All Posts By खेमचन्द्र अधिकारी

    Showing १,२२१-१,२३० of १,३५८ items.
  • आज केही स्थानमा वर्षा र हिमपात हुने, पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै

    इटहरी । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएको छ । कमजोर अवस्थामा रहेको सो वायुको र स्थानीय वायुको आंशिक प्रभावले आज देशका विभिन्न भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो हिमाली भेगमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका इलाकामा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।कोशी प्रदेशका पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्

    • प्रकाशित मितिः चैत २९, २०८२
    • १७६ पटक पढिएको
  • अब शेयर किन्न अफलाइन अर्डर पनि गर्न मिल्ने

    इटहरी ।  नेपाल धितोपत्र बोर्डले नियमित कारोबार समयपछि पनि शेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था गर्ने भएको छ । कारोबार समय सकिएपछि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म अर्डर राख्न मिल्ने बनाउन लागिएको हो । योसँगै धितोपत्र बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि खरिद बिक्री आदेश गर्न पाइने व्यवस्था हुने भएको हो । यसले विदेशमा रहेका नेपाली र कार्यालय समयमा शेयर कारोबार गर्न नपाउनेलाई सहज हुनेगरी यस्तो व्यवस्था गर्न लागिएको हो ।कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समय पछि पनि अर्डर गर्न सकिने व्यवस

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १३७ पटक पढिएको
  • १३ अङ्कले नेप्से घट्दा ९ अर्बको कारोबार

    इटहरी ।  आज नेपाली शेयर बजार मापक नेप्से परिसूचक १३.४६ अङ्कले घटेर २८३७.७७ अङ्कमा अडिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ रुपैयाँको शेयर किनबेच भएको छ ।जलविद्युत समूह र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहमा राताम्य भएको बजारमा जलविद्युत समूह ०.०८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशत बढेको छ । अन्य समूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ ।घटेको बजारमा ७ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट कम्पनी, रिज ल

    • प्रकाशित मितिः चैत २७, २०८२
    • ४०७ पटक पढिएको
  • उपसभामुखमा श्रम संस्कृतिकी रुबीकुमारी ठाकुर निर्वाचित

    इटहरी ।  आज भएको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उनलाई सत्तारुढ दल रास्वपाका साथै नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए ।निर्वाचनमा सहभागी २५६ सांसदमध्ये २२९ जनाले रुबीकुमारीलाई मतदान गरेका थिए ।२२ जना सांसद तटस्थ बसेका थिए ।२५ वर्षीया ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् विजयी सांसद हुन् ।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २५३ पटक पढिएको
  • उपसभामुख निर्वाचनमा राप्रपाकी सरस्वती लामाको पक्षमा खस्यो ५ मत

    इटहरी ।  प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन अहिले भइरहेको छ । सो पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबिकुमारी ठाकुर उम्मेद्वार छन् ।पहिलो चरणमा लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका थिए । प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन् ।उनको विपक्षमा २१५ मत खसेको छ भने ३७ जनाले मत जाहेर नगरी तटस्थता जनाएका थिए । नेकपा एमालेका सांसदले मत जाहेर नगरेका हुन् ।आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २०८ पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको पूर्ण पाठ

    इटहरी ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । यस्तो छ सम्बोधनको पूर्ण पाठःसम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनसम्माननीय सभामुखज्यू,राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरू,१. भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।२. सर्वप्रथम, म नेपाली जनताले पटक पटक गरेका ऐतिहासिक आन्दोलन, संघर्ष र पछिल्लो पटकको जेनजी आन्दोलनमा जीवन उत्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १७८ पटक पढिएको
  • सरकारी सञ्चार माध्यममा मात्रै सरकारी विज्ञापन दिने निर्णयमा मूकदर्शक बनेको पत्रकार महासंघ

     सरकारले हालै सरकारी कार्यालयका सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यम गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन र राससमा मात्रै छाप्ने निर्णय गर्याे । सो निर्णय हुनासाथ नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेर सो निर्णयको विरोध गर्दै आफ्नो औपचारिकता पूरा गर्याे ।त्यसपछि हालसम्म महासंघले न कुनै विज्ञप्ति जारी गरेको छ न त सरकारको कदमका विरुद्धमा आफ्ना कुनै विरोधका कार्यक्रम नै ल्याएको छ । यसले के देखाउँछ भने महासंघले केवल औपचारिकताका लागि मात्रै विज्ञप्ति निकालेर विरोध गरेजस्तो देखायो ।मारमा सरकारी कार्यालय पनित्यसो त सरकारी निर्णयको मारमा सरकारी कार्यालय पनि परेका छन् । स्थानीय तहले आफ्न

    • प्रकाशित मितिः चैत २७, २०८२
    • ३५३ पटक पढिएको
  • राष्ट्रपति पौडेल भन्छन्, ‘सरकारले कानुन कार्यान्वयनको सुनिश्चितता गर्नेमा विश्वस्त छु’

    इटहरी ।  राष्ट्रिय सभा र प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।‘पटकपटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो,’ राष्ट्रपति पौडेलले भने, ‘जनताको चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुनी निर्माण गर्नुपर्छ । निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १५५ पटक पढिएको
  • यो हप्तामा ६ दिन भयो शेयर कारोबार

    इटहरी । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत कम्पनीहरुको आज शुक्रबार पनि किनबेच भएको छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हप्तामा ५ दिनमात्रै शेयर कारोबार हुने गथ्र्याे । तर यो हप्ता आइतबारदेखि शुक्रबारसम्म ६ दिन शेयर किनबेच भएको छ ।सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यो हप्ता ६ दिन कारोबार हुन पुगेको हो । यसै साताको आइतबार अबेर सरकारले सो निर्णय गरेको थियो । सो दिन शेयर कारोबार भइसकेको र सार्वजनिक बिदासम्बन्धी नियम तुरुन्तै लागू भएको हुनाले हप्तामा ६ दिन शेयर कारोबार भएको हो ।अर्काे सातादेखि सोमबारदेखि शुक्रबारसम्म ५ दिनमात्रै शेयर कारोबार हुने भएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २०७ पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तार, गौरी यादव र रामजी यादव नयाँ मन्त्री

    इटहरी । सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवलाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई दिइएको छ ।उद्योगमन्त्री यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् । श्रममन्त्री यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।उनीहरुको आजै शपथ ग्रहण हुने बताइएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १८३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल