लेटाङ । मालपोत तथा नापी सेवा सञ्चालन अनुमतिका लागि पत्राचार गरेको ३ महिना बितिसक्दा समेत कुनै जवाफ नआएपछि मोरङको लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले मन्त्रालयमै पुगेर पहल थाल्नुभएको छ ।नगरपालिकाले स्थानीय स्तरबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउन २०८३ वैशाख १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अनुमति माग्दै पत्राचार गरेको थियो । लामो समयसम्म कुनै प्रगति नभएपछि नगर प्रमुख लावतीले मन्त्रालय पुगेर प्रवक्ता तथा सहसचिव गणेशप्रसाद भट्टसँग प्रत्यक्ष भेटघाट गरी प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गर्नुभएको हो ।भेटमा नगर प्रमुख लावतीले सर्वसाधारणले भूमि प्रशासन सम्बन्धी सामान
इटहरी । आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ ।सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्ट १२ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवाकेन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ ।साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवर्द्धन गर्न सहयोग गर्ने, युवाकेन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था र निकायहरूबीच सहकार्य र साझेदारी अभ
लेटाङः लेटाङ नगरपालिकामा लामो समयदेखि अलपत्र परेको ढल व्यवस्थापन तथा सञ्चालनको कामलाई तत्काल अगाडि बढाउन माग गर्दै लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशकसँग भेटवार्ता गर्नुभएको छ ।लामो समयअघि निर्माण थालिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको लेटाङको ढल व्यवस्थापन योजनालाई सञ्चालनमा ल्याउन नगरपालिकाको तर्फबाट विभागमा उच्चस्तरीय पहल गरिएको हो । भेटका अवसरमा विभागका महानिर्देशक कमलराज श्रेष्ठले योजनाको अवस्थाबारे गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताउँदै आगामी भदौको पहिलो साता लेटाङमै पुगेर स्थलगत अवलोकन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नगरप
विराटनगरः एलपी ग्यासको वितरण प्रणालीमा अनियमितता र उपभोक्ता हितविपरीतका गतिविधि भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन गरी कारबाही गर्न थालेको छ ।उपभोक्ताको गुनासोपछि प्रशासनले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि ग्यास व्यवसायी तथा उद्योगमाथि कारबाही गरेको छ ।गत शनिबार बुढीगंगा गाउँपालिका–४ स्थित कोशी ग्यास उद्योग प्रालिमा गरिएको अनुगमनका क्रममा अत्यावश्यक सेवाअन्तर्गत रहेको ग्यास उद्योग सञ्चालनमा नरहेको पाइएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा उद्योग परिसरमा रहेका रिफिल गरिएका १४३ वटा सिलिण्डरमध्ये ६४ वटाको तौल परीक्षण गरिएको थियो । परीक्षण गर्दा एउटा सिलिण्डरमा १३.७४५ किलोग्र
लेटाङः लेटाङ नगरपालिका–७, वारंगीस्थित ‘होटल चेल्सिया एण्ड ट्रेडर्स’ मा आइतबार भएको आगलागीबाट भएको क्षतिको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले सोमबार स्थलगत निरीक्षण गर्नुभएको छ ।नगर उपप्रमुख निरौलाको नेतृत्वमा वडाध्यक्षहरू सम्मिलित टोलीले वारांगी पुगेर निरीक्षण गरेको हो । नगर प्रमुख भुपेन्द्रकुमार लावती काठमाडौँमा रहेकाले उहाँको अनुपस्थितिमा उपप्रमुख निरौलाले आगलागीबाट पीडित परिवारलाई भेटी तत्कालका लागि आवश्यक राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करीब ७ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाइएको छ । अकल्पनीय विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै उपप्रमुख निरौल
इटहरी । स्पेनको उत्तरी बुर्गोस प्रान्तस्थित सानो गाउँ अवेलेनोसा डे मुन्यो वर्षभरि प्रायः सुनसान रहन्छ । यहाँ अहिले मुस्किलले १० जना मात्रै स्थायी रूपमा बसोबास गर्छन् । गाउँमा न त नियमित खुल्ने भोजनालय छ, न त पर्यटकको चहलपहल । एउटा मदिरालय छ, जुन कहिल्यै खुल्दैन । एउटा मदिरा भण्डारण केन्द्र छ, जुन सञ्चालनमा छैन ।गाउँको शान्त वातावरणमा लेभेन्डरका बोट वरिपरि गुन्जिने मौरीको आवाज, ढुंगाका छानामाथि उड्ने चराहरूको चिरबिराहट र कहिलेकाहीँ गुड्ने ट्याक्टरको आवाज नै जीवनको संकेत बन्छ । हप्तामा एकपटक आउने बेकरीको गाडीले केही स्थानीय बासिन्दालाई रोटी पुर्याउँदा मात्रै गाउँको निस्तब्धता केहीबेरका लागि
इटहरी । आज नेपाली बजारमा सुनको भाउ तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ तोकिएको छ ।
इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा उपचारका क्रममा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ ।गृहमन्त्री सुधन गुरुङ र मृतक मेहताका अभिभावकबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको हो । सो घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।घटनासँग जोडिएको देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा समेत आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको छ । सरकारले मृतक मेहताका परिवारका एक जना योग्
इटहरी । साताको पहिलो कारोबार दिन हिजो शेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.०४ अंकले घटेर २ हजार ६४१.०५ बिन्दुमा अडिएसँगै नेप्से लगातार तेस्रो दिन घटेको हो ।नेप्सेमा सूचीकृत ३५२ वटा स्टकको ५३ हजार २५४ पटक १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका ४ उपसमूहमा मात्रै हरियाली छाएको बजारमा लघुवित्त समूह सर्वाधिक अर्थात ०.१९ प्रतिशतले बढेको थियो । व्यापार समूह सर्वाधिक अर्थात ०.८६ प्रतिशतले घटेको थियो ।घटेको बजारमा सोलु हाईड्रो पावरको सर्व
इटहरीः एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २३ औँ स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाको शाखा हो ।इटहरी शाखामार्फत् सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गरिँदै आएको शाखाले जनाएको छ । स्थापना दिवसका अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयहरू जुममार्फत् एकै समयमा जोडिएर विशेष कार्यक्रम सम्पन्न गरेका थिए ।इटहरी शाखामार्फत् हालसम्म ५ सयभन्दा बढी विद्यार्थीला