All Posts By खेमचन्द्र अधिकारी

    Showing १,३३१-१,३४० of १,३८० items.
  • नयाँ संसदको पहिलो बैठकमा पहिलो सम्बोधन गर्दै रवि लामिछानेले भने, ‘हामीलाई झक्झक्याइरहनुहोस्’

    इटहरी ।  फागुन २१ गते सम्पन्न निर्वाचनपछि बसेको पहिलो बैठकमा पहिलो सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाले प्रतिपक्षीको आवाज कमजोर नबनाउने र रास्वपाले गल्ती गरेमा झक्झक्याइदिन अनुरोध गरेका छन् ।संसदमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले संसदको सबैभन्दा ठूलो दल रास्वपाका सभापति रवि लामिछानेलाई बोल्नका लागि २५ मिनेटको समय दिएका थिए । सो क्रममा बोल्दै लामिछानेले प्रतिपक्षीको आवाज कमजोर बनाउँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने हामीले अस्ति भर्खरै देखेको हुनाले त्यस्तो गल्ती नगरिने बताए ।प्रतिपक्षीलाई समेत साथमा लिएर अघि जाने भन

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २१६ पटक पढिएको
  • ओली र लेखकलाई पक्राउ गरिएकोमा प्रतिनिधिसभा बैठक शुरु भएलगत्तै एमालेले जनायो आपत्ति

    इटहरी ।  आज शुरु भएको प्रतिनिधि सभाको पहिलो बैठक शुरु हुनासाथ नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई अविलम्ब रिहाइ गर्न माग गरेको छ ।एमालेका सांसद गुरु बरालले फौजदारी कार्यविधिको गलत प्रयोग गरेर ओली र लेखकलाई पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् ।पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र १८२ अनुसार गलत ढङ्गले प्रयोग गरिएकोमा गम्भीर आपत्ति रहेको उनले बताए ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २१० पटक पढिएको
  • ४ घण्टा अघि साइकल चढेर हिँड्न सुझाएका सिन्धुलीका रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर पुगे संसद भवन

    इटहरी । सिन्धुली क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् । २१ फागुनको निर्वाचनपछि पहिलो प्रतिनिधिसभा बैठकको लागि गजुरेल साइकलमा सिंहदबार पुगेका हुन् ।सडक सुरक्षा र हरित ऊर्जाका पक्षपाती रहेका गजुरेलले आज बिहान १० बजे आसपास सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए ।यस्तो छ उनले लेखेको स्टाटसः१ सम्भब भए सम्म हिडौ२ साइकल भए, प्रयोग गरौ३ सार्बजनिक यातयात प्रयोग गरौ४ बिधुतिय उर्जा को प्रयोग प्राथमिकतामा राखौपेट्रोल\डिजेल को प्रयोग कम गरौ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १६८ पटक पढिएको
  • निर्माण व्यवसायी महासंघको महाधिवेशनः लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा सहदेव खड्का निर्विरोध निर्वाचित

    काठमाडौंः नेपाल निर्माण व्यवसायी महासंघको जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भएका छन् ।सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे प्यानलका हुन् ।हिजो उम्मेद्वारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेद्वारी परेको थियो ।निर्माण व्यवसायीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको प्रत्याभूति र व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो मुख्य एजेण्डा बनाएर खड्का चुनावको तयारीमा जुटेका थिए ।महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा कालिका कन्स्ट्रक्सनका निर

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८५ पटक पढिएको
  • नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा आज विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने

    काठमाडौंः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सांसदहरुको पहिलो बैठक आज शुरु हुँदैछ । बैठकमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको बताइएको छ ।आज रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने जनाइएको छ ।आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्ने बताइएको छ ।बैठकको अन्त्यमा सभामुखले

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १८७ पटक पढिएको
  • शेयर बजारमा तीव्र उतारचढाव, लगानीकर्ता अन्योलमा, १ घण्टामा ३ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच

    इटहरी ।  लगातार घटिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कले घट्ने र फेरि उच्च अङ्कले बढ्ने क्रम चलिरहेको छ । नेप्सेको गति अनुमान गर्न नसक्दा शेयर लगानीकर्ता शेयर किन्ने कि बेच्ने भन्ने अन्योलमा परेको देखिन्छ ।आज बजार खुलेदेखि नै रातो भएको थियो । ११ बजे रातो मुख लगाएर खुलेको बजार ११ बजेर १५ मिनेट जाँदा सबभन्दा तल २७४१ बिन्दुसम्म ओर्लिएको थियो । जुन बिन्दु हिजो बजार बन्द हुँदाको बिन्दु भन्दा ३५ अङ्क तल हो ।त्यसपछि बिस्तारै हरियाली छाएको बजार साढे ११ बजेर २७८८ अङ्कसम्म उक्लिएको थियो । जुन हिजो बजार बन्द हुँदाको अङ्कभन्दा १३ अङ्क बढी थियो ।त्यसपछि फेरि बजारमा बिक्री चाप बढ्दा ११ बजेर ४० मिने

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २५६ पटक पढिएको
  • नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा आज तीन अध्यादेश पेश हुने

    काठमाडौंः २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे शुरु हुने भएको छ ।बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ र एक स्वतन्त्र सांसद रहेका छन् ।बैठकमा तीन अध्यादेश पेश हुनेआजको बैठकमा ती

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १७७ पटक पढिएको
  • ३६०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको १६५ रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा १६५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँ तोकिएको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २०६ पटक पढिएको
  • आज निर्माण व्यवसायी महासंघको निर्वाचन हुँदै, प्यानलसहित प्रतिष्पर्धा गर्दै पाण्डे र लामा

    काठमाडौंः प्रज्ञा भवन कमलादीमा नेपाल निर्माण व्यवसायी महासंघको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।महाधिवेशनमा अध्यक्ष पदमा कालिका कन्स्ट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेद्वारी दर्ता भएको छ ।पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेद्वारी दिएका छन् ।प्रमोद लामिछानेले स्वतन

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १९७ पटक पढिएको
  • आज विश्व अटिजम सचेतना दिवस

    इटहरी । आज विश्व अटिजम सचेतना दिवस हो । अटिजम मस्तिष्क विकाससँग सम्बन्धित अवस्था हो ।विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ ।अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।राष्ट्रसंघले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रहरूसँग अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • २३८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल