भरतपुरः बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढेर बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको हो ।बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्ण रूपमा बन्द भएको हो ।
काठमाडौं । पछिल्लो भारी वर्षाका कारण केही नदीमा जलसतहले खतराको तह पार गरेको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ ।रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशुली नदीमा जलसतह बढेको हो । साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
काठमाडौंः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारलाई थप सुदृढ, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी), धितोपत्र दलाल, मर्चेन्ट बैंकर तथा सूचीकृत कम्पनीहरूलाई सम्बोधन गर्दै निर्देशनहरू जारी गरेको छ ।बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै लगानीकर्ताको हित संरक्षण र बजारको आधुनिकीकरणका लागि यी निर्देशनहरू दिएको हो ।यस्तो छ नेप्सेलाई निर्देशनबोर्डले नेप्सेलाई कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को आइटी अडिट र भिएपीटी गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ भने कारोबार प्रणाली (नोट
इटहरीः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) सुनसरीको आयोजनामा प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीबीच भएको हस्तलेखन तथा चित्रकला प्रतियोगितामा सरस्वती ज्ञानकुञ्जले विभिन्न विधामा पहिलो स्थान हासिल गरेको छ ।प्राथमिक तहको अंग्रेजी हस्तलेखनतर्फ सरस्वती ज्ञानकुञ्ज प्रथम भएको थियो । एभर मोमेन्ट इङ्लिस स्कुल दोस्रो र पर्वत विद्या मन्दिर तेस्रो भएका छन् ।त्यसैगरी माध्यमिक तहको अंग्रेजी हस्तलेखनतर्फ पनि सरस्वती ज्ञानकुञ्ज नै पहिलो एभर मोमेन्ट इङ्लिस स्कुल नै दोस्रो भएका थिए । लिटल वर्ड एकेडेमी तेस्रो भएका थियो ।प्राथमिक तहको नेपाली हस्तलेखनतर्फ एभर मोमेन्ट इङ्लिस स्कुल प
विराटचोकः नगरको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यले नगर शिक्षा योजना निर्माणका लागि सुन्दरहरैंचा नगरपालिकाले सुझाव सङ्कलन गरेको छ ।नगर शिक्षा शाखाले तयार पारेको प्रस्तावित सुझाव तथा योजनाका विषयवस्तुमाथि छलफल गर्दै नगरभित्रका निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षा क्षेत्रका विज्ञ तथा सरोकारवालाबाट राय–सुझाव सङ्कलन गरिएको थियो ।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष केदारप्रसाद गुरागाईं, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख शालिग्राम दाहाल तथा पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँका उपकुलपति प्रा.डा. सुजनबाबु मरहट्ट
इटहरीः अहले सुन्नत वेलफेयर सोसाइटीको मुख्य पहल तथा नेपाल मुस्लिम समुदाय, इटहरीको आयोजनामा इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बोल्दै अहले सुन्नत वेलफेयर सोसाइटीका सचिव शोएब अहमदले देशका विभिन्न स्थानमा बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले विशेषगरी मुस्लिम समुदायसहित सम्पूर्ण देशवासीलाई विपद्को समयमा एकताबद्ध भएर प्रभावित नागरिकको साथमा उभिन आग्रह गर्नुभयो ।कार्यक्रममा सोसाइटीका अध्यक्ष हजरत मियाँ, सचिव शोएब अहमद, सहसचिव मेहताब अन्सारी तथ
इटहरी । जुम्ल्याहा शिशु जन्मसँग सम्बन्धित दुर्लभ घटना जर्मनीको ब्रेमेन शहरमा भएको सार्वजनिक भएको छ । २६ मिनेटको अन्तरमा जन्मिएका दिदीबहिनीको जन्म मिति भने फरक दुई महिनामा भएको छ ।अस्पतालका अनुसार पहिलो शिशु मीरा जुलाई ३१ तारिखको मध्यरातमा जन्मिएकी थिइन् । त्यसको २६ मिनेटपछि दोस्रो शिशु यारा जन्मिए पनि उनको जन्ममिति भने अगस्ट १ हुन पुग्यो ।यसरी एउटै प्रसूति प्रक्रियाबाट जन्मिएका जुम्ल्याहा शिशु फरक महिना र फरक गतेमा जन्मिएर दुर्लभ विश्व रेकर्ड बनिएको हो ।चिकित्सकहरूका अनुसार दुवै शिशु पूर्ण रूपमा स्वस्थ अवस्थामा जन्मिएका छन् । आवश्यक स्वास्थ्य परीक्षणपछि आमा र नवजात शिशुलाई अस्पतालले
भरतपुरः सरकारले भोटेकोशीको विनाशकारी बाढीमा परी बगेर चितवन पुगेका तर पहिचान हुन नसकेका शवहरूको देवघाटस्थित जङ््गलमा व्यवस्थापन शुरु गरेको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले शवहरू सडेगलेर महामारी फैलन सक्ने जोखिम बढेको भन्दै ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्ने सूचना जारी गरेको थियो ।सोही निर्णय कार्यान्वयन गर्दै शनिबार दिउँसोदेखि भरतपुर महानगरपालिका वडा नं. १ स्थित रामनगर र देवघाटको बीचमा पर्ने जङ्गल क्षेत्रमा शवहरू गाड्न थालिएको हो ।चितवनमा २३३ वटा शव सङ्कलन भएका छन् । तीमध्ये ६ वटा शव पहिचान भई आफन्तलाई बुझाइएको छ
काठमाडौंः हिजो बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब उद्धार कोषमा जम्मा गरिनुका साथै बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाहरूलाई राहत तथा पुनस्र्थापना प्याकोज बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।बैठकले भोटेकोशी बाढीबाट प्रभावित जिल्लाका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा रिकोभरी प्याकेज (बिजनेस रिकोभरी प्याकेज) बनाउने जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ ।यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू ः१. २०८३ भदौ १० गते नेपाल चीन सीमा रसुवागढी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्
काठमाडौंः आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट शुरु भएको जात्रा हो । व्यङ्ग्य गर्ने दिनको रूपमा पनि गाईजात्रालाई लिइन्छ ।गाईजात्रामा विगत एक वर्षभित्र मृत्यु भएका स्वजनको सम्झनामा गाईको रुप धारण गरी टोलटोल घुम्नुका साथै भजन कीर्तन पनि गरिन्छ । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ ।साँच्चैको गाई वा गाईको रूपमा सिँगारेर मानिसलाई नगर परिक्रमा गरेर यो पर्व मनाइने भएकोले यस पर्वलाई गाई जात्रा भनिएको हो ।पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई धेरैले यस