काठमाडौंः शेयर बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ६ बुँदे सुझावपत्र बुझाएको छ । एसोसिएसनका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर पूँजीबजारको विकास र विस्तारका लागि तत्काल चाल्नुपर्ने कदम उल्लेख गरी सुझावपत्र दिएका हुन् ।यस्ता छन् एसोसिएसनले अघि सारेका मागहरूः१. सुधार कार्यदलको सुझाव कार्यान्वयनः पूँजीबजार सुधारका लागि विभिन्न समयमा गठित कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरू तत्काल लागू गरिनुपर्ने ।२. बैंक तथा वित्तीय संस्थालाई सहज प्रवेशः बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजी बजारमा सहज
इटहरी । नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूसँग आज भएको भेटवार्तामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजारको हितमा सरकारले काम गर्ने बताएका छन् । अर्थमन्त्री डा. वाग्लेले सरकारले शेयर बजारलाई अनावश्यक रुपमा नचलाउने बताएका हुन् ।एसोसिएसनका प्रतिनिधिसँग पूँजी बजारको वर्तमान अवस्था र सुधारका उपायहरूका बारेमा भएको छलफलमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानबाट शेयर लगानीकर्ताहरु नडराउन अर्थमन्त्रीले आग्रह थिए । नेपाल हाल अन्तर्राष्ट्रिय संस्था ‘फाइनान्सियल एक्सन टास्क फोर्स’को ग्रे लिस्टमा रहेको हुनाले ग्रे लिस्टबाट निकाल्न पनि सरकारले गैरकानुनी कारोबार गर्नेलाई नियन्त्रणमा लिएर अनुसन्धा
इटहरी । आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य ५० रुपैयाँ प्रति तोला घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९१ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
विराटचोकः रास्वपाले सत्ता सम्हालेदेखि पूँजी बजारले ओरालो गति लिएको छ । ‘पूँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाइने छ, भनी आफ्नो वाचापत्रको ३३ आँै बुँदामा समावेश गरेको रास्वपाको सरकार आएपछि शेयरबजार बढ्नेमा लगानीकर्ता आशावादी थिए ।तर, लगानीकर्ताको अपेक्षा र अनुमानविपरीत सरकार गठनपछि शेयर बजार नराम्ररी ओरालो लाग्यो । बीचमा दुई दिन केही सम्हालिए पनि लगातार बजार घटिरहने क्रममा हिजो त झन् १०५ अङ्कभन्दा बढी नेप्से सूचक झरेपछि एक सातामा शेयर बजारले डबल सेन्चुरी (२०० अङ्क) भन्दा बढीले ओरालो यात्रा तय गरेको छ । रास्वपाको वाचापत्रमा लगानीकर्ताले विश्वास गरेर मतदान गरे पनि त्यस अनुरूप लगा
इटहरी । सरकारले २८ खर्ब विदेशी ऋण स्वीकार गर्ने निर्णय गरेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले त्यसको विरोध गरेका छन् । मन्त्रिपरिषद् बैठकलाई कोठे बैठकको संज्ञा दिँदै सरकारले पुरानै सरकारको जस्तै गरी निर्णय गरेको बताएका हुन्आइतबार बसेको मन्त्रिषरिषद्को बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर (२८ खर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेपछि अध्यक्ष राईले सो निर्णयको विरोध गरेका हुन् ।सरकारले विदेशी ऋण लिएर डिजिटल कुरामा लगानी गर्नुभन्दा नागरिकका आधारभूत कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । देशको विकासका लागि सबैभन्दा
विराटनगरः हिजो भएको निर्वाचनमार्फत् नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशमा राजेन्द्र राउतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । दोस्रो कार्यकालका लागि राउत निर्वाचित हुँदा उनले प्रतिष्पर्धी नवीन रिजालको समूहलाई निकै पछि पारेका हुन् ।राउतले १४२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीन रिजालले ५८ मत ल्याए । राउतले एशोसिएटतर्फ १०७ मत ल्याउँदा रिजालले ३९ मत, जिल्ला नगरतर्फ राउतले २४ र रिजालले १३ मत तथा वस्तुगत तर्फ राउतले ११ र रिजालले ६ मत ल्याएका थिए ।निर्वाचनमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषिराज तिम्सिना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनग
इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।जसका कारण सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाक
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ १५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३५ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ
इटहरी । यसै सातादेखि शेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) शुक्रबार नियमित कारोबार खुलाउने भएको हो ।यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो ।हाल शुक्रबार र शनिबार शेयर बजार बन्द हुने गथ्र्याे ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्ने उद्देश्यले आइतबार सबै सरकारी कार्यालयमा बन्द गर्ने निर्णय गरेको थियो ।
इटहरी । हिजो बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने दिने निर्णय गरी सोसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै नेपाल राष्ट्र बैंकले पनि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै बैंक बिदा तथा कार्यालय समयका विषयमा नयाँ व्यवस्था गरेको छ ।राष्ट्र बैंकले आफू मातहतका सम्पूर्ण विभाग, महाशाखा, कार्यालय तथा इकाईहरुमा आजदेखि नै लागू हुने गरी कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरेको छ ।कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय चाहिँ बिहान ९ बजेदेखि अपराहन्