इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान ९ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बैठकले नियमित पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारलगायतका विषयमा आवश्यक निर्णय गर्नेछ । उनको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो । सभामुख देवराज घिमिरेले आइतबार साँझ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीलाई टेलिफोन गरी पूर्व सभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउ
इटहरी । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । आइतबार प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी दिएका सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका १६ दलहरूले मनोनयन दर्ता गराएका हुन् ।कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधन पछि हुन लागेको उपनिर्वाचनमा सत्तारुढ दलहरू एक्ला एक्लै प्रतिष्पर्धामा उत्रिएका छन् । कांग्रेसका बलराम सरदार थारु र नेकपा एमालेबाट तुलसीराम विश्वासले मनोनयन दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका नमोनारायण माझी
विराटनगर - नेपाल मगर संघ धरान उपमहानगर समितिले मगर समुदायको मौलिक र लोकप्रिय हुर्रा नृत्यको संरक्षण र प्रवर्द्धनका लागि "हुर्रा कार्यक्रम २०८१" आयोजना गरेको छ। कार्यक्रम धरान–१० स्थित भूतपूर्व गोर्खा सैनिक भवन परिसरमा सम्पन्न भएको हो।हुर्रा नृत्य विशेष गरी तिहारको औंसीदेखि पूर्णेसम्म १५ दिनसम्म खेलिने परम्परा रहेको छ। धनकुटाको दक्षिणी भेग चौविसे क्षेत्र, मोरङको उत्तरी भेग र धरानका वडा नं. ४, ५ र ६ (साविक पाँचकन्या गाविस)मा हुर्रा नृत्य परम्परागत रूपमा खेलिने गरेको छ। पछिल्लो समय अन्य क्षेत्रहरूमा पनि यस नृत्यको लोकप्रियता बढ्दै गएको छ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल मगर संघक
इटहरी । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ।आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय
सुनसरी - स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएको छ। दुवै दलले काठमाडौंको कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिका–१६ मा एकअर्कालाई सहयोग गर्ने सहमति गरेका छन्।शनिबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी उम्मेदवार शिवशरण महर्जनलाई एकीकृत समाजवादीले समर्थन गर्ने निर्णय गरेको छ। त्यस्तै, काठमाडौं–१६ को वडाअध्यक्ष पदमा समाजवादी उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्नेछ।सहमति पत्रमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन्।तालमेल
झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गए राति करिब २ बजे दमक नगरपालिका–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको हो । स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धपाउन गएका भट्टराईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।हात्तीले भट्टराईलाई एक सय मिटर जति लखेटेर उचालेर पछार्दा उनको घटनास्थलमै मृत्यु भएको डीएसपी चन्दले जानकारी दिए । अहिले इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । झापाका विभिन्न क्षेत्रमा जंगली हात्त
काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान छ सय एक हप्ता प्रवेश गरेपनि काठमाडौँ उपत्यकाका नदीनाला भने सफा हुन सकेको छैन ।विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती किनारमा सफाइ हुँदै आएको छ ।जति सफाइ गरे पनि वाग्मती सफा नदेखिएपछि ‘हिँड्दैछ, पाइला मेट्दैछ’ भनेर पनि कतिले यो महाअभियानलाई व्यङ्ग्य गर्ने गरेका छन् । सुरुआती चरणदेखि महाअभियानमा जुटेका अभियानकर्मी किशोरसिंह शाही ढलको व्यवस्था नगरी सिधै फोहर पानी नदीमा हाल्दा जति सफाइ गरे पनि वाग्मती सफा देखिन नसकेको बताउँछन् ।वाग्मतीको मुहा
इटहरी । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँँदै जल तथा मौसम विज्ञान विभागले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ ।विभागका अनुसार आज (आइतबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसमसफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी
इटहरी । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी,
विराटनगर - मोरङ चेम्बर अफ कमर्सले नेपाल सरकारका उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय श्री प्रकाशमान सिंहज्यूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि माननीय उप-प्रधानमन्त्री श्री प्रकाशमान सिंहज्यूले सहरी विकास र व्यापारका विविध पक्षमा सरकारको दृष्टिकोण र योजना प्रस्तुत गर्नुभयो।बिशिष्ट अतिथिहरूमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, मोरंग जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, विराटनगर भन्सार कार्यालयका प्रमुख ग्यानेन्द्र ढकाल, र आन