All Posts By खेमचन्द्र अधिकारी

    Showing ३५१-३६० of १,३५० items.
  • फिदिममा बेठी लगाएर गरियो रोपाइँ

    फिदिमः पाँचथरको फिदिम नगरपालिका–५ स्थित मताने बेंसीमा परम्परागत शैलीमा बेठीसहित हिजो सामूहिक धान रोपाइँ गरिएको छ ।फिदिम–४ का किसान लक्ष्मीप्रसाद चापागाईंको खेतमा भएको रोपाइँमा कुम्मायक गाउँपालिका–४ हात्तीपोखरीबाट आएको नौमती बाजा टोलीका नौ जनाले बाजा बजाएका थिए । रोपाइँमा ४ हल गोरु, ४० जना रोपाहार, ३० जना बाउसे सहभागी थिए ।लोप हुँदै गएको बेठी संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यस वर्ष विशेष रूपमा नौमती बाजा टोली झिकाएर सामूहिक रोपाइँ आयोजना गरिएको चापागाईँले बताउनुभयो ।

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ९८ पटक पढिएको
  • नोबेलमै हुने भयो जलनको उपचार

    विराटनगरः नोबेल मेडिकल कलेजले आगो, तातो पदार्थ वा विद्युतीय दुर्घटनाबाट गम्भीर घाइते भएका बिरामीको उपचार गर्ने भएको छ ।विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा प्रदेशकै पहिलो अत्याधुनिक ‘बर्न युनिट’ (जलन उपचार कक्ष)को कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा.डा. शंकरमान राईको पनि उपस्थिति रहेको थियो ।अस्पतालले आगलागी तथा अन्य कारणले जलनमा परेका बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्न तत्कालका लागि तीन शैय्याको अत्याधुनिक बर्न युनिट सञ्चालनमा ल्याएको अस्पतालका व्यवस्थापक दीपेश राईले जानका

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १७४ पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँ बढेको हो ।महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको दाम प्रतितोला ४ हजार ४ सय १० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २३४ पटक पढिएको
  • १५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने

    इटहरी ।  मानव र वन्यजन्तुबीच बढ्दै गइरहेको द्वन्द्व र त्यसबाट उत्पन्न हुने जनधनको ठूलो क्षतिलाई मध्यनजर गर्दै नेपाल बीमा प्राधिकरणले प्रत्यक्ष रूपमा सर्वसाधारणलाई राहत पुग्ने नीति अगाडि सारेको छ ।प्राधिकरणले देशैभरि सञ्चालित सबै निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले अनिवार्य रूपमा जारी गर्नुपर्ने गरी ‘वन्यजन्तु जोखिम केन्द्रित बीमालेख’ तयार गरी साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको हो । विशेष गरी राष्ट्रिय निकुञ्ज, आरक्ष तथा घना वन क्षेत्रको आसपासमा बसोबास गर्ने र वन्यजन्तुको उच्च जोखिममा रहेका किसान एवं श्रमजीवी नागरिकलाई लक्षित गरेर यो योजना ल्याइएको हो ।यस व्यवस्था अन्तर्गत बी

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १५० पटक पढिएको
  • भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क

    काठमाडौंः भोलिदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन हुने भएको छ । निर्माण शुरु भएको करिब ८० महिनापछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आउने भएको हो । झण्डै साढे २७ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको यो सुरुङमार्ग साउन ११ गते सोमबारदेखि चौबीसै घण्टा सञ्चालनमा आउने भएको हो ।पहिलो दिन एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारीसाधनलाई मात्रै प्रवेश दिइने भएको छ । बाँकी सवारी साधनलाई चरणबद्ध रुपमा प्रवेश गर्न दिइने जनाइएको छ ।काठमाडौं प्रवेश गर्दा बढी शुल्क, बाहिरिँदा कमसुरुङ मार्ग प्रयोग गर्ने सवारीका लागि काठमाडौं उपत्यकातर्फ प्रवेश गर्दा र बाहिरिँदा फरक–फरक शुल्क तोकिएको छ । कार तथा भ्यानले प्र

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १५३ पटक पढिएको
  • विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ

    पथरीः मोरङको पथरीशनिश्चरेस्थित एक विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ स्कुलचोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरीपछि सोही विद्यालयका शिक्षक ३८ वर्षीय प्रकाश अधिकारीलाई पक्राउ गरिएको हो । झापाको गौरादह नगरपालिका–४ निवासी अधिकारीलाई शनिबार इलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो ।साउन ६ गते बिहान करिब सवा १० बजे अधिकारीले विद्यार्थीलाई कुटेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोस्ट हसन्दहबाट खट

    • प्रकाशित मितिः साउन १०, २०८३
    • २१४ पटक पढिएको
  • आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल

    काठमाडौंः हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले आईपीओ निष्काशनको प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएको छ ।साउन ५ गते बसेको अस्पताल सञ्चालक समितिको बैठकले यही साउन २९ गते शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजे वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हो ।सो सभामा सर्वसाधारण समूहलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने, आईपीओ निष्काशनबाट प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा र अस्पतालको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा आईपीओ निष्काशनका लागि फेरबदल गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश हु

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १६२ पटक पढिएको
  • इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’

    इटहरीः इटहरी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) थपिएको भन्ने प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।उपमहानगरले हालसम्म फोहोर व्यवस्थापन शुल्कमा भ्याट लगाउने वा समावेश गर्ने कुनै निर्णय, सहमति वा सम्झौता नभएको स्पष्ट पारेको छ ।नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार इटहरी उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र वेस्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रालिबीच भएको त्रिपक्षीय सम्झौताअनुसार घरधुरी, उद्योग, पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट दैनिक उत्पादन हुने फोहोरमैला निजी क्षेत्रमार्फत सङ्कलन तथा व्यवस्थापन हुँदै आएको छ ।उपमहानगर

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १४५ पटक पढिएको
  • नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशले संगठन विस्तार तथा संस्थागत विद्यालयहरूबीच समन्वय सुदृढ गर्ने भएको छ ।सोही उद्देश्यले शुक्रबार उदयपुरको गाईघाट कोशी प्रदेश अध्यक्ष कमल खनाल, प्रदेश सचिव सुरेन्द्र चौधरी तथा नेसनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसी सहितको टोली पुगेर स्थानीय संस्थागत विद्यालयका सञ्चालक तथा शैक्षिक क्षेत्रका सरोकारवालासँग संगठन विस्तार, आगामी कार्यक्रम तथा शैक्षिक चुनौतीका विषयमा छलफल गरेको छ ।सो छलफलमा उदयपुर जिल्लामा नेसनल प्याब्सनको संगठनलाई थप सुदृढ बनाउने, सदस्यता विस्तार गर्ने, निजी तथा आवासीय विद्यालयहरूबीच सहक

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १८५ पटक पढिएको
  • यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान

    इटहरी । फिफा विश्वकप २०२६ ले स्पेनलाई दोस्रो पटक विश्वकप विजेता बनाएको छ । सँगसँगै विश्व फुटबलका धेरै पुराना कीर्तिमान पनि तोडिएका छन् । फिफाले समावेश गरेको कीर्तिमानअनुसार यी हुन् विश्वकप फुटबल २०२६ मा बनेका कीर्तिमानहरूःएम्बाप्पेः सर्वाधिक गोलकर्ताफ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिता सकिँदासम्म २२ गोल गर्दै जर्मनीका मिरोस्लाभ क्लोजेको कीर्तिमान तोडे ।विश्वकप शुरु भएपछि शुरुमा लियोनल मेसीले यो कीर्तिमान तोडे पनि प्रतियोगिता सकिँदा एमबाप्पे मेसीभन्दा अगाडि रहँदै शीर्ष स्थान कब्जा गरे ।मेसीका तीन विश्व कीर्तिमानअर्जेन्टिनाका कप्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ५३५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल