गछियाः नेपाली कांग्रेस सुन्दरहरैंचा नगरपालिका वडा नं. ३ को आयोजनामा गछिया बजारमा मंगलबार रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २३ पिन्ट रगत सङ्कलन भएको वडा सभापति जीवनप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।नेपाल रेडक्रस सोसाइटी धरानमा रगतको अभाव देखिएकाले बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । नेपाली कांग्रेसका नेता किशोर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापति होमनाथ पोखरेलले नगरका हरेक वड
विराटनगर । विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६ औँ राष्ट्रिय आइटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।आर्मीले १७ स्वर्णसहित कुल २८ पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको हो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार आर्मीले १७ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो ।त्यस्तै, सशस्त्र प्रहरी बलले १० स्वर्ण, १० रजत र ६ कास्यसहित २६ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ ।लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ८ कास्यसहित १९ पदक जितेर तेस्रो स्थान हासिल गरेको छ ।बागमती प्रदेश २ स्वर्ण, ६ रजत र १० कास्यसहित १८ पदक प्राप्त गर्दै चौथो भएको
इटहरी । सुनसरीको इटहरी–१, आँपगाछीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभाबाट यादप ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा नगेन्द्रजंग थापा ६८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँले ४९८ मत प्राप्त गर्नुभयो ।खुला सदस्यतर्फ विज्ञान ढुंगाना ८४६ मतसहित सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।अन्य निर्वाचित सदस्यमा विनोदप्रसाद गुरागाईं, लोचन पौडेल, गोविन्दबहादुर बस्नेत, राजेन्द्र अधिकारी र धनबहादुर कटुवाल रहनुभएको छ ।महिला सदस्यमा पदमदेवी बस्नेत, दुर्गा
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।पछिल्लो मत परिणाम अनुसार महर्जन १ हजार ९३५ मत प्राप्त गरी पहिलो स्थानमा छन् । त्यसैगरी निष्कल राई १ हजार ८५८ मतका साथ दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतका साथ तेस्रो स्थानमा छन्।कांग्रेसमा खुला केन्द्रीय सदस्य ४५ जना चुनिने व्यवस्था छ । जसका लागि प्रतिस्पर्धामा ८९ जना उम्मेदवार छन् ।४५ औं स्थानसम्म रहेका उम्मेदवारहरूले हाल प्राप्त गरेको मत :चिरीबाबु महर्जन – १९३५निष्कल राई – १८५८प्रा.डा. गोविन्दराज पोखरेल – १६८६इन्द्रबहादुर बानियाँ – १६४६जितना
गछियाः सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुरमा खेलकुद विकास, युवा सहभागिता, सामाजिक एकता प्रवद्र्धन तथा दिवङ्गत प्रदीप राईको स्मृतिलाई सम्मान गर्ने उद्देश्यले प्रकाशपुर युवा जमातद्वारा आयोजित प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८३ मा गछिया युवा समाज फाइनलमा पुगेको छ ।निर्धारित समयको अन्तिम चरणसम्म कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा गछिया युवा समाजले फेयर फुटबल क्लब धरानलाई ५–४ गोलले पराजित गरेको हो ।खेलमा गछिया युवा समाजका गोलरक्षक प्रमिजय गच्छदार म्यान अफ द म्याच घोषित हुँदै पुरस्कारस्वरूप नगद रु. २,५०० सहित ट्रफ
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा १५० रनमै समेटियो ।ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । नेपालका सन्दीप लामिछाने र नन्दन यादवले तीन–तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले दुई विकेट झारे ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । रोहित पौडेलले ६१ र अर्जुन कुमालले ४० रन जोडे । करण केसीले १६ बलमा चार छक्का र एक चौकासहित अविजित ४० रन बनाए ।यसअघि नेपालले लिग–२ अन्तर्गतको खेलमा क्यानडालाई २४ रनल
इटहरी । नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले दशैं मनाउँछन् ।आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनि
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशले सातै प्रदेशबीच आर्थिक सहकार्य बढाउन, संविधानप्रदत्त निर्वाध व्यापारको अधिकार सुनिश्चित गर्न र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा साझा नीति तय गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई आग्रह गरेको छ ।विराटनगरमा आयोजित ‘मुख्यमन्त्री सम्मेलन’ अन्तर्गत निजी क्षेत्रसँगको छलफल कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले धारणा राख्दै एक प्रदेशमा तिरेको कर रसिद सबै प्रदेशमा मान्य हुनुपर्ने माग गरे ।नेपालको संविधानको धारा २३६ ले एक प्रदेश वा स्थानीय तहबाट अर्कोमा हुने वस्तु तथा सेवाको ओसारपसारमा कर, शुल्क वा अवरोध गर्न निषेध गरे
विराटनगरः विराटनगर आँखा अस्पतालले एक वर्षमा ६ लाख ८८ हजार ४४६ जनाको आँखा परीक्षण गर्नुका साथै ६९ हजार ९३७ जनाको सफल शल्यक्रिया गरेको छ ।अस्पतालको २० औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार उपचार सेवासँगै ग्रामीण क्षेत्रका बासिन्दा, बालबालिका र विपन्न समुदायसम्म आँखा स्वास्थ्य सेवा पुर्याउने कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ ।अस्पतालले विद्यालयमा सञ्चालन गरेको आँखा परीक्षण कार्यक्रममार्फत् यस वर्ष २६९ विद्यालयका ४६ हजार ८३६ बालबालिकाको आँखा जाँच गरेको छ । परीक्षणका क्रममा दृष्टिसम्बन्धी समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा र औषधि तथा सहुलियत दरमा शल्यक्रिया सेवा उ