इटहरी । फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कास्य पदक) को पदकको लागि भएको खेलमा इङ्गल्याण्ड विजयी भएको छ । खेलमा फ्रान्सलाई ६–४ को नतिजाले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको हो ।यो जीतसँगै इङ्गल्याण्ड सन् १९६६ मा विश्वकपमा विजयी भएपछिको आफ्नो सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेको छ । यसअघि सन् १९९० र २०१८ मा चौथो भएको इंग्ल्याण्ड एक पटक १९६६ मा मात्रै विश्वकपको विजेता बनेको छ ।इङ्गल्याण्डको जीतमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने । साकाले खेलको ३७ औं, ४५ औं र ८७ औँ (पेनाल्टी) मिनेटमा गोल गर्दै शानदार ह्याट्रिक पूरा गरे ।इङ्गल्याण्डका लागि खेलको तेस्रो मिन
उर्लाबारीः उर्लाबारी बहुमुखी क्याम्पसको वाणिज्य विभागको आयोजनामा वाणिज्य सङ्कायका विद्यार्थीहरूको शैक्षिक भ्रमण सम्पन्न भएको छ । भ्रमणपछि आयोजित समीक्षा कार्यक्रममा विद्यार्थीहरूले उद्योग, व्यवसाय र पर्यटन क्षेत्रबारे प्राप्त व्यावहारिक अनुभव आदानप्रदान गरेका छन् ।भ्रमण टोलीले झापाका विभिन्न स्थानको अवलोकन गर्दै उद्योग, व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यावहारिक ज्ञान हासिल गरेको जनाएको छ ।व्यावहारिक अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खेमराज कार्कीले यस्ता शैक्षिक भ्रमणले विद्यार्थीको ज्ञान, सीप र व्यावहारिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । भ्रमणबाट प्राप्
लेटाङः त्रिवेणी सामुदायिक वन उपभोक्ता समूह लेटाङले गरिबी न्यूनीकरण कार्यक्रम अन्तर्गत लेटाङ नगरपालिकाको वडा नम्बर ५ र ६ का किसानलाई कृषि औजार तथा सिचाइ उपभोक्ता समितिलाई सिँचाइ अनुदान वितरण गरेको छ ।मङ्गलबार आयोजित कार्यक्रममा विभिन्न टोल समिति तथा कृषकलाई कृषि औजार, मकै रोप्ने मेसिन र सिँचाइ जल उपभोक्ता संस्थालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रमको उद्देश्य कृषि यान्त्रिकीकरणलाई प्रवद्र्धन गर्दै श्रमको लागत घटाउने, समयमै खेतीपाती गर्न सहज बनाउने र उत्पादन वृद्धि गर्नु रहेको समूहले जनाएको छ ।समूहका अध्यक्ष तीर्थबाबु गिनेल मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेटाङ–५ का वडा अध्यक
इटहरी । नेपालमा आगामी तीन दिन देशका अधिकांश भूभागमा निरन्तर वर्षा हुने सम्भावना रहेको छ । विगत केही दिन कमजोर बनेको मनसुन फेरि सक्रिय भएसँगै विभिन्न क्षेत्रमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ ।विभागका अनुसार पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव बढेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा तराई र पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेकाले मध्य र पश्चिम नेपालमा मनसुन थप सक्रिय हुने अनुमान गरिएको छ ।शुक्रबार र शनिबार दिउँसोको तुलनामा शनिबार रातिदेखि मनसुनी वर्षा थप सक्रिय हुने सम्भावना रहेको बताइएको छ । शनिबार रातिदेखि पूर्वी तराई, मध्य
इटहरी । साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु भएसँगै नयाँ बजेट पनि कार्यान्वयनमा आएको छ । नयाँ बजेट कार्यान्वयनसँगै सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत् बढाइएको सरकारी कर्मचारीको तलब पनि आजदेखि कार्यान्वयनमा आएको छ ।सरकारले कर्मचारीको तलब २१ प्रतिशत बढाउने घोषणा बजेटमा गरेको थियो । जसअनुसार अब मुख्य सचिवले ९८ हजार ४२५ रुपैयाँ तलब पाउनेछन् । मुख्य सचिवको बेसिक तलब ७७ हजार २११ रुपैयाँबाट बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ । त्यसमा १० प्रतिशत प्रोत्साहन भत्ता र यसअघिको महँगी भत्ता थपिँदा कुल मासिक पारिश्रमिक ९८ हजार ४२५ रुपैयाँ पुगेको हो ।मुख्य सचिवको बेसिक तलब ७ हजार ७२१ रुपैयाँल
धरानः साउन १ गतेदेखि धरानको स्मार्ट बसपार्क पूर्ण रूपमा सञ्चालनमा आएको छ । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा निर्माण गरिएको स्मार्ट बसपार्क असार १३ गते नै उद्घाटन भए पनि साउन १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।संघीय सरकार र धरान उपमहानगरपालिकाको साझेदारीमा करीब १ बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण भएको हो ।३३ करोड ७० लाख ४७ हजार ३३७ रुपैयाँ लागत अनुमान गरिएको बसपार्क निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी सुनसरीले पाएको थियो । निर्माण कम्पनीले २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा २०७८ असार ३० गते ठेक्का सम्झौता गरी निर्माण कार्य शुरु गरेको थियो । बसपार्क २४ क
काठमाडौंः सरकारले गत आर्थिक वर्षमा शेयर बजारको पूँजीगत लाभकर अघिल्लो आर्थिक वर्षको तुलनामा ६ अर्ब १९ करोड रुपैयाँ कम राजस्व पाएको छ ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२\८३ मा शेयर कारोबारबाट सरकारले १० अर्ब ३५ करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१\८२ मा यही शीर्षकबाट १६ अर्ब ५४ करोड १७ लाख रुपैयाँ सङ्कलन भएको थियो ।पूँजीगत लाभकर आम्दानी एक वर्षमै ३७.४२ प्रतिशतले घटेको छ ।गत आर्थिक वर्षको शुरुमा नेप्से परिसूचक ३ हजार माथि पुगेको थियो । त्यसपछि घट्दै २ हजार ४८५ विन्दुसम्म झरेको थियो । असारमा मात्रै सरकारलाई ४६ करोड कम राजस्व सङ्कलन
आबुधाबीः आदिकवि भानुभक्त आचार्यको २१३ औँ जयन्ती संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधाबीमा आइतबार मनाइएको छ ।नेपाली राजदूतावास आबुधाबीको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाली राजदूतावास आबुधाबीको आयोजना, तनहुँ सेवा समाज, युएईको सहकार्य तथा सिर्जना वाचन डबलीको समन्वय रहेको थियो ।कार्यक्रममा आबुधाबीका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक टक गुरुङले गर्नुभएको थियो ।सो कार्यक्रममा विभिन्न स्रष्टाका गजल, कविता, मुक्तक लगायत विभिन्न विधाका १० वटा साहित्यिक कृतिको सामूहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिहरूमा राज यात्री लम्
गछियाः सुनसरीको गछियास्थित शेषनारायण दिव्यधाम तथा आचार्य सेवा गुरुकुलमा लायन्स र लियो क्लब अफ इटहरी पाथीभरा, लायन्स र लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमअन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनुका साथै दिव्यधामलाई कापी, कलम, चिउरा, चामललगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन उदयनारायण बराल रहनुभएको थियो ।विशिष्ट अतिथिमा डिष्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लायन लोकेन्द्रप्रसाद ढका
इटहरीः इटहरी उपमहानगरपालिकाले राजस्व सङ्कलनसम्बन्धी सम्पूर्ण सेवा अस्थायी रूपमा साउन ७ गतेसम्म बन्द गर्ने भएको छ । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा नयाँ आर्थिक ऐनअनुसारका व्यवस्था अद्यावधिक गर्नुपर्ने भएकाले आज साउन १ गतेदेखि लागू हुनेगरी साउन ७ गतेसम्म सबै राजस्व सेवा स्थगित गरिएको पालिकाले जनाएको छ ।उपमहानगरपालिकाले शुक्रबार जारी गरेको सूचनाअनुसार नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै वडा कार्यालयबाट सञ्चालन हुने कर, शुल्क तथा अन्य राजस्व सङ्कलनसम्बन्धी सम्पूर्ण सेवा उक्त अवधिभर बन्द रहनेछ । उपमहानगरपालिकाका अनुसार आर्थिक ऐन, २०८३ मा भएका व्यवस्थाहरू प्रणालीमा प्रविष्ट ग