All Posts By खेमचन्द्र अधिकारी

    Showing १,३०१-१,३१० of १,३८० items.
  • एकै दिन १०५ अङ्क घट्यो नेप्से

    इटहरी ।  आज पनि शेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आज एकै दिन शेयर बजार परिसूचक मापक नेप्से १०५.५० अङ्क अर्थात् ३.७९ प्रतिशतले घटेको हो ।७ कम्पनीको मूल्य बढ्दा ६ वटाको बढ्यो १० प्रतिशतबजार घट्दा सबै कम्पनीको शेयरमूल्य घटेको छ । तर हालै दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएका ६ वाट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । युनियन हाइड्रोपावरको शेयरमूल्य ०.२० प्रतिशत बढेको छ । बाँकी सबै कम्पनीको शेयरमूल्य घटेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर लिमिटेड, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रोको शेयरमूल्य १० प्रतिशत बढेको छ ।नारायण

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २४६ पटक पढिएको
  • अब शनिबार र आइतबार सार्वजनिक बिदा

    काठमाडौंः पेट्रोलियम पदार्थको आपूर्तिमा भएको असहजतालाई कम गर्न सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सरकारी कार्यालय र शैक्षिक संस्थामा अब शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।दुई दिन बिदासँगै शैक्षिक संस्थाबाहेक अन्य कार्यालयको कार्यालय समय अबदेखि बिहान ९ देखि ५ बजे कायम हुने भएको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १३६ पटक पढिएको
  • सुनचाँदीको मूल्य स्थिर

    इटहरी । आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ आज प्रतितोला ४ हजार ८३० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १४८ पटक पढिएको
  • साढे ४ महिनापछि आजदेखि मतदाता नामावली सङ्कलन शुरु

    इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर ४ गतेदेखि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य निर्वाचन आयोगले आजदेखि पुनः शुरु भएको छ ।राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइन प्रणालीबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । नामावलीमा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने र विवरण अद्यावधिक गर्न अनलाइन आवेदन गर्न सकिने आयोगले बताएको छ ।आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम शुरु गर्ने निर्णय गरेको हो ।राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत् अनलाइन फारम भर्नुपर्ने र आफ्नो फोटो तथा औंठाछापसहि

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २०३ पटक पढिएको
  • विपद् पूर्वतयारीमा जुट्यो सुन्दरहरैंचा नगरपालिका

    विराटचोकः सुन्दरहरैंचा नगरपालिका अन्तर्गतको विपद व्यवस्थापन समितिको महत्वपूर्ण बैठक सम्पन्न भएको छ । बैठकले आगामी मनसुनलाई लक्षित गर्दै पूर्वतयारीका लागि आवश्यक सामग्री व्यवस्थापन तथा खरिद गर्ने निर्णय गरेको बताइएको छ ।सो बैठकमा नगरस्तरमा विपद जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले नगर विपद जोखिम न्यूनीकरण रणनीतिक योजना लोकार्पण गरिएको छ । सो योजनाअनुसार कार्यान्वयन हुने गरी विस्तृत कार्ययोजना समेत निर्माण गरिएको जानकारी दिइएको छ ।सुन्दरहरैंचा नगरपालिका अब विपद व्यवस्थापन सम्बन्धी कानुनी रुपमा समेत सुदृढ बनेको उल्लेख गरिएको छ । समितिले अबको प्राथमिकता समुदाय स्तरमै विपद न्यूनीकरण

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १७१ पटक पढिएको
  • खुल्यो आजदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर बिक्री

    इटहरी ।  आजदेखि बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद बिक्री शुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।गत माघ २९ गतेसम्म कायम भएका शेयरधनीहरूले मात्रै सो हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । बैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १५५ पटक पढिएको
  • कालिञ्चोक हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बेच्ने

    इटहरी ।  कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आज चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँडसमेत भइसकेको छ ।बाँकी कित्तामध्ये ४१ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो

    • प्रकाशित मितिः चैत २२, २०८२
    • ३०३ पटक पढिएको
  • ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछः गृहमन्त्री गुरुङ

    काठमाडौंः गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म प्रहरीलाई काम गर्न नै नदिएर हतकडी लगाइएको रहेछ भन्ने भाव भएको स्टाटस सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।आज बिहान पोस्ट गरिएको सो पोस्टमा लेखिएको छ, ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’गृहमन्त्रीको निर्देशनमा प्रहरीले ठूला भ्रष्टाचारका फाइल खोलिरहेको छ । गृहमन्त्री बनेकै रात गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गराएका थिए । भ्रष्टाचार प्रकरणमा राजनीतिक तथा व्यापारिक साम्राज्य चलाएकाहरू पनि धमाधम पक्राउ पर्न थालेका छन् ।सोही सन्दर्भमा गृहमन्त्रीको पछिल्लो भनाइ आएको अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १७६ पटक पढिएको
  • दुवै सदनको बैठक आज बस्दै

    काठमाडौंः आज संघीय संसद्को दुवै सदनको बैठक बस्ने भएको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ ।आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेश हुनेछ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न सवा १२ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन् । सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १८४ पटक पढिएको
  • विराट भेट्रान गोल्डकपको उद्घाटन खेलमा मिल्स भेट्रान विजयी

    विराटचोकः हिजोदेखि मोरङको सुन्दरहरैँचा नगरपालिकामा शुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको उद्घाटन खेलमा मिल्स भेट्रान विराटनगर विजयी भएको छ ।खेलको पहिलो हाफमा भरौल भेट्रान सुनसरीसँग १–१ गोलको बराबरी खेल खेलेको मिल्स भेट्रान्सले दोस्रो हाफमा थप ३ गोल गरेको हो । मिल्स भेट्रान विराटनगरले भरौल भेट्रान सुनसरीलाई ४–१ गोल अन्तरले पराजित गरेसँगै मिल्स भेट्रानका तेजमान लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेका थिए ।सुन्दरहरैंचा–१० स्थित सुकुना खेलमैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सुन्दरहरैं

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १८८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल