All Posts By खेमचन्द्र अधिकारी

    Showing ४२१-४३० of १,३५२ items.
  • १.५५ प्रतिशत बढेर २७०० माथि अडियो नेप्से

    विराटचोकः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५५ प्रतिशत अर्थात् ४१.७० अङ्कले बढेर २७१९.२७ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४३ स्क्रिप्टको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर ६७ हजार १५५ पटक किनबेच हुँदा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको शेयर कारोबार भएको छ ।सामुहिक लगानी कोष ०.०२ प्रतिशतले घट्नुबाहेक बाँकी सबै समूहका सूचकमा हरियाली छाएको दिन आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.२१ प्रतिशतले बढेको छ ।आज आँखुखोला जलविद्युतको सर्वाधिक २९ करोड १५ लाख ५२ हजार १५४ रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक र नेशनल हाईड्रोपावरक

    • प्रकाशित मितिः साउन ४, २०८३
    • २२३ पटक पढिएको
  • आज पनि बढ्यो सुनचाँदीको मूल्य

    इटहरी ।  आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी प्रतितोला ८० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ७५ पटक पढिएको
  • च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला आए सम्पर्कमा, बाटो बिर्सिएर हराएको उनीहरूको भनाइ

    महेन्द्रनगरः अवैध तरिकाले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन बनेका १४ जना महिला परिवारको सम्पर्कमा आएका छन् ।भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू परिवारको सम्पर्कमा आएका हुन् । हिजोदेखि सम्पर्कविहीन भएका उनीहरुले जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएको बताएका छन् ।उनीहरूको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ ।निकुञ्जमा अवैध रूपमा च्याउ टिप्न समूह बनाएर गएका उनीहरू सम्पर्कविहीन भएपछि आफन्त, परिवार र छिमेकीका साथै सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ७८ पटक पढिएको
  • पहिरोले चैनपुर-वसन्तपुर सडक खण्ड अवरुद्ध

    वसन्तपुरः अविरल वर्षाका कारण आएको पहिरोले कोशी राजमार्ग अन्तर्गत चैनपुर-वसन्तपुर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।प्रहरीका अनुसार धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । वर्षाका कारण स्थानीय शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट ढुंगा र माटोसहितको ठूलो पहिरो खसेर सडक थुनिएको हो ।सडक अवरुद्ध भएपछि चैनपुरबाट वसन्तपुर र वसन्तपुरबाट चैनपुरतर्फ आवतजावत गर्ने सवारी साधनहरू बीच बाटोमै ठप्प भएका छन् । यसले गर्दा लामो तथा छोटो दूरीका यात्रीहरू मर्कामा परेका छन् ।पहिरोका कारण शारदा माध्यमिक विद्यालयको भवन र परिसर समेत जोखि

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १४५ पटक पढिएको
  • सुकुनाका विद्यार्थीसँग यौन दुर्व्यवहार गर्ने शिक्षक र कर्मचारी पक्राउपछि घटना सार्वजनिक गर्ने पेजले राख्यो अन्य पीडकको स्क्रिनसट

    विराटचोकः सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेपछि यौन दुर्व्यवहारका प्रमाण सार्वजनिक गर्ने फेसबुक पेज S/K/N Confession & Meme ले अन्य शिक्षकले पनि विद्यार्थीसँग दुर्व्यवहार गरेको प्रमाण प्राप्त भएको जनाएको छ ।तीन जना पक्राउ पछि सो पेजले लेखेको छ । ‘हामीसँग अझै सार्वजनिक गर्न बाँकी केही जानकारी र प्रमाणहरू छन् । अब यस विषयलाई कानुनी प्रक्रियामार्फत् अगाडि बढाउँदैछौँ । यस सम्बन्धमा गृहमन्त्री सुदन गुरुङसँग पनि प्रत्यक्ष सम्पर्क भएको छ, त्यसैले अब आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।सम्पूर्ण पीडितहरूलाई अनुरोधः अब नडराउनुहोस् । यदि तपाईं

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ४९३ पटक पढिएको
  • विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा सुकुनाका शिक्षकसहित तीन जना पक्राउ

    विराटचोकः सामाजिक सञ्जालमा तथा विद्यालयमा विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका शिक्षक र कर्मचारी गरी तीन जना पक्राउ परेका छन् ।पीडित विद्यार्थीले सामाजिक सञ्जालमा आफूमाथि भएको यौनजन्य च्याटको स्क्रिनसट राखेपछि अन्य विद्यार्थीले पनि आफूहरुलाई कक्षामा, फोनमा तथा भेटमा यौनजन्य दुर्व्यवहार गरेको बताएका थिए ।विद्यार्थीमाथि भएको भनिएको अमर्यादित व्यवहारमा संलग्न रहेको आरोपमा एक जना शिक्षकसहित ३ जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार घटनाको अनुसन्धान शुरु गरिएको छ ।घटना सार्वजनिक भएपछि सुन्दरहरैंचा नगरपालिकाले विज्

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ७९ पटक पढिएको
  • यौन दुर्व्यवहारजन्य च्याटका स्क्रिनसट विद्यार्थीले सार्वजनिक गरेपछि सुन्दरहरैंचा नगरपालिकाद्वारा छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन

    विराटचोकः पछिल्लो समय सामाजिक सञ्जालमा सुकुना माध्यमिक विद्यालयका कर्मचारी र शिक्षकले विद्यार्थीसँग गरेको यौनजन्य च्याटको स्क्रिनसट बाहिरिएपछि शिक्षक र कर्मचारी विवादमा तानिएका छन् ।परीक्षाको प्रश्नपत्र चुहाउने र विद्यार्थीलाई प्रलोभन देखाएको गम्भीर आरोप सहितका म्यासेजहरू सार्वजनिक भएका छन् । त्यतिमात्रै होइन राति सँगै बसौँ भनी लेखिएका च्याट पनि सार्वजनिक भएका छन् ।सामाजिक सञ्जाल फेसबुकको S/K/N Confession & Meme  नामक पेजमा शिक्षक, कर्मचारीले विद्यार्थीसंग म्यासेज (च्याट) शंकास्पद कुराकानीका स्क्रिनसटहरू सार्वजनिक भएका थिए । यो पेज कसले चलाएको हो भन्ने आधिकारिक पुष्टि भने भ

    • प्रकाशित मितिः साउन ४, २०८३
    • १०२ पटक पढिएको
  • १६ वर्षपछि फेरि विश्वविजेता बन्यो स्पेन, अतिरिक्त समयमा अर्जेन्टिनालाई हराउँदै दोस्रो पटक जित्यो विश्वकप

    इटहरी ।  स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै १६ वर्षपछि पुनः विश्व फुटबलको शिखरमा उक्लिएको छ । आज बिहान भएको रोमाञ्चक फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै स्पेनले दोस्रो पटक विश्वकप ट्रफी उचाल्न सफल भएको हो ।सन् २०१० मा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा पराजित गर्दै पहिलो पटक विश्वकप जितेको स्पेनले यसपटक पनि अतिरिक्त समयमै इतिहास दोहोर्याएको हो । स्पेनको जीतमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फेरान टोरेस नायक बने । उनले खेलको १०६ औँ मिनेटमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजलाई छलाउँदै गरेको एकमात्र गोल नै स्पेनलाई जिताउन सफल भयो ।यो हारस

    • प्रकाशित मितिः साउन ४, २०८३
    • ८८ पटक पढिएको
  • यी हुन् फिफा विश्वकप फुटबल प्रतियोगिताका हालसम्मका विजेता देश

    इटहरी ।  फिफा विश्वकप फुटबल प्रतियोगिता भोलि सम्पन्न हुँदैछ । भोलि बिहान अर्जेन्टिना र स्पेनले फाइनल खेल खेल्दैछन् । सो खेलको जीतसँगै सन् २०२६ को विश्वकप अन्त्य हुनेछ ।फाइनलमा पुगेकामध्ये साबिक विजेता अर्जेन्टिनाले ३ पटक (सन् २०२२, सन् १९८६ र सन् १९७८) मा प्रतियोगिता जितेको छ ।स्पेनले सन् २०१० मा प्रतियोगिता जितेको थियो ।सन् २०३० देखि शुरु भएको विश्वकप फुटबल पहिलो पटक उरुग्वेले जितेको थियो ।यी हुन् हालसम्म विश्वकप जित्ने देशहरू२०२२ः अर्जेन्टिना२०१८ः फ्रान्स२०१४ः जर्मनी२०१०ः स्पेन२००६ः इटाली२००२ः ब्राजिल१९९८ः फ्रान्स१९९४ः ब्राजिल१९९०ः पश्चिम जर्मनी१९८६ः अर्जेन्टिना१९८२ः इटाली१९७८ः अर्

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ८७ पटक पढिएको
  • सुनको भाउ तोलामा बढ्यो १,९०० रुपैयाँ, चाँदी बढ्यो ४० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।चाँदीको भाउ ४ हजार २४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३, २०८३
    • ६३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल