All Posts By इटहरी खबर संवाददाता

    Showing ९५१-९६० of ३,०८० items.
  • उर्लाबारीका मेयरमाथि सार्वजनिक स्थलमा आक्रमण

    उर्लाबारी – उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि सोमबार अपरान्ह नगरपालिकाको परिसरमै आक्रमण भएको छ। कार्यपालिका बैठक सकेर बाहिर निस्कदै गर्दा उर्लाबारी नगरपालिका-७ निवासी ४८ वर्षीय मिलन भण्डारीले मेयर खरेलको अनुहारमा मुक्का प्रहार गरेका हुन्।मेयरको सचिवालयका अनुसार, भण्डारीले योग शिविर सञ्चालन गर्न आर्थिक सहयोग मागेका थिए। तर मेयर खरेलले तत्काल सम्भव नभएको र प्रक्रिया पूरा भएपछि सहयोग गर्ने आश्वासन दिएका थिए। उक्त प्रतिक्रिया पछि असन्तुष्ट बनेका भण्डारीले मेयरमाथि आक्रमण गरेको बताइएको छ।प्रहरीले भण्डारीलाई अभद्र व्यवहारको आरोपमा हिरासतमा राखेको छ। भण्डारी, जो उर्लाबारी–७ का पुराना व्य

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • १९० पटक पढिएको
  • सेयरबजारमा ५ अर्ब ३४ करोडको खरिदबिक्री, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

    इटहरी । सेयरबजारमा आज ५ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड कित्ता बिक्रीमा यो कारोबार भएको हो। बजार परिसूचक नेप्से आज २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा छ। सोमबार २१३ कम्पनीको सेयर मूल्य बढ्दा २८ वटाको घटेको र २ वटाको उही मूल्यमा कारोबार भएको छ। आज जानकी फाइनान्स र डोल्टी पावरको सेयर १० प्रतिशतले बढ्दा सेयरधनीले क्रमशः ७०.५० र ५५.७० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै रिभर फल्स पावर, मेन्छियाम हाइड्रो र मायाखोला हाइड्रोको सेयर मूल्य पनि बढेको छ। गिरावटतर्फ आज सेयरधनीहरुले ६.०२ प्रतिशतसम्म प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। कारोब

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ३३९ पटक पढिएको
  • ‘बेहुली फ्रम मेघौली’लाई ओटीटीमा उत्साहजनक साथ, २ दिनमै पायो ११ हजार दर्शक

    इटहरी । निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले ओटीटीमा उत्साहजनक साथ पाइरहेको छ। गत शुक्रबार ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको यस फिल्मलाई अहिलेसम्म ११ हजारपटक हेरिएको छ।फिल्मकी निर्मात्री स्वस्तिमाले २ दिनमा ११ हजार प्लस स्ट्रिमिङ भएको भन्दै फेसबुकमा दर्शकलाई धन्यवाद दिएकी छन्।४०० रुपैयाँ तिरेर यस फिल्मलाई ओटीटीमा हेर्न सकिन्छ। यस अर्थमा ११ हजार स्ट्रिमिङ भएबापत फिल्मले ४४ लाख कमाइसकेको छ। दर्शकबाट पनि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ।फिल्मले मात्रै होइन, निश्चलको आँटको पनि यतिखेर प्रशंसा भइरहेको छ। निश्चलले हलमा चलिरहेको फिल्म उत्रारेर जोखिम मोलेर ओटी

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ३८० पटक पढिएको
  • महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका

    महोत्तरी । महोत्तरीमा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव फेला परेको छ । पिपरा गाउँपालिका–७ दनौली चौरीस्थित आँप बगैंचामा अनुहार जलाइएको अवस्थामा एक महिलाको शव भेटिएको हो ।स्थानीय अशोक ठाकुरको आँप बगैंचामा मन्दिर नजिकै अन्दाजी २७ वर्षीया महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा महिलाको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु जैसवारले जानकारी दिए ।डिसपी जैसवार अनुसार सोमबार बिहान स्थानीयले शव देखेर प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकु

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २४३ पटक पढिएको
  • रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान गरौं : सांसद कार्की

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की भण्डारीले आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको बताएकी छन् । आफ्नो पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता व्यक्त गरेको उनले बताइन् ।‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन’, प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले भनिन्, ‘देशको चौंथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो ।’लामिछानेलाई थुना बाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न उनले बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकलाई

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २७४ पटक पढिएको
  • काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि महिलाको शव, अनुसन्धान गर्दै प्रहरी

    काठमाडाैं । काठमाडौँको कीर्तिपुर अस्पतालपछाडि एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका-२, कीर्तिपुर अस्पतालपछाडिको झाडीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ।शवको सनाखत गर्ने प्रयास भइरहेको तर अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएको प्रहरीले जानकारी दिएको छ।प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाले आत्माहत्या गरेको आशंका गरेको छ। तर अन्य हिसाबबाट पनि अनुसन्धान गरिरहेको छ।महिलाले हातमा घडी र चुरा लगाएकी छन्। चप्

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २२३ पटक पढिएको
  • इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

    इलाम । इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको संख्यामा वृद्धि भएको छ । कुकुरको संख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् । कात्तिक सुरु भए यता मात्र इलाम बजारमा ३० जनालाई कुकुरले टोकेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा ७० जनालाई कुकुरले टोकिसकेको तथ्याङ्क जिल्ला अस्पतालसँग छ । घरपालुवा र सडकमा डुल्ने कुकुरले टोकेका दैनिक पाँच देखि सात जना बिरामी आउने गरेको इलाम अस्पतालका आकस्मिक सेवा इन्चार्ज टीका लुइँटेलले जानकारी दिए। गत आव २०८०/८१ मा भने सात

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १९० पटक पढिएको
  • धनुषाबाट २२१ किलो गाँजासहित एक जना पक्राउ

    धनुषा । धनुषा प्रहरीले २२१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा आयल सेन्टर अगाडी चेकजाँच गर्ने क्रममा मकवानपुरबाट जनकपुर आउँदै गरेको ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ट्रकको पछाडिपट्टीको भागमा फल्स बटन बनाएर लुकाई राखेको १६ वटा पोकामा २२१ किलो ३८ ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय ध

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • १६० पटक पढिएको
  • सयपत्री फूल बिक्री गरेर दुई लाख आम्दानी

    दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल  फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त   रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल  टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् । कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो ।  उनले वर्षदेखि फूलखेती गरेका हुन् । उनले भने, ‘गत वर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरें ।’ उनले अघिल्लो वर्ष पन

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ३११ पटक पढिएको
  • पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

    सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् । लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब  १० किलोमिटर उत्तरमा पर्छ यो ताल । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यसस्थापनसँगै पर्यापर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • २२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल