लेटाङः नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क निर्माण गरेको मोरङको लेटाङ नगरपालिकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ ।शान्ति, अहिंसा र सहअस्तित्वको सन्देश दिन तथा सुनसरीसहित तराईका विभिन्न जिल्लामा हालै भएका घटनापछि धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम गरिएको लेटाङ नगरपालिकाले जनाएको छ ।लेटाङ नगरपालिका १ स्थित अन्तरधार्मिक शान्ति पार्कमा आइतबार विशेष कार्यक्रम आयोजना गरिएको नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्कका रूपमा परिचित सो स्थानमा हिन्दू, बौद्ध, इसाई, किराँत र इस्लाम
इटहरी । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ०.०४ प्रतिशत अर्थात १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४९ स्टकको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर ६३ हजार ६४८ पटक किनबेच हुँदा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार २३१ रुपैयाँको शेयर किनबेच भएको छ ।८ वटा समूहमा हरियाली छाउँदा सामुहिक लगानी कोष समूह सर्वाधिक अर्थात् ०.४९ प्रतिशतले बढेको छ । बढेको बजारमा व्यापार समूह सर्वाधिक अर्थात् ०.९३ प्रतिशतले घटेको छ ।रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक २७ करोड ६२ लाख ८७ हजार ११ रुपैयाँको शेयर किनबेच भएको छ । रिडी पावर, ग्लोबल आईएमई बैंक, सप्तकोशी डेभलप
विराटचोकः संस्थाले गरेका गतिविधि र संस्थाको आयस्रोतको बारेमा जानकारी दिने उद्देश्यले ‘सहयोगी मनहरू’ सुन्दरहरैंचाले दोस्रो भेला, भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम गरेको छ ।सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भीम अधिकारीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षासँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो ।‘सुसंस्कृत समाज, सभ्य जन, आजको आवश्यकता सहयोगी मन’ भन्ने मूल नाराका साथ संस्था दर्ता गरी सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय हुँदै आएको संस्थाले
खोर्सानेः साउन महिनाका शनिबारमा हुँदै आएको ‘झरी र इन्द्रेणी’ शृङ्खलाअन्तर्गत तेस्रो शनिबार कवि गगन योक्पाङ्देनले आफ्ना रचना सुनाएर सुन्दरहरैंचामा उपस्थित साहित्यप्रेमीको मन जित्न सफल हुनुभएको थियो ।सुन्दरहरैंचामा कला र साहित्यको क्षेत्रमा क्रियाशील ‘नझरेका फूलहरू’को आयोजनामा भएको कार्यक्रममा योक्पाङ्देनले शुरुमा आमा शीर्षकको कविता सुनाउनुभएको थियो ।त्यसपछि छिमेकी, पानीको जीवन, बाटोको आयु, उपहार, छोरीको चकचक, परिचय, एउटा परदेशीले, अभिशप्त रुख, साइँली सोल्टिनी र एउटा घरको दिनचर्या शीर्षकका कविता गरी ११ वटा कविता वाचन गर्नुभएको थियो ।कार्यक्रममा एकल कविता वाचन गर्ने कवि योक्पाङ्देनलाई आयोजक संस्थ
विराटनगरः गलत सूचनाका आधारमा उद्योगी–व्यवसायीमाथि छापा मार्ने, सार्वजनिक रूपमा बदनाम गर्ने र लगानीकर्तालाई आतंकित बनाउने शैलीले निजी क्षेत्र राज्यप्रति गम्भीर रूपमा असन्तुष्ट बनेको नेपाल उद्योग परिसंघ कोशी प्रदेशले जनाएको छ ।परिसंघले आज जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिले लगानीको वातावरण थप कमजोर बनाउने जनाइएको छ । परिसंघका अध्यक्ष पवनकुमार सारडाको हस्ताक्षरमा जारी विज्ञप्तिमा कुनै पनि नागरिक वा संस्थामाथि कानुनबमोजिम अनुसन्धान गर्ने अधिकार राज्यलाई भए पनि त्यसको प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानवीय मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनुपर्ने उल्लेख छ ।
इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
विराटनगरः प्रहरीले आज बिहान करीब ४ बजे व्यापारिक घराना देवनरा समूहको घर र अफिसमा छापा मारेको छ । देवनरा समूहको नेतृत्व प्रकाश मुन्दडाले गरिरहेका छन् ।देवनरा समूहले मुख्य रूपमा चाँदीको कारोबार गर्छ । बाबा आयल र हाइलाइफ चप्पल उद्योग पनि सञ्चालन गर्छ ।अवैध कारोबार र कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको जनाएको छ ।देवनरा समूहको नेतृत्वकर्ता प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष हुन् ।विराटनगर स्थित मोरङ व्यापार संघ अगाडिको मुन्दडा निवासलाई प्रहरीले घेरा हालेर खानतलासी गरेको हो ।
इटहरी । मनसुन पुनः देशभर सक्रिय हुन थालेको छ । जसका कारण सोमबार अधिकांश स्थानमा बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान विभागको छ ।बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान तथा मधेश प्रदेशसँगै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्
इटहरी । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको छ । शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्ताहरूलाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको छ ।विभागका उपमहानिर्देशक एवम् सह–सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता रु. १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन् ।नगद भुक्तानी गरी स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा रु. १०० भन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बिजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्न
इटहरीः कलेजोमा समस्या देखिएपछि उपचाररत् इटहरीका अग्रणी फोटो पत्रकार तथा पहिलो डिजिटल फोटोग्राफर विशप ताम्राकारको निधन भएको छ ।उनलाई उपचारका लागि काठमाडौं हुँदै भारतको दिल्ली लगिएको थियो । दिल्लीमा उपचारपछि उनी पोखरास्थित आफ्नै निवास फर्किएका थिए । शनिबार राति पोखरामै उनको निधन भएको हो ।उनी इटहरीमा डिजिटल फोटो पत्रकारिता र मोडलिङ फोटो पत्रकारिता भित्र्याउने पत्रकारमा पर्छन् ।स्वर्गीय ताम्राकारका श्रीमती र एक छोरी छन् ।