इटहरी । आज दुई घण्टाको अवधिमा १ अर्ब ६३ करोड ८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको रुपैयाँको शेयर किनबेच भएको छ । 


उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ८ वटा जलविद्युत समूहका कम्पनी छन् । उच्च कारोबार गर्नेमा हिमाल दोलखा हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, पिपुल्स हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, बलेफी हाइड्रोपावर, लक्ष्मी सनराइज  बैंक, कुमारी बैंक, नेशनल हाइड्रोपावर र लिबर्टी इनर्जी रहेका छन् । 


कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ११.३२ प्रतिशत बढेको छ । 


बजार साढे ३ अंक हाराहारी घटेर २५६९ को आसपासमा रहेर कारोबार भइरहेको छ  ।