झापा । आफैंले पालेको गोरुले हानेर झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । गौरादह– ७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफैंले पालेको गोरुले हानेर मृत्यु भएको हो ।बुधबार साँझ ५.४० बजे बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते भएका थिए । उनलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो । ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा बिहीबार दिउँसो ४.२० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते
नवलपुर । मध्यविन्दु नगरपालिका–४ लुस्लहरी निवासी १९ वर्षीया विपना चौधरीको शव नारायणी नदीको किनारमा फेला परेको छ । गत सोमबारदेखि मुग्लिन क्षेत्रबाट बेपत्ता भएकी चौधरीको शव बिहीबार साँझ मध्यविन्दु–१५ स्थित कोलकट्टा क्षेत्रको नदी किनारमा फेला परेको हो ।नवलपुरको कुमारवर्ती माध्यमिक विद्यालय, मध्यविन्दु–२ कोल्हुवामा कक्षा १२ मा अध्ययनरत चौधरी कात्तिक १२ गते क्याम्पसबाट बन्दिपुर पिकनिक गएर फर्कने क्रममा बेपत्ता भएकी थिइन् । नारायणघाट–बुटबल सडक खण्डको तीन नम्बर पुलमा शौच गर्न गएपछि उनी बेपत्ता भएकी थिइन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहका अनुसार स्थानीय माछा मार्ने व्यक्तिहरूले
इटहरी । हाल देशभर पश्चिमी वायुको तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी दुई प्रणालीको प्रभावले शुक्रबार बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।आज (शुक्रबार) दिउँसो पनि कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन / च
धरान । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र फूलहरूले पूरै बजार ढाकेको छ ।दसैँपछि नेपालीहरूको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडका रूपमा फूलमाला, रङ र उज्यालो पर्वका रूपमा लिइन्छ । तिहारमा दियो, बत्ती बालेर घरलाई झिलीमिली पारिन्छ । फूलको मालाले घर सिङ्गरिने चलन पनि उत्तिकै बढ्दो छ । पछिल्लो समय परम्परागत दियो बाल्ने चलन हिजोआज लोप हुँदै गएकाले आधुनिक झिलीमिली बत्तीले निकै ठाउँ पाएको व्यापारी नारद यादवले बताए ।तिहारमा विभिन्न किसि
एजेन्सी । रुसको एक अदालतले युट्युबमा गुगलमाथि धेरै ठूलो रकम जरिवाना तोकेको छ । रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा लगाइएको जरिवानाको रकम यति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार रुसको अदालतले २.५ अण्डसिलियन रुबल अर्थात् २५ डेसिलियन अमेरिकी डलर जरिबानाको फैसला गरेको हो । १ अण्डसिलियनमा १ पछि ३६ वटा जिरो हुन्छन् ।अर्थात् रुसी अदालतले गुगललाई २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर जरिबाना तिर्न भनेको छ । यो धनराशि गुगलको पूरै सम्पत्ति बेचेर पनि पुग्दैन । अदालतले जरिबाना रकम तिर्न गुगललाई ९ महिनाको समय सीमा दिएको छ ।यदि ९ महिनाभित्र पनि तिर्न नसके
एजेन्सी। इङ्ल्याण्डलाई हराउँदै ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ। आज (शुक्रबार) भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्याण्डलाई छ विकेटले हराएको हो ।इङ्ल्याण्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित छ ओभरको खेलमा १० बल बाँकी हुँदै भेट्टायो । नेपालले चार ओभर दुई बलमा लक्ष्य पुरा गर्यो । नेपालका कप्तान सन्दिप जोराले ५० रन बनाएर रिडायर्ड भए । यस्तै रसिद खानले अविजित २१ र लोकश बलले अविजित २० रन बनाए । त्यसअघि मिसन रोड ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले छ विकेट गुमाएर ९७ रन बनाएको थियो ।इङ्ल्याण्डका लागि कप्तान
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औंसीको दिन भए पनि आज (शुक्रबार) कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औंसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ ।औंसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औंसी आफैमा पर्व हो । प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।यो वर्ष तिथिको घटबढका कारण औंसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्रा श्रीक
काठमाडौं । तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत उच्च माग (पिक डिमाण्ड) १,६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ः२५ बजे पिक डिमाण्ड १,६०२ मेगावाट रेकर्ड गरिएको हो।गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १,४३८ मेगावाट थियो । गत वर्षकोभन्दा यो वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६४ मेगावाट बढी हो । तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरूबाट उत्पादन गरी आपूर्ति गरिएको थियो । देशभित्रको विद्युत् मागला
इटहरी । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ २ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा (टंगाला) र ढकाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय (नक्साल) मा कार्यरत छन्।बुधबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको समितिको सचिवालयले जारी गरे
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको सदस्यता व्यवस्थापनका लागि समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा चार सदस्यीय सदस्यता व्यवस्थापन समिति गठन गरेका हुन् ।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेहीलाई मनोनीत गरेका छन् । कांग्रेसमा वडा तहको अधिवेशनमा क्रियाशील सदस्यहरू नै मतदाता हुन् ।क्रियाशील सदस्यहरूमध्येबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरू निर्वाचित गर्ने भएकाले सदस्यतालाई महत्वका साथ हेर्ने गरिएको छ । हाल कां