धनुषा । धनुषा प्रहरीले २२१ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा रहेका छन् । वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा आयल सेन्टर अगाडी चेकजाँच गर्ने क्रममा मकवानपुरबाट जनकपुर आउँदै गरेको ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ट्रकको पछाडिपट्टीको भागमा फल्स बटन बनाएर लुकाई राखेको १६ वटा पोकामा २२१ किलो ३८ ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । पक्राउ परेका चालकमाथि थप अनुसन्धान सुरु भएको छ ।