काठमाडौंः सौर्यमण्डल बाहिर पनि पृथ्वीजस्तो चट्टानी ग्रह वरपरको वातावरण अनुसन्धानकर्ताहरुले पहिलो पटक पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार यो खोजले सौर्यमण्डल बाहिर पनि पृथ्वीजस्तै वातावरणीय अवस्था भएका ग्रह हुन सक्ने सम्भावनालाई अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण दिएको छ ।यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ । हिलियम आफैँमा जीवनका लागि उपयुक्त मानिँदैन । तर, वैज्ञानिकहरुको विश्वास छ कि त्यहाँ अन्य ग्यासहरु पनि हुन सक्छन् । अध्ययनका प्रमुख लेखक हार्वर्ड विश्वविद्यालयका डा.कोलिन चेरुबिमले यो खोजलाई ठूलो उपलब्धि भनेका छन् ।एलएचएस ११४० बी नाम दिइएको यो ग्रह पृथ्वीबाट ४८ प्रकाश व
इटहरी । अप्पर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लक इन अवधि आज साउन २८ गतेदेखि सकिने भएको छ ।सो कम्पनीको कुल शेयर सङ्ख्यामा संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २६ लाख कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टयाइएको २ लाख ६ हजार ७६० कित्ता र कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको ३९ हजार ७६५ कित्ता शेयर रहेको छ ।सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।
उर्लाबारीः उर्लाबारी –४ स्थित रामेश्वर शिव मन्दिरको ३९ औँसाधारण सभाबाट दुर्गाराम कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित हुुनुभएको छ ।सभाले मन्दिरको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत छलफल गरेको जनाएको छ । नवनिर्वाचित अध्यक्ष कार्कीले मन्दिरको संरक्षण, धार्मिक गतिविधिको प्रवद्र्धन तथा भक्तजनका लागि आवश्यक सेवा–सुविधा विस्तारमा आफूले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।साधारण सभाले नयाँ नेतृत्व चयनसँगै मन्दिरको आगामी कार्ययोजनालाई समेत अघि बढाउने निर्णय गरेको जनाइएको छ । साधारणसभामा नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यत
लेटाङः लेटाङ नगरपालिका–७, वारांगीमा भएको आगलागीबाट घर तथा पसल गुमाएका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी लेटाङले राहत सामग्री हस्तान्तरण गरेको छ ।आगलागीबाट पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै रेडक्रसका सल्लाहकार समेत रहेका पूर्वमन्त्री डिगबहादुर लिम्बूसहितको टोली घटनास्थल पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । टोलीमा नेपाल रेडक्रस सोसाइटी लेटाङ नगर सभापति प्रशान्त निरौला, भोगटेनी उपशाखा सभापति बालकुमार लिम्बू तथा समाजसेवी इन्दू चौधरीलगायतको सहभागिता रहेको थियो ।रेडक्रसले पीडित परिवारका लागि दाल, चामल, थाल, कचौरा, म्याटलगायतका आवश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।राहत हस्तान्तरण
इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गोठगाउँः अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टी सुन्दरहरैंचाले आज सुन्दरहरैंचा–७ गोठगाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गरेको रास्वपा सुन्दरहरैंचा नगर समिति सभापति टेकमणि न्यौपाने (विवेक) ले जानकारी दिनुभयो ।अस्पतालमा रगतको अभाव रहेको अवस्थालाई बुझेर रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
इटहरी । नेपाली भाषा, कला र साहित्यको सर्वाेच्च संस्थाको रूपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले अशुद्ध हिज्जेयुक्त शब्द राखेर आफ्नो आधिकारिक फेसबुक पेजमा नवनियुक्त पदाधिकारीको पदस्थापनसम्बन्धी जानकारी दिएको छ ।नवनिर्वाचित पदाधिकारीलाई कुलपति कुमार नगरकोटीले पदस्थापन गराउनुभएको विषय समेटेर फेसबुक पेजमा राखिएको स्टाटसमा कुलपतिको नाम नै गल्ती (कुमार नगरको) लेखिएको छ । त्यस्तै, प्रतिष्ठानको कार्यालय रहेको स्थान कमलादी पनि अशुद्ध (कमलादि) लेखिएको छ ।विभक्ति शब्द लाई पनि गल्ती (लाइ), हरू शब्दको सट्टा (हरु) लेखिएको थियो । धरोहरलाई (धरोहोर), सभा सदस्य (समभा सदस्य), नेपाली (नेपाल) लेखिएको थियो ।भाष
पथरीशनिश्चरेः मोरङको पथरीशनिश्चरे नगरपालिकामा लुकाएर राखिएका १९ वटा भरिएका ग्यास सिलिन्डर बजार अनुगमन समितिले बरामद गरेको छ ।पथरीशनिश्चरे–१ रत्नचोकस्थित कोशी ग्यास डिलरको बिक्रेता भुल्केदेवी ट्रेड एण्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ती सिलिन्डर बरामद गरिएको हो । बजारमा ग्यासको कालोबजारी तथा कृत्रिम अभाव भइरहेको सूचना आएपछि नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको थियो ।नगर उपप्रमुख एवं बजार अनुगमन समितिकी संयोजक देवीमाया काफ्ले र अनुगमन निरीक्षक एकराज खत्रीको उपस्थितिमा सिलिन्डर बरामद गरिएको हो । समितिले सञ्चालकलाई एक पटकका लागि माफी दिँदै बरामद ग्यास पसलमा ल्याएर उपभोक्ताल
इटहरी । २०८३ भदौ ४ गते र २०८४ भदौ २३ गते अनिवार्य अवकाशमा जान लागेका बहालवाला दुई सचिवले दिएको राजीनामा सरकारले स्वीकृत गरेको छ ।मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो । मन्त्रिपरिषदले राजीनामा स्वीकृत गरेसँगै सचिवहरूले राजीनामा गरेको विवरण सार्वजनिक भएको हो ।पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुनुभएको थियो । बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।अधिकारीको सेवानिवृत्त हुने समय यही भदौ ४ गते थियो । सचिव पोखरेल भने २०८४ भदौ २३ गते अनिवार्य अवकाश हुने कर्मचारी थ
लेटाङ । मालपोत तथा नापी सेवा सञ्चालन अनुमतिका लागि पत्राचार गरेको ३ महिना बितिसक्दा समेत कुनै जवाफ नआएपछि मोरङको लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले मन्त्रालयमै पुगेर पहल थाल्नुभएको छ ।नगरपालिकाले स्थानीय स्तरबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउन २०८३ वैशाख १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अनुमति माग्दै पत्राचार गरेको थियो । लामो समयसम्म कुनै प्रगति नभएपछि नगर प्रमुख लावतीले मन्त्रालय पुगेर प्रवक्ता तथा सहसचिव गणेशप्रसाद भट्टसँग प्रत्यक्ष भेटघाट गरी प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गर्नुभएको हो ।भेटमा नगर प्रमुख लावतीले सर्वसाधारणले भूमि प्रशासन सम्बन्धी सामान