All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१८१-१,१९० of १,३५८ items.
  • डिजेल, मट्टीतेल र आन्तरिक हवाई ईन्धनको मूल्य वृद्धि

    इटहरी ।  सरकारले डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य बढाएको छ ।निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई ईन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।अब डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर २३७ रुपैयाँ र आन्तरिक हवाई ईन्धनको मूल्य २५६ रुपैयाँ पुगेको छ ।एलपीजी ग्यास र पट्रोलको मूल्य भने बढाइएको छैन ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १२६ पटक पढिएको
  • पूर्वी तराईमा सिरुवा पर्व शुरु, एक महिनासम्म विभिन्न स्थानमा मेला लाग्ने

    इटहरी ।  थारु समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षको आगमनसँगै शुरु भएको छ । पूर्वी तराईका थारुहरुले १ महिनासम्म यो सिरुवा पर्व मनाउँछन् ।सिरुवा पर्वको अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । बालीनाली थन्क्याए फुर्सदको समय पारेर मनाइने यो पर्वमा आगामी बालीनाली राम्रो होस् भनेर भगवानसँग प्रार्थना गरिन्छ । बैशाख महिनाभर तराईका विभिन्न ठाउँका ग्रामथानमा गएर पूजाआजा गरी रोग व्याध नलागोस् भनेर कामना गर्ने तथा चर्म रोग नलागोस् भनेर भाण्टाको भार चढाउने र ग्रामथानहरूमा बलिसमेत दिने गरिन्छ ।थारु समुदायका मानिसहरूले मनाउने सिरुवा पछिल्लो समयमा आएर पूर्वी तराईका अन्य जातजातिका मा

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • २१८ पटक पढिएको
  • ‘पहिलो पाइला नेपाल’को भित्तेपात्रो सार्वजनिक

    गोठगाउँः पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले नयाँ वर्ष २०८३ को अवसरमा हिजो भित्तेपात्रो विमोचनका साथमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।सो कार्यक्रममा संस्थाले वर्षभर सञ्चालन गरेका सामाजिक अभियान र गतिविधिलाई समेटेर तयार गरिएको भित्तेपात्रो सार्वजनिक गरिएको हो । कार्यक्रममा स्थानीय सरोकारवाला, समाजसेवी तथा संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो ।संस्थाका अध्यक्ष विजय ओझाका अनुसार पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गरिएको हो ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १८१ पटक पढिएको
  • नयाँ वर्षको पहिलो शेयर कारोबार भएको दिन सूचकमा ३३ अङ्कको वृद्धि

    इटहरी ।  आज नयाँ वर्ष २०८३ सालको पहिलो पटक शेयर कारोबार हुँदा नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ अङ्कमा अडिएको छ । सबै समूहमा हरियाली छाएको छ ।होटल तथा पर्यटन समूह सर्वाधिक अर्थात् ३.१६ प्रतिशतले बढेको दिन आज नेप्सेमा सूचीकृत ३४४ कम्पनीको शेयर किनबेच भएको छ । १ लाख २३ हजार ३५९ पटककको कारोबारमा २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ रुपैयाँको शेयर कारोबार भएको छ ।व्यापार समूह २.३३ प्रतिशत, जलविद्युत समूह २.१४ प्रतिशत, विकास बैंक समूह १.५३ प्रतिशत, बैंकिङ समूह १.३० प्रतिशत, फाइनान्स समूह १.२१ प्रतिशत, लगानी समूह ०.८९ प्रतिशत, जीवन बीमा

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १४४ पटक पढिएको
  • सप्तकोशीको पानीमा ढुवानी गरिएको बाँसमा लुकाएर ल्याएको २२५ केजी गाँजा बरामद, २ जना पक्राउ

    इटहरी ।  सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट २२५ केजी गाँजासहित गाँजा ओसारपसारमा संलग्न रहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा हिजो राती ९ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी सो परिमाणको गाँजा फेला पारी बरामद गरेको जनाएको छ ।प्लास्टिकको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २२५ केजी गाँजासहित सो गाँजा ओसारपसारमा संलग्न बराहक्षेत्र नगरपालिका–६ का विशेष माझी र रोशन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुसँगै को. ३० प

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • २०५ पटक पढिएको
  • सुनको भाउ फेरि पुग्यो तोलाको ३ लाख रुपैयाँभन्दा माथि

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १७३ पटक पढिएको
  • २ घण्टामा ४४ अङक बढ्यो शेयर बजार

    इटहरी । आज बजार खुलेदेखि नै नेपाली शेयर बजार मापक परिसूचक (नेप्से) उकालो लागेको छ । दिउँसो १ बजेसम्म अर्थात् २ घण्टामा शेयर बजार ४४ अङ्कले बढेको छ भने कारोबार ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको भएको छ ।अहिले नेप्से २८७७ बिन्दुको आसपासमा कारोबार भइरहेको छ । कारोबार रकम ५ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेण्टको कारोबार भएको छ । त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, सोलु हाइड्रोपावर ङादी ग्रुप पावको सर्वाधिक कारोबार भएको छ ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १२८ पटक पढिएको
  • ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधीसहित १ जना पक्राउ

    इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका–६ बाट ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधीसहित १ जना पक्राउ परेका छन् ।हिजो बैशाख १ गते इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सवारी जाँचको क्रममा भोजपुर नगरपालिका–७ का युजिन श्रेष्ठको साथबाट ती औषधी बरामद गरी उनलाई पक्राउ गरेको थियो ।पक्राउ परेका श्रेष्ठको सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ११४ पटक पढिएको
  • देशभर आजदेखि दोस्रो आर्थिक गणना शुरु

    इटहरी ।  ७ वर्षपछि आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । गणनाका लागि देशभर गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुने र गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिने बताइएको छ ।गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने भएको छ ।वि.सं. २०७५ मा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनामा

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १२९ पटक पढिएको
  • सबै स्थानीय तहमा आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’

    इटहरी ।  सरकारले आजदेखि देशका ७५३ वटै स्थानीय तहमा विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएको छ ।व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् ।त्यसक्रममा विद्यालय तथा स्थानीय संघ–संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतन

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • १९१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल