All Posts By खेमचन्द्र अधिकारी

    Showing ३९१-४०० of १,३५१ items.
  • नोबेल र कोशी प्रदेश प्रहरीबीच भयो प्रहरी परिवारलाई उपचार गर्ने सम्झौता

    विराटनगरः नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी कार्यालयबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ । यो सम्झौतासँगै अब कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गत कार्यरत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारले आवश्यक पर्दा विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्नेछन् ।सम्झौताले राष्ट्रको सुरक्षामा दिनरात खटिने प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउने विश्वास लिइएको छ । सेवाका क्रममा स्वास्थ्य समस्या आइपर्दा समयमै उपचार उपलब्ध गराउने र आवश्यक स्वास्थ्य सुविधामा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइएको अस्पतालले जनाएको छ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १५६ पटक पढिएको
  • संस्कृत विश्वविद्यालयको उपकुलपतिमा धरानका प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त

    इटहरी ।  नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त हुनुभएको छ ।प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले शपथ ग्रहण गराउनुभएको थियो ।अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति बर्खास्तमा परेपछि संस्कृत विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो ।

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ६५ पटक पढिएको
  • स्थायी नियुक्ति रोक्ने निर्णयको विरोधमा युवा निस्किए सडकमा

    काठमाडौंः सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोकेको विरोधमा युवा–विद्यार्थी सडकमा निस्किएका छन् । युवाले २ दिनअघिको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना लोकसेवाको पदपूर्ति नगर्न गरेको निर्णय खारेजीको माग गरेका छन् ।लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने युवाहरूको माग छ ।काठमाडौंको माइतीघरमा विरोधमा निस्किएकाहरूले सरकारको यस निर्णयले वर्षौँदेखिको लोकसेवा तयारीमा गरिरहेको मिहिनेत खेर गएको र रोजगारीको सपनामा लात हानेको गुनासो पोखेका छन् ।करार प्रणालीको दुरुपयोग रोक्नुपर्ने, रिक्त दरबन्दीमा समयमै खुला प्रतिस्पर्धाबाट स्थायी प

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १०९ पटक पढिएको
  • गणेश थापा र रेवतीप्रसाद ढकाल असार महिनाको ‘सर्वोत्कृष्ट’ प्रहरी घोषित

    इटहरी ।  कोशी प्रदेश प्रहरी कार्यालयले २०८३ साल असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । व्यावसायिकता र उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने दुई जना प्रहरी असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन् ।कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अस्थायी प्रहरी चौकी चाँदबेला सुनसरीका प्रहरी सहायक निरीक्षक गणेश थापा र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार रेवतीप्रसाद ढकाल असार महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित हुनुभएको हो ।प्रहरी सहायक निरीक्षक थापाले गस्तीका क्रममा एक थान चाइनिज पेस्तोल र ३ राउन्ड गोलीसहित दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिन सफल हुनुभएको थियो

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ११० पटक पढिएको
  • बेलबारीको इमान स्मृति टोल विकास संस्थाले शुरु गर्याे सरसफाइ अभियान

    बेलबारीः मोरङको बेलबारी नगरपालिका–४ स्थित इमानस्मृति टोल विकास संस्थाले ‘स्वच्छ टोल, स्वस्थ समाज’ भन्ने मूल नारासहित ‘एक घर, एक सहभागिता’ अभियान प्रारम्भ गर्दै सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।टोलवासीले इमानसिंह चोक, स्मृति चोक, महेन्द्र चोक तथा आसपासका सार्वजनिक स्थलहरू सफा गरेका थिए । सरसफाइका क्रममा सडक र नाली किनारमा उम्रिएका झारपात हटाउनुका साथै बाटोमा लत्रिएका र आवागमनमा अवरोध पुर्याउने रूखका हाँगाहरू काटेर व्यवस्थित बनाइएको थियो ।संस्थाले आगामी दिनमा वातावरण संरक्षण, फोहोर व्यवस्थापन, वृक्षारोपण तथा हरित टोल निर्माणसँग सम्बन्धित विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • ५९ पटक पढिएको
  • २ घण्टामा अढाइ अर्बको शेयर किनबेच, सूचकमा २९ अङ्कको गिरावट

    इटहरी ।  लगातार ६ दिन बढेको शेयर बजारमा आज शुरुदेखि नै लगानीकर्ता शेयर खरीदमा भन्दा बिक्रीमा लागेका छन् । जसका कारण २ घण्टामा सूचक २९ अङ्कले घटेको छ । कारोबार रकम घण्टामा २ अर्ब ५० करोड १ लाख ९५ हजार ६६० रुपैयाँको भएको छ ।घटेको बजारमा मातृभूमि लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.१० प्रतिशत घटेको छ । हालै दोस्रो बजारमा आईपीओ सूचीकृत भएको एभरेष्ट कलरको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।रिडी पावरको सबैभन्दा धेरै २१ करोड ३८ लाख ३९ हजार ९६ रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै रिडी पावरकै १४ लाख ७१ हजार ६०७ कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै पटक कारोबार हुनेमा भने सानिगाड हाइड्रो पर

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २१७ पटक पढिएको
  • सुनको मूल्य बढ्यो ५४०० रुपैयाँ, चाँदीको ११० रुपैयाँ

    इटहरी ।  आज सुनको मूल्य तोलामा ५ हजार रुपैयाँभन्दा बढी बढेको छ । आज सुनको भाउ तोलामा ५ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४८० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १११ पटक पढिएको
  • बागमती सरकारबाट एमाले बाहिरियो, ६ मन्त्रीको सामूहिक राजीनामा

    इटहरी ।  बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मंगलबार राजीनामा बुझाउँदै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ ।एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत् संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पार्टीको निर्णय तथा विकसित राजनीतिक परिस्थितिका आधारमा सरकारमा सहभागी सबै मन्त्रीले तत्काल प्रभावबाट राजीनामा दिएको जानकारी गराएका छन् । पत्रमा राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर

    • प्रकाशित मितिः साउन ६, २०८३
    • २२१ पटक पढिएको
  • अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिक विषयक अन्तरक्रिया

    इटहरीः भ्वाइस अफ चिल्ड्रेनको आयोजनामा मंगलबार इटहरीमा बाल अधिकारको संरक्षण र अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया भएको छ ।‘बाल अधिकार प्रवर्द्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका सम्बन्धी कार्यशालामा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका अध्यक्ष भरत थापाले बालबालिका कुनै पनि प्रकारको यौन दुर्व्यवहारको सिकार नबनून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।बाल अधिकारको संरक्षणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको हुनाले जिम्मेवार समाचार सम्प्रेषण र जनचेतनामूलक सामग्रीमार्फत् बालबालिकाको सुरक्

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १३६ पटक पढिएको
  • गाडी, भ्रमण र घरभाडामा अर्थ मन्त्रालयको लगाम

    काठमाडौंः सरकारले आर्थिक वर्ष २०८३\८४ को बजेट कार्यान्वयनमा कडाइ गर्दै अनावश्यक प्रशासनिक खर्च, नयाँ सवारीसाधन खरिद, विदेश भ्रमण, परामर्श सेवा तथा सरकारी भवन भाडामा नियन्त्रण गर्ने भएको छ ।अर्थ मन्त्रालयले बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन जारी गरेको ३७ बुँदे मार्गदर्शनमा वित्तीय अनुशासन, मितव्ययिता, बजेटको समयमै कार्यान्वयन र वित्तीय जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइएको छ ।अर्थसचिव डा. घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा विनियोजन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीको पूर्ण पालना गर्न सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई निर्देशन

    • प्रकाशित मितिः साउन ६, २०८३
    • १२८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल