All Posts By खेमचन्द्र अधिकारी

    Showing १,२८१-१,२९० of १,३७९ items.
  • सकियो कोशी प्रदेशसभाको चालु आठौं अधिवेशन

    विराटनगरः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्नुभएको छ । कोशी प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८२ चैत २३ गतेको सिफारिशअनुसार अधिवेशन अन्त्य भएको विज्ञप्ति जारी गरिएको हो ।प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा चैत २३ गते सोमबार राति १२ बजेदेखि प्रदेशसभाको चाल आठौं अधिवेशन अन्त्य गरिएको जानकारी दिइएको छ ।प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १२४ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ११ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १४८ पटक पढिएको
  • इन्धन खर्च नियन्त्रणका लागि सरकारी इन्धन सुविधा कटौती गर्दै अर्थ मन्त्रालय

    काठमाडौंः अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आपूर्ति दबाब र राजस्व सङ्कलन अपेक्षाअनुसार नभएको अवस्थालाई मध्यनजर गर्दै इन्धन खर्च नियन्त्रण गर्दै सार्वजनिक खर्चमा कडाइ ल्याउने निर्णयस्वरूप अर्थ मन्त्रालयले सरकारी कर्मचारी र पदाधिकारीका लागि उपलब्ध इन्धन सुविधा घटाएको छ ।अर्थ मन्त्रालयका अनुसार आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अन्तर्गत ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को संशोधनलाई मन्त्री वाग्लेले सोमबार स्वीकृति दिएका हुन् ।यससँगै उच्च पदस्थ कर्मचारीको इन्धन सुविधा उल्लेख्य रूपमा घटाइएको छ । यसअघि मासिक १२५ लिटर पा

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १९८ पटक पढिएको
  • गोली प्रहार गरी रूपन्देहीबाट प्रहरीले नियन्त्रणमा लियो ३ जना लागूऔषध कारोबारी

    बुटवलः प्रहरीले गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति रोहिणी गाउँपालिका–४ स्थित कोटहवामा प्रहरीले गोली चलाएर तीन जनालाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको महाराजगञ्ंज, पर्सामालिक ग्राम विसुनपुरवा बस्ने १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय र नेपालको रोहिणी–२ खुरूहुरियाका विशाल यादव छन् । उनीहरूबाट प्रहरीले ३ हजार ३ सय एम्पुल लागूऔषध बरामद गरेको छ ।कोटहवामा लागूऔषध कारोबार हुन लागेको भन्ने सूचना पाएको प्रहरीले चेकप्वाइन्ट खडा गरी युपी ५६ एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकललाई रोक्न खोजेको थियो । सो मोटरसाइकल भाग्ने

    • प्रकाशित मितिः चैत २४, २०८२
    • ९९ पटक पढिएको
  • सम्हालिने प्रयासमा शेयर बजार, ८३ अङ्कले नेप्सेमा सुधार

    इटहरी । साताको दोस्रो कारोबार दिन हिजो शेयरबजार सम्हालिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.११ प्रतिशत अर्थात् ८३.३३ अङ्कले बढेर २ हजार ७६०.०२ बिन्दुमा अडिँदा बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ प्रतिशतले बढेर ४७१.९२ बिन्दुमा रोकिएको छ ।हिजो नेप्सेमा सूचीकृत ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर १ लाख २४ हजार ९३ पटक किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको शेयर कारोबार भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारका माग सम्बोधन गर्ने भनी अभिव्यक्ति दिएपछि बजार फर्किएको अनुमान गरिएको छ । अस्वभाविक रुपमा बजार घटेपछि ब्रोक

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १५१ पटक पढिएको
  • गोली चलाएर पिंगलास्थानबाट प्रहरीले पक्राउ गर्याे दुई भारतीय

    काठमाडौंः लागूऔषध कारोबारको आशङ्कामा काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रबाट दुुई भारतीय नागरिक पक्राउ परेका छन् ।लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागूऔषध कारोबारमा संलग्न रहेको आशङ्का गरिएको छ ।प्रहरीले उनीहरू सवार गाडी पनि नियन्त्रणमा लिइएको बताएको छ ।गोली हानेर नियन्त्रण गर्ने क्रममा पक्राउ परेका उनीहरुलाई सामान्य चोट समेत लागेको हुनाले उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।कारोबारीबाट अन्दाजी एक किलो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १६४ पटक पढिएको
  • ५ जिल्लाका २३ स्थानमा बर्डफ्लु पुष्टि हुँदा सुनसरीमा सबैभन्दा धेरै १२ स्थानमा

    इटहरीः चैत ६ गते एकै दिन मोरङको सुन्दरहरैंचा नगरपालिका र उर्लाबारी नगरपालिकामा देखा परेको बर्ड फ्लु हालसम्म देशका ५ जिल्लाका २३ स्थानमा पुष्टि भएको छ । मोरङका ७ स्थानमा पुष्टि भएको छ भने सबैभन्दा धेरै सुनसरी जिल्लाका १२ स्थानमा पुष्टि भएको छ । सुनसरीमा पुष्टि भएको स्थान देशभरको संक्रमण पुष्टि भएको स्थानको आधाभन्दा बढी हो । पशु सेवा विभागका अनुसार तीन सातामा देशका २३ ठाउँमा बर्डफ्लु देखिँदा आधाभन्दा बढी अर्थात् १२ ठाउँमा सुनसरीमा मात्रै पुष्टि भएको छ । चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । विभागका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा ७ स्थान, झापामा दुई स्थान, चितवनमा एक स्थान र काठमाडौँमा

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २२२ पटक पढिएको
  • सलकपुरमा विपद् प्रतिकार्य तालिम दिँदै सुन्दरहरैंचा नगरपालिका

    विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा ‘कम्युनिटी विपद् फस्ट रेस्पोन्डर’ सम्बन्धी ३ दिवसीय विपद् प्रतिकार्य तालिम सुन्दरहरैंचाको सलकपुरमा शुरु भएको छ ।सो तालिममा प्रत्येक वडाबाट २ जना रेडक्रस र स्काउट सहितको संयुक्त अभ्यास भइरहेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ८ भुल्के मन्दिर परिसरमा आयोजित तालिममा सहभागीलाई सशस्त्र प्रहरी बल लक्ष्मीमार्गका प्रहरी निरीक्षक रवि खकुराल र सशस्त्र प्रहरी नायब उपरीक्षक होमराज न्यौपानेले विपद्का विषयमा प्रशिक्षण दिनुभएको थियो ।विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १७१ पटक पढिएको
  • शेयर बजार घटेकोमा राष्ट्रिय सभामा सांसदले गराए ध्यानाकर्षण

    इटहरी । नयाँ सरकार गठन भएदेखि निरन्तर शेयर बजार ओरालो लागेपछि राष्ट्रिय सभाका सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले शेयर बजारबाट ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको हुनाले त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने उनको भनाइ थियो ।आज बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै रोकायाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    • प्रकाशित मितिः चैत २३, २०८२
    • २१९ पटक पढिएको
  • शेयर बजार सुधारका लागि अर्थमन्त्रीलाई स्टक ब्रोकर एसोसिएसनले बुझायो ६ बुँदे सुझावपत्र

    काठमाडौंः शेयर बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ६ बुँदे सुझावपत्र बुझाएको छ । एसोसिएसनका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर पूँजीबजारको विकास र विस्तारका लागि तत्काल चाल्नुपर्ने कदम उल्लेख गरी सुझावपत्र दिएका हुन् ।यस्ता छन् एसोसिएसनले अघि सारेका मागहरूः१. सुधार कार्यदलको सुझाव कार्यान्वयनः पूँजीबजार सुधारका लागि विभिन्न समयमा गठित कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरू तत्काल लागू गरिनुपर्ने ।२. बैंक तथा वित्तीय संस्थालाई सहज प्रवेशः बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजी बजारमा सहज

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १८९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल