इटहरी । आज बिहान ५ बजेर २० मिनेटमा बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइए पनि सफल नभएको बताइएको छ । उनी हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो ।
अभिनयका साथै फिल्म निर्माण, निर्देशन तथा लेखनमा पनि उनी सक्रिय थिए ।
सन् १९७८ मा आएको फिल्म ‘गमन’बाट हिन्दी सिनेमामा डेब्यु गरेका उनले शुरुवाती चरणमा मराठी र हिन्दी दुवै फिल्ममा काम गरेका थिए । सन् १९८८ मा मिरा नायरको ‘सलाम बम्बे !’ मा उनको कामले प्रशंसा पाएको थियो ।
‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशीः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित फिल्म हुन् ।
















