All Posts By खेमचन्द्र अधिकारी

    Showing १२१-१३० of १,३३१ items.
  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन, राजकीय सम्मानका साथ गरियो अन्त्येष्टी

    इटहरी ।  नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ (ख्वबिलु) को ९१ वर्षको उमेरमा आइतबार राति आफ्नै निवास बुढानीकण्ठमा निधन भएको छ ।उहाँको शव श्रद्धाञ्जलीका लागि मंगलबार नेपाल भाषा मंकाः खलः मा राखिएको थियो । उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ ।वि.सं. १९९२ साउनमा जन्मनुभएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्या मन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो ।२०६० सालमा नेपाल भाषा परिषदद्वारा ‘जनकवि’ को उपाधि हासिल गर्नुभएका उहाँ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् हुनुहुन्थ्यो ।स

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १४६ पटक पढिएको
  • दुई घण्टामा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै भयो शेयर किनबेच

    विराटचोकः आज २ घण्टाको अवधिमा १ अर्ब ४३ करोड रुपैयाँको मात्रै शेयर किनबेच भएको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से सूचक १५ अंकसम्म तल झरे पनि अहिले भने केही सम्हालिएर ४ अंकले मात्रै नकारात्मक रहेको छ ।नेप्से सूचक २६१८ आसपास रहेर कारोबार भइरहेको बजारमा सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर किनबेच भएको छ । दोस्रोमा माउण्टेन इनर्जीको उच्च कारोबार भएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १३९ पटक पढिएको
  • २७०० रुपैयाँ घट्यो सुनको मूल्य, चाँदीको १६० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।आज चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ९२ पटक पढिएको
  • आज राष्ट्रिय सूचना दिवस

    इटहरी । आज नेपालमा राष्ट्रिय सूचना दिवस मनाइँदैछ । वि.सं. २०६४ भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन, २०६४ लागू भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।नागरिकलाई आफ्नो सूचनाको हकबारे जानकारी गराउने र सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने अधिकारप्रति सचेत बनाउने उद्देश्यले राष्ट्रिय सूचना दिवस मनाइन्छ ।नेपालको संविधान २०७२ को धारा २७ ले प्रत्येक नागरिकलाई सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । यसले नागरिकलाई सार्वजनिक सरोकार तथा सार्वजनिक निकायसँग सम्बन्धित सूचना माग्ने र प्राप्त गर्ने अधिकार प्रदान गरेको छ ।राष्ट्रिय सूचना आयोगको नेतृत्वमा हरेक वर्ष राष्ट्रिय सूचना दिवसका अवस

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८४ पटक पढिएको
  • २४ घण्टामा झापाको अर्जुनधारामा भारी वर्षा, ५ प्रदेशका पहाडी जिल्लाका केही स्थानमा आज भारी वर्षा हुने

    इटहरी । गत २४ घण्टामा झापाको अर्जुनधाराको सिस्नेमा सबैभन्दा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार त्यहाँ २४ घण्टामा १८४. ८ मिलिमिटर वर्षा भएको छ । सोही अवधिमा कास्कीको पोखरा र पञ्चमूलमा पनि १०० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो पनि साधारण

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ८२ पटक पढिएको
  • वाल्मीकिको पुनर्जन्मका रूपमा लिइने तुलसीदासको जन्मजयन्ती आज मनाइँदै

    इटहरी ।  संस्कृत भाषाका आदिकवि वाल्मीकिको पुनर्जन्मका रूपमा समेत लिइने कवि तुलसीदासको जन्मजयन्ती आज मनाइँदैछ ।उहाँले लेख्नुभएको हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनुयायीहरूले अर्चना गर्ने, गाउने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताउनुभएको थियो ।बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ ।तुलसीदास १२ महिना आमाको गर्भमा रहेका थिए र जन्मिँद १२ वटा दाँत सहित जन्मिएका थिए भनिन्छ । जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई ‘राम’ नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम रम्बोला दास रहन गएको थियो

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १४८ पटक पढिएको
  • आज विश्व फोटोग्राफी दिवस मनाइँदै

    इटहरी ।  आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।नेपालमा सन् २०१० बाट औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।संसारको सबैभन्दा पहिलो तस्बिरसंसारमा सबैभन्दा पहिलो तस्बिर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्पÞmोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्बिर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिय

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १२१ पटक पढिएको
  • २ वर्षमा ३ लाख जना चढे भेडेटारको स्काइवाक

    भेडेटारः २ वर्षअघिदेखि धनकुटास्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ मा ३ लाख जना चढेका छन् । वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले अवलोकन गरेका हुन्।सञ्चालकका अनुसार सो सङ्ख्यामा ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । स्काइवाकसँगै फ्री–फल जम्प र स्विङजस्ता साहसिक गतिविधि पनि सञ्चालनमा रहेका हुनाले आकर्षण बढिरहेको बताइन्छ ।स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको बताइएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ६७ पटक पढिएको
  • इटहरीका दुई खाद्य उद्योगमा अनुगमन गरी छापा, कैफियत भेटिएपछि गरियो सिल

    इटहरीः अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उत्पादन, भण्डारण र बिक्रीलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा दुई उद्योगमा कैफियत भेटिएपछि उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ ।इटहरी उपमहानगरपालिका बजार अनुगमन शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको संयुक्त टोलीले मङ्गलबार इटहरीका विभिन्न उद्योग, कारखाना तथा पसलमा अनुगमन गर्ने क्रममा ती उद्योगमा त्रुटि भेटिएको जनाइएको छ ।इटहरी–९ मा रहेको खनाल फुड्स प्रोडक्समा नमकिन र फिंगर चिप्स उत्पादनको अनुमति लिएर चिजबल, पोटेटो क्रेकरलगायतका वस्तु अनुमतिविपरीत उत्पादन तथा बिक्री भइरहेको पाइएको थियो । सो उद्योगमा पिठो मुछ्ने मेसिनमा खिया

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १५० पटक पढिएको
  • सुनसरी र सिरहा घटनामा गोली हान्नेलाई कारबाही सिफारिश गर्याे छानबिन समितिले

    काठमाडौंः साउन महिनामा सुनसरी र सिरहामा भएका छुट्टाछुट्टै घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाको ज्यान गएको निष्कर्ष प्रतिवेदनको छ ।१० साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट शुरु भएको विवाद अन्य जिल्लरूमा फैलिँदा बाहिरी घुसपैठ भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने किसिमका भ्रमहरू फैलिएका थिए । तर, दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जम

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १२१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल