सजिलो छ विद्यार्थी वा मानिसको मन जित्नु सारै कठित हुन्छ । शिक्षकको मुहारमा जहिले मुस्कान देखिनु पर्दछ । हाँसेर पढाऔं । नेपालकै नमुना विद्यालय बुटवलका कालिका मावनज्ञान माविका पीटी (फिजिकल ट्रेनिङ) शिक्षक हरिश ओली भन्छन ‘शिक्षक त सबै हुन्छ, विद्यालय बनाउनु छ, शैक्षिक स्तर वृद्धि गर्नुछ भने प्रधानाध्यापक मात्र होइन रहेक शिक्षक रोल मोडल (असल उदाहरणीय) बन्नु पर्दछ ।’ तीन दिनदेखि मोरङको पञ्चायत माविको आयोजनामा भइरहेको पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद
इटहरी । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी मुछिएको जापान मानव तस्करीसम्बन्धी मुद्दामा मुख्य तीन बिचौलिया जेल चलान भएका छन् । मानव तस्करी र लिखतसम्बन्धी कसूर गरेको भन्दै सोमबार दायर मुद्दामा न्यायाधीश बलराम लम्सालको इजलासले शुक्रबार थुनछेक आदेश सुनाउँदै प्रतिवादीहरुमध्ये तीन जनालाई थुनामा पठाएको हो ।तीन जनासँग भने धरौटी मागको आदेश भएको छ । यस्तै दुई जनालाई साधारण तारेखमा रिहा गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । यो मुद्दामा चार दिनदेखि ‘हेर्दाहेर्दै’मा राखेर थुनछेक बहस जारी थियो । अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जुगल रिजाल, महेश पाण्डे र वीरबहादुर सुनुवारलाई पु
काठमाडौं । भोलि (शनिबार) देखि काठमाडौँमा नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण सुरू हुँदैछ। खेलको तयारी पूरा भएको र उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।शुक्रबार सामाजिक सञ्जालमार्फत क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधार क्षमताका कारण पहिलो खेलका लागि टिकट र भिआइपी पास सकिएको जानकारी गराएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्यानले आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गतको पहिलो खेलका टिकट र पास सकिएका छन् । कृपया सबैलाई समन्वय गर्न अनुरोध गर्दछौँ ।’सचिव खड्काले उद्घाटन खेलको टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्ले
धनुषा । धनुषाका एक युवकले साथीसँग मिलेर आफ्नै प्रेमिकाको हत्या गरेका छन् । विवाह गर्न दवाव दिएको भन्दै धनुषा जनकनन्दनी गाउँपालिका–३ का २२ वर्षीय रामललित मण्डल खत्वेले आफ्ना साथी ज्ञानेन्द्र दास र रमेश कुमार मण्डलसँग मिलेर सोही गाउँपालिका– ५ की प्रेमिका रेखाकुमारी मण्डलको हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले आज (शुक्रबार) पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरुलाई सार्वजनिक गरेका हुन् । रामललित र रेखाबीच पछिल्लो ५-६ वर्षदेखि प्रेम सम्बन्ध रहेको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ । तर रेखाका अभिभावकले दुवैको प्रेम सम्बन्धलाई अस्वीकार गरे
रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमखोलामा शुक्रबार बिहान भएको फोर्स गाडी दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।रामेछाप प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहका अनुसार ना १ ज ७१२३ नम्बरको गाडी दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत, गाडी चालक हिराबहादुर कार्की, गोकुलगंगा–५ की कविता कार्की खड्का र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको हो। दुर्घटनामा मृत्यु हुने अन्य एक अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।गाडी काठमाडौंबाट रामेछाप जाँदै गर्दा बिहान सिमखोलामा दुर्घटनामा परेको थियो। प्रमुख जिल्ला अधिकारी रा
काठमाडाैं । अस्ट्रेलियाको संसद्ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक अनुमोदन गरेको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त विधेयक बुधबार अस्ट्रेलियाली संसद्का तल्लो सदन र बिहीबार सिनेटबाट पारित भएको हो।विधेयक पारित भएसँगै अब त्यहाँ १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन पाउने छैनन्। तर यो कानुन कम्तीमा १२ महिनापछि लागू हुने बीबीसीले जनाएको छ। प्राविधिक कम्पनीहरूले यो कानुन पालना गरेनन् भने उनीहरूलाई ५ करोड अस्ट्रेलियाली डलर (नेपाली झन्डै ४ अर्ब ४० करोड रुपैयाँ) जरिवाना हुनेछ।प्रधानमन्त्री एन्थोनी अल्बानीजले बालबालिकालाई सामाजिक सञ्जालक
इटहरी । कोशी प्रदेश सरकारले नेपाल प्रिमियर लिगको उपाधि हात पारे विराटनगर किङ्ग्सलाई ३० लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । मंगलबार राति खेलाडीहरूसँगको विदाइ कार्यक्रममा सहभागी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले टोलीलाई जितको शुभकामना दिएका हुन् ।उनले टोलीलाई उपाधि हात पारे ३० लाख रुपैयाँसहित पुरस्कार प्रदान गर्ने घोषणा गरेका थिए । मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको छ । हिजोको दिनमा फुटबल र अन्य खेलकुद गतिविधिमा सरकारलले उपस्थिति जनाएको थियो । उपाधि जित्नेलाई सम्मानसमेत गर्दै खेलाडीलाई प्रेरित गर्दै आएको छ । तपाईंहरूलाई समेत जितको शुभकामना छ
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सेवाका कारण स्थानीय बासिन्दा र पर्यटकले सास्ती भोग्नुपरेको छ। नेपाल टेलिकमको नेटवर्क कमजोर हुनु र अन्य सेवा प्रदायकको उपस्थिति नहुनुले यहाँ सञ्चार समस्या छ, जसका कारण यहाँ पुग्ने धार्मिक तथा अन्य पर्यटक सञ्चार सेवाबाट विमुख हुने गरेका छन् । जिल्ला सदरमुकाम सल्लेरीसँगै जोडिएको यस वडाको पिकेडाँडा र ज्वालामाई मन्दिर पर्यटकको रोजाइमा पर्ने स्थल हो । पिके डाँडाको पर्यटकीय महत्व र सम्भावनासमुद्री सतहदेखि चार हजार ६५ मिटर उचाइमा रहेको यो डाँड
ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् ।चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् । २०५७ साल यता यहाँ यति धेरै पर्यटक आएका थिएनन् । आव २०५६/५७ मा सात सय ९९, आव २०५७/५८ मा आठ सय ७३ जना विदेशी पर्यटक आएका थिए । विशेषगरी फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन् । चाडपर्व
इटहरी । आज सुनचाँदीकै मूल्य बढेको छ। बिहीबार घटेको सुनचाँदीकै मूल्य आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।बिहीबार प्रतितोला तीनसय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेको हो।आज सुनको मूल्य तोलाको एक लाख ५० हजार नौसय रुपैयाँ निर्धारण भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ४९ हजार तीनसय रुपैयाँ थियो। गएको सोमबार एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय र मंगलबार दुई हजार ६ सय रुपैयाँ घटेको थियो।आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ निर्धारण भएको छ। हिजो चाँदी तोलाको एक हजार आठसय रुपैयाँ थ