तरहराः इटहरीको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ–२ सुन्दर सेवाकेन्द्रको सभा तरहरास्थित दुर्गा (रुद्राक्ष) पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ ।

सभामा सेवाकेन्द्रअन्तर्गतका शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो । सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सेवा तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो ।

सो सहकारीको पूर्वीगैसार तथा खनार सेवाकेन्द्रको सभा आज इटहरीको आइतबारेस्थित दुर्गा पार्टी प्यालेसमा हुने भएको छ ।