All Posts By इटहरी खबर संवाददाता

    Showing ८२१-८३० of ३,०८६ items.
  • झापामा खुल्याे अलैंची प्रशोधन उद्योग : तेस्रो मुलुक निर्यातको लक्ष्य

    झापा । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ ।कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले सोमबार उद्योगको उद्घाटन गर्दै नेपालको अलैँचीलाई प्रशोधन गरी नेपालकै ब्राण्डबाट विश्व बजारमा पुर्‍याउने कार्यमा प्रदेश सरकारले सहयोग पुर्‍याउने बताए ।उनले पूर्वी पहाडमा खोल्साको सुन भनेर परिचित अलैँचीको विश्व बजारमा उच्

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • ३६६ पटक पढिएको
  • उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

    इटहरी । यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनाव अन्तर्गत आज (मंगलबार) उम्मेदवारको नामावली प्रकाशन हुनेछ । आज साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् ।सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेको आयोगले जनाएको छ । मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ । विभिन्न कारणले रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो ।उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गाउँ

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • २१६ पटक पढिएको
  • सरकारी निर्णयमा ढिलाइ : पूर्वसभामुख ढुंगानाको निधनमा बिदा घोषणा, आलोचना व्यापक

    मोरङ -पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले सोमबार सार्वजनि क बिदा दिने निर्णय गरे पनि निर्णयको ढिलासुस्ती र व्यवस्थापनको अभावले आलोचना खेप्नुपरेको छ।आइतबार दिउँसो साढे १ बजे ढुंगानाको निधन भए पनि सरकारको बिदा दिने निर्णय सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि मात्र आयो। तर, बिदा घोषणा कार्यालय समय सुरु भइसकेपछि गरिएपछि यसले कर्मचारी र सेवाग्राहीमा अन्योलता पैदा गर्‍यो।सोमबार बिहानै विद्यालयमा पठनपाठन सुरु भइसकेको थियो। सरकारी कर्मचारी, बैंकका कर्मचारी र सेवाग्राहीले आफ्नो कामको तयारी गरिसकेका थिए। तर, बिहान १० बजेतिर ‘आज सार्वजनिक बिदा’ हुने खबर फैलिएपछि सामाजिक सञ्जालमा सरकारको ढिलास

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • २४९ पटक पढिएको
  • भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले साडे ६ अरबकाे लगानीमा बनाउदैछन ‘अन्नपूर्ण स्क्वायर’ होटल

    इटहरी । साढे ६ अर्ब लगानीमा काठमाडौंको दरबारमार्गमा ‘अन्नपूर्ण स्क्वायर’ होटल निर्माण थालिएको छ। अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी होस्पिटालिटीबीच साझेदारी भएको झण्डै दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेल शिलान्यास गरिएको छ ।अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले आज (सोमबार) होटलको शिलान्यास गरेका हुन् ।२५ तलाको संरचनासहितको होटल नौं लाख स्क्वायर फिट क्षेत्रफलमा बन्ने बताइएको छ ।३५० कोठा हुने हुने होटलमा ४० कोठा अपार्टमेन्ट हुने र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बन्ने होटलका अध्यक्ष गुरुङले जानकारी दिए ।होटेल निर्माणमा करिब साढे ६ अर्ब खर्च हुने कम्पनीको अनुमान छ । होटेल २०८५

    • प्रकाशित मितिः मंसिर ४, २०८१
    • ३६९ पटक पढिएको
  • झाक्री प्रकाश भुजेलले ५२ लाख दिने सहमती : नगरकोटी दप्पतीको शव पाँच दिनपछि उठाइँयाे

    इटहरी । झाँक्री प्रकाश भुजेलले हाँकेको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज (सोमबार) उठाइने भएको छ । कात्तिक २८ गते काठमाडौंको इन्द्रायणीमा भुजेलको गाडीले ठक्कर दिंदा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।पति नारायणलाई सोही दिन अस्पतालले मृत घोषणा गरेको थियो भने पत्नी सानुमायाको दुई दिनपछि निधन भएको थियो । शव व्यवस्थापन तथा काजकिरियाका निम्ति झाँक्री भुजेल र मृतकको परिवारबीच आर्थिक विषयमा विवाद हुँदा मृतकको परिवारले ग्राण्डी अस्पतालबाट शव उठाएको थिएन ।आइतबार दुई पक्षबीच ५२ लाख रुपैयाँ क्षतिपूर्तिमा कुरा मिलेप

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • ३६० पटक पढिएको
  • मन्त्री परिषदकाे निर्णय : पूर्व सभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

    इटहरी । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज (सोमबार) विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक  बैठकले ढुङ्गानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।आज सरकारी कार्यालयहरु र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । कलेजासम्बन्धी समस्याका कारण केही समयदेखि उपचाररत पूर्व सभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन व

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • ३९७ पटक पढिएको
  • स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाको उम्मेदवारी, कहाँ कसको ? (सूचीसहित)

    इटहरी । आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, दुई सय ९३ पुरूष र एक अन्य गरी जम्मा तीन सय २३ जनाको मनोयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारक

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २०३ पटक पढिएको
  • पूर्व सभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै

    इटहरी । पूर्व सभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्नेछन् ।कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • १७४ पटक पढिएको
  • रवि र छबिविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी

    इटहरी । सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले रवि लामिछाने र छबिलाल जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • १९८ पटक पढिएको
  • आजकाे माैसम : तराईमा हुस्सु ,दुई प्रदेशमा बर्षाको सम्भावना

    इटहरी । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज (सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।यस्तो छ मंगलबार र बुधबारको मौसम पूर्वानुमान२०८

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • २७९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल