All Posts By इटहरी खबर संवाददाता

    Showing ७६१-७७० of ३,०८६ items.
  • छोरा छोरीलाई कमाउने चिन्ता , बुढापाकालाई गाउँ रित्तिने चिन्ता

    बागलुङ । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् ।शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको काठेखोला गाउँपालिका–५ बिहुँका डिलाराम पुनले बताए । एक दशक अगाडिसम्म गाउँमा छरछिमेकी हुँदा अर्मपर्म गरेर खेतीपाती गरेको सुनाउँदै अहिले कोही बिरामी भए तत्काल अस्पताल पुर्‍याउने मान्छे नपाइने अवस्था आएको उनको भनाइ छ

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • २१० पटक पढिएको
  • प्रधानमन्त्रीले सबै मन्त्री र सचिवलाई सिंहदरबार बोलाए , तीन महिनामा गरेकाे प्रगती देखाउन निर्देशन

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि सबै मन्त्री र सचिवहरुलाई बैठकमा बोलाएका छन् । प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठक आज (बुधबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले समीक्षा बैठक बोलाएका हुन् । बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बोलाइएको छ ।   चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ । त्यस्तै अर्थतन्त्र सुधार उन्मुख गएको भन

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • २२६ पटक पढिएको
  • बोर्डका नयाँ अध्यक्षलाई सेयरबजारको स्वागत, ३३ अंकले नेप्से बढ्दा २१० वटाको मूल्य बढ्यो

    इटहरी । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई सेयरबजारले स्वागत गरेको छ।११ महिनापछि नियामक निकायले अध्यक्ष पाएपछिको पहिलो कारोबार दिनमा नेप्से सूचक दोहोरो अंकले बढेर बजार हरियाली बनेको हो। मंगलबार नेप्से ३३.४१ अंकले बढे २७१६.६६ अंकमा बन्द भएको हो। यो दिन सबै समूहको उपसूचकहरु बढेर बजारमा हरियाली छाएको छ। कारोबार सुरु भएसँगै बढ्न थालेको बजारले दिनभर सम्हालिँदो उतारचढाव देखाएको थियो। फलत: कारोबारमा आएका ३१२ वटा धितोपत्रमध्ये २१० वटा धितोपत्रको मूल्य बढेको छ। बाँकी ३३ वटा धितोपत्रको भने आज मूल्य घट्न पुगेको छ।बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आईडीआई

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • २७९ पटक पढिएको
  • धुलाबारी बजारमा चल्याे ड्राेजर : अतिक्रमित संरचना भत्काउन थालीयाे

    झापा । झापाको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना छिटो हटाउनु पर्ने बाध्यता भएको नगर प्रमुख गोपाल बुढाथोकीले बताए ।धुलाबारी बजार क्षेत्रको सहिद मार्गमा विश्व बैंकको सहयोगमा सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना अन्तर्गत २७ करोड २१ लाख तीन हजार नौ सय ३१ बजेटमा पाँच दशमलब तीन किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति सुरु गरिएको छ । उक्त सडक १२ मिटर चौडाइ, दुई लेन र ड्रेनसहित बन्ने भएको हो। सडकको पूर्वतर्फको आधा भागमा ठूला पक्की

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ३२० पटक पढिएको
  • सरकारले सुनचाँदीसहित यी वस्तुमा घटायो कर, कुनमा कति घट्यो?विवरण सहित

    इटहरी । सरकारले मार्बलमा लाग्दै आएको कर घटाएको छ। राजपत्रमा सूचना प्रकाशित गर्दै मार्बल, ग्रेनाइड, सुन र चाँदीको मूल्य नै घट्ने गरी महशुल घटाएको हो। मार्बल र ग्रेनाइटको अन्तःशुल्क र भन्सार दुवै घटाएको छ। चालू आर्थिक वर्षमा दालमा बढाएको अग्रिम आयकरको प्रतिशत पनि घटाएको छ।सरकारले उद्योगले आयात गर्ने करौंतीद्वार वा अरु किसिमले आयाताकार स्वरुपमा ढिक्का वा पाताको रुपमा केबल काटेको सङगमर्मरको पैठारीमा लाग्ने अन्तःशुल्क दर १५ प्रतिशतको सट्टा शून्य प्रतिशत कायम गरेको छ। मार्बलमा लाग्ने भन्सार ३० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाएको छ।त्यसबाहेक ढिक्का वा पाताको रुपमा केबल काटेको ग्रेनाइटको अन्तःशुल्क दर

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • २०० पटक पढिएको
  • हिजो एकै दिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि घट्याे

    इटहरी । सुनको मूल्यमा आज उच्च गिरावट आएको छ। सोमबार एकैदिन तोलामा १५ हजार नौसय रुपैयाँले घटेको सुनको मूल्य आज पनि दुई हजार ६ सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ४८ हजार सातसय रुपैयाँ कायम भएको छ।हिजो सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँ थियो। गएको आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो। सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुनको भाउ दुई दिनमै १८ हजार पाँचसय रुपैयाँ घटेको छ।चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो। गत कात्तिक १५ गते स

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ४४३ पटक पढिएको
  • मानव तस्करी आरोपमा पक्राउ परेका कोसीका पूर्वमन्त्री लीलावल्लभ अधिकारी रिहा

    इटहरी ।  मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री एवं एमाले नेता लीलावल्लभ अधिकारी रिहा भएका छन्।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार उनलाई सोमबार साँझ प्रहरीले रिहा गरेको हो। अधिकारीलाई प्रहरीले उनकी श्रीमतीको जिम्मा लगाएर घर पठाएको छ।मानव तस्करीको आरोपमा अधिकारीसँग पक्राउ परेका अन्य ११ आरोपविरुद्ध भने काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।जापानबाट नेपाल प्रहरीका ड

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • १८७ पटक पढिएको
  • एनपीएलको टिकट विक्री शुरु, कुनको कति ?

    इटहरी । यही मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल), क्रिकेट प्रतियोगिताका लागि टिकट बिक्री खुला गरिएको छ ।  नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूका लागि टिकटदर सार्वजनिक गरेको हो । क्यानका अनुसार मंसिर १५ गतेदेखि हुने एनपीएलको उद्घाटन खेलका लागि सामान्य टिकट ३ सय र भीआईपीका लागि ७ सय रुपैयाँ टिकट लाग्ने छ ।लिग खेलका लागि सामान्यतर्फ ३ सय र भीआईपीका लागि ५ सय रुपैयाँ तोकिएको छ । प्लेअफका खेलहरूका लागि सामान्यतर्फ ५ सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट तोकिएको छ ।फाइलनका लागि सामान्यतर्फ ५ सय र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट तोकिएको छ । यसैगरी सिजनल पासक

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ३०८ पटक पढिएको
  • भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै

    भोजपुर । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णद्धार गरिने भएको छ । कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मन्दिरको पुरानो स्वरुपलाई यथावत राख्दै जीर्णद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ ।‘टेम्केडाँडामा रहेको मन्दिरको जीर्णद्धारसँगै विकासमा जुटेका छौं’, उनले भने, ‘यो हाम्रो ऐतिहासिक तथा प्रसिद्ध मन्दिर हो । संरक्षणको अभावमा मन्दिर जीर्ण बनेकाले जीर्णद्धारको लागि सर्भे गर्ने काम सम्पन्न भएको छ । यसको पुरानो शैलीलाई यथा

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • २५४ पटक पढिएको
  • रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै

    काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (मंगलबार) काठमाडौं ल्याइने भएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पक्राउ परेर अनुसन्धान भइरहेको समयमा काठमाडौंको अर्को सहकारीमा पनि संलग्न रहेको पाइएपछि आज अनुसन्धानका लागि ल्याइने भएको हो ।पूर्व गृहमन्त्री समेत रहेका लामिछानेमाथि काठमाडौं जिल्ला अदालतबाट कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • ११७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल