काठमाडौंः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहान १० बजे हुने भनिएको मतदान १ बजे शुरु हुने भएको छ । बिहान ७ बजेदेखि हुने मतदान १० बजे सरेकोमा पुनः १ बजेका लागि सारिएको हो । 

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।