All Posts By खेमचन्द्र अधिकारी

    Showing १,२०१-१,२१० of १,३५८ items.
  • आजदेखि नेपालमा नयाँ वर्ष शुरु

    इटहरी ।  नेपालमा आजदेखि नयाँ वर्ष विक्रम् सम्वत् २०८२ शुरु भएको छ । आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउने गर्छन् ।आज नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो शुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।राजा विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वत्लाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रूपमा विक्रम सम्वत् चलेको हो ।नयाँ वर्षमा नेपालमा सार्वजनिक बिदा दिइन्छ ।

    • प्रकाशित मितिः वैशाख १, २०८३
    • १८३ पटक पढिएको
  • रातो मुख लगाएर शेयर बजारले बिदाइ गर्याे यस वर्षलाई

    इटहरी ।  आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा अडिएको छ । ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर १ लाख १ हजार १८० पटक किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको शेयर किनबेच भएको छ ।आज ६ वटा समूहमा हरियाली छाउँदा ७ वटा समूहमा रातो पोतिएको छ । आज होटल समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्दा जलविद्युत समूह ०.६६ प्रतिशत, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, सामुहिक लगानी कोष ०.३६ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढेको छ ।आज अन्य समूह सर्वाधिक अर्थात् १.६२ प्रतिश

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १९१ पटक पढिएको
  • यस्ता छन् सञ्चार माध्यमले सरकारसँग गरेका १० प्रश्न

    इटहरी ।  आज प्रकाशित पत्रिकाले आफ्नो मुख्य पृष्ठमा समाचार प्रकाशन नगरी प्रश्नवाचक चिह्नमात्र राखेर प्रकाशन गरेका छन् । सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा प्रकाशन नगरी सरकारी सञ्चारमाध्यममा प्रकाशन गर्नुपर्ने भनी निर्देशन जारी गरेपछि सञ्चारमाध्यमले प्रश्नवाचक चिह्न राखी पत्रिका प्रकाशन गरेका हुन् ।यस्ता छन् सञ्चारमाध्यमले उठाएका १० जिज्ञासाः१. सूचना केका लागि ?२. नागरिक सुसूचित हुन के एउटा सञ्चारमाध्यम मात्र पर्याप्त छ ?३. पाठक–श्रोतावर्ग विभिन्न सञ्चारमाध्यमबाट सूचना पाएर सन्तुष्ट हुन्छन्, तर सरकारी सूचनाका लागि सरकारी सञ्चारमाध्यमकै मात्र भर पर्ने बनाउनु उनीहरुको अधिकार खोस

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १९० पटक पढिएको
  • मन्त्रीको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौंः वर्तमान मन्त्रिपरिषद्का सदस्यको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माइतीघरमा प्रदर्शन गरेको छ ।प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो ।उनीहरूले सुनखानी प्रधानमन्त्री, शेयर खानी गृहमन्त्री, झन्डा नीलो मन्त्रिपरिषद् पहेँलो, मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार लगायत विभिन्न नारा उल्लिखित प्लेकार्ड प्रदर्शन गरेका थिए ।प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सरकारले आइतबार सार्वजनिक गरेको थियो ।सार्वजनिक भएको सम्पत्ति

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २४२ पटक पढिएको
  • आजका पत्रिकाहरूले पहिलो पृष्ठमा प्रश्नवाचक चिह्नमात्रै छापेर सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा दिने निर्णयको गरे विरोध

    इटहरी ।  देशका विभिन्न भागबाट प्रकाशित हुने पत्रिकाले आज पहिलो पृष्ठमा समाचार प्रकाशन नगरी प्रश्नवाचक चिह्नमात्रै छापेका छन् । सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशित गर्ने निर्णयको विरोधमा यो रचनात्मक शैलीमाथि प्रश्न उठाउँदै उनीहरुले विरोध गरेका हुन् ।धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्सका साथै राजधानीबाहिरका बुटवल टुडे, दैनिक पत्र, लुम्बिनी, सुदूर सन्देश, मिशन टुडे, काँक्रेविहारलगायतका दैनिकले पहिलो पृष्ठमा समाचार प्रकाशित गरेका छैनन् ।काठमाडौंबाट प्रकाशित दैनिकहरू नेपाल समाचारपत्र, कारोबार, राजधानी, आर्थिक अभियान, सौर्य, मध्यान्ह, प्रभाव, प्रक्षेपणलगायतले पनि प्रश्न वाचक

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २१६ पटक पढिएको
  • मन्त्रिपरिषद्का सदस्यको सम्पत्तिः सामाजिक सञ्जाल, सुन, घरजग्गा र शेयर मुख्य

    इटहरी ।  नयाँ सरकार बनेको १७ औँ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । हिजो सार्वजनिक सम्पत्ति विवरण हेर्दा मन्त्रिपरिषद्का सबै सदस्यहरूको व्यक्तिगत र पारिवारिक आर्थिक अवस्था उन्नत देखिन्छ । अधिकांश मन्त्री उच्च वर्गका र केही मध्यम आर्थिक अवस्थाका देखिन्छन् ।भ्रष्टाचार निवारण ऐनमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । तर यसरी बुझाएको विवरण सार्वजनिक गर्नैपर्ने कानुनी बाध्यता छैन । त्यसैले विवगतका केही मन्त्रिपरिषद्ले विवरण बुझाए पनि सार्वजनिक गरेका थिएनन् ।जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले पनि विवरण सार्

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २२८ पटक पढिएको
  • इटहरीको अम्बे कोशी सहकारीका बचतकर्ताले फिर्ता पाउन थाले बचत रकम, देशमै पहिलो पटक सहकारीपीडितको रकम फिर्ता

    विराटनगरः कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले सुनसरीको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्न थालेको हो । पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत भएका लगानीकर्ताको रकम फिर्ता गर्न लागिएको हो ।पहिलो चरणमा २८७ जना बचतकर्ताको बचत फिर्ता गर्न लागिएको हो । समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखिएको आज विराटनगरमा आयोजित पत्रकार सम्

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २६१ पटक पढिएको
  • २ घण्टामा ४ अर्ब १६ करोडको शेयर बिक्री, सूचक घट्दा मोलमोलाइमा शेयर किन्दै लगानीकर्ता

    इटहरी । बजार खुल्नासाथ सामान्य बढेको शेयर बजारमा त्यसपछि बिक्री चाप केही बढेपछि बजार ओरालो लागेको छ । सामान्य अंकले बजार ओरालो लाग्दा शेयर किन्ने र बेच्नेबीच मोलमोलाइ भइरहेको छ ।किन्नेले पनि आक्रामक रुपमा शेयर किनेका छैनन् भने बेच्नेले पनि आत्तिएर शेयर बेचेका छैनन् । सूचक झर्दा बिक्रेता हाबी हुने र सूचक उकालो लाग्दा क्रेता आक्रामक भएको देखिन्छ ।आज २ घण्टाको समयमा ४ अर्ब १६ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५७ करोड २२ लाख ९२ हजार ९२६ रुपैयाँको शेयर किनबेच भएको छ ।नेप्से सूचक ५.७८ अंकले घटेर २८३२ बिन्दुको आसपासमा शेयर किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • ३०२ पटक पढिएको
  • आज पनि घट्यो सुनचाँदीको भाउ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १९६ पटक पढिएको
  • विराट गोल्डकपमा पूर्व विजेता एपीएफलाई हराउँदै चर्च ब्वाइज पुग्यो सेमीफाइनलमा

    विराटनगरः ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमीफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रङ्गशालामा आइतबार राति भएको खेलमा पूर्वविजेता विभागीय टोली एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।खेलको २७ औँ मिनेटमा आशिष सोनामले मिलाइदिएको क्रस पासमा समीर तामाङले गरेको गोल नै निर्णायक बनेको थियो । गोलकर्ता समीर नै खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ११ हजार रुपैयाँ हात पारे ।एपीएफले २०७८ सालमा भारतीय टोली पन्जाब पुलिस क्लबलाई १–० ले पराजित गर्दै विराट गोल्डकपको उपाधि जितेको थियो ।आजको खेल विभागीय टोली नेपाल पुलिस

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • १२३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल