All Posts By खेमचन्द्र अधिकारी

    Showing ४८१-४९० of १,३५३ items.
  • सिंहदरबारको गेट अगाडि मोटरसाइकल पार्किङ गरेर विद्यार्थीको प्रदर्शन

    काठमाडौंः नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर विरोध प्रदर्शन गरेको छ ।गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्ने क्रममा केही बेर सवारी आवागमन असहज भएको ट्राफिक प्रहरीले जनाएको छ ।त्यसपछि प्रहरीले प्रदर्शनकारीलाई त्यहाँबाट हटाएको थियो ।

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १०८ पटक पढिएको
  • कोशीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    इटहरी ।  हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा प्रणाली थप सक्रिय बनेको हो । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा च

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १५७ पटक पढिएको
  • साजीलालमा विद्यालय व्यवस्थापन समितिमा चयन भएको चौथो दिनमै सदस्य दुष्यान्त भट्टराईद्वारा राजीनामा

    इटहरी ।  मोरङको सुन्दरहरैंचा–६ मा रहेको साजीलाल माध्यमिक विद्यालयको व्यवस्थापन समिति सदस्य दुष्यान्त भट्टराईले सदस्य चयन भएको चौथो दिनमै पदबाट राजीनामा दिनुभएको छ ।दलको सक्रिय कार्यकर्ता विद्यालय व्यवस्थापन समितिमा बस्न नपाउने कानुनी प्रावधानको कदर गर्दै पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । असार २५ गते राजपत्रमा प्रकाशित गरेको शिक्षा नियमावलीको दशौँ संशोधनले राजनीतिक दलको भूमिकामा रहेका व्यक्तिहरू विद्यालय व्यवस्थापन समितिमा बस्न नपाउने व्यवस्था गरेको छ ।अध्यक्ष रेग्मी नैतिक सङ्कटमाराजपत्रमा शिक्षा नियमावलीको दशौं संशोधन प्रकाशन भएको भोलिपल्ट विद्यालय व्यवस्थापन समिति चयन हुँदा

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १५६ पटक पढिएको
  • सरकारी विज्ञापनको ‘एकद्वार प्रणाली’ सर्वोच्चद्वारा खारेज, अब निजी सञ्चार गृहले पनि पाउने

    काठमाडौंः सरकारी विज्ञापन प्रकाशन तथा प्रसारणमा सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’लाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।हिजो न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने आदेश दिएको हो ।सरकारी विज्ञापनहरू सरकारी सञ्चारमाध्यम (गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन आदि) मार्फत् मात्रै प्रकाशन गर्ने नीति वर्तमान सरकारले अघि सारेको थियो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको उक्त परिपत्रले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई मर्कामा पारेको र विभेद गरेको भन्दै नेपाल मिडिया सोसाइटीले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही रिटमा मि

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १२९ पटक पढिएको
  • भानुजयन्तीको अवसरमा सुन्दरवाटिकामा विद्यार्थी, शिक्षक र अभिभावकद्वारा रचना वाचन

    इटहरी  । २१३ औँ भानुजयन्तीको अवसरमा सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको सुन्दरवाटिका एकेडेमीमा आयोजित कार्यक्रममा रचना वाचन, नाटक मञ्चन तथा आदिकवि भानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वमाथि चर्चा भएको छ ।सोमबार विद्यालयमा आयोजित कार्यक्रममा शिक्षक मञ्जु भट्टराईले आदिकवि भानुभक्त आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो ।अभिभावक तीर्थराज भण्डारीले आदिकविको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुका साथै भानुक्त आचार्यप्रति समर्पित रचना वाचन गर्नुभएको थियो ।अभिभावक रुक्मिणी खतिवडाले छन्दोबद्ध रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले भानुभक्तले रचना

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १४० पटक पढिएको
  • आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका विवेक मण्डलका सन्तानको शिक्षाको जिम्मा गगन थापाले लिने

    काठमाडौंः सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय युवा विवेक मण्डलको आत्मदाहप्रति कांग्रेस सभापति गगन थापाले गहिरो दुःख व्यक्त गरेका छन् । मण्डलको हिजो बिहान २ः४० बजे उपचारको क्रममा निधन भएको थियो ।मण्डलको निधनमा सामाजिक सञ्जालमार्फत् शोक व्यक्त गर्दै थापाले यस घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन् । यस कठिन घडीमा आफू परिवारको साथमा रहेको उल्लेख गर्दै लेखेका छन्, ‘स्वर्गीय विवेक मण्डलका सन्तानहरूको शिक्षा–दीक्षामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता उहाँको परिवारलाई जानकारी गराइसकेको छु ।’

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १४३ पटक पढिएको
  • फ्रान्सलाई पराजित गर्दै स्पेन १६ वर्षपछि पुग्यो विश्वकप फुटबलको फाइनलमा

    इटहरी ।  अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा आज बिहान भएको सेमीफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गर्दै स्पेन १६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।सन् २०२६ को विश्वकपको फाइनलमा प्रवेश गर्दा स्पेनका लागि पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरेका थिए । खेलको २२ औं मिनेटमा पेनाल्टी गोलमार्फत् स्पेनले पहिलो अग्रता लिएको थियो ।खेलको ५८ औं मिनेटमा पेड्रो पोरोले गोल गरेका थिए । त्यसपछि फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदानमा प्रवेश गराए पनि फ्रान्सले गोल गर्न सकेन ।सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो । फ्रान्स भने लगातार त

    • प्रकाशित मितिः असार ३१, २०८३
    • १७० पटक पढिएको
  • सामान्य बढ्यो नेप्से सूचक, कारोबार रकम पनि वृद्धि

    इटहरी । आज नेप्से परिसूचक ६.११ अंक बढेर २५७६.२९ बिन्दुमा अडिँदा कारोबार रकम पनि बढेको छ । आज ३८३ स्टकको ५३ हजार ८५४ पटकको कारोबारमा १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर खरीदबिक्री हुँदा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ७ अर्ब ४६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।उच्च मूल्य बढ्ने र उच्च कारोबार हुनेमा ऋणपत्रविगतका दिनमा झैँ आज पनि उच्च कारोबार गर्ने कम्पनीमा ऋणपत्र परेका छन् । उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ९ कम्पनी ऋणपत्र छन् ।आज १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को सर्वाधिक ५२ करोड ७१ लाख ८३ हजार २६२ रुपैयाँको शेयर कारोबार भएको छ । १० प

    • प्रकाशित मितिः असार ३०, २०८३
    • २२७ पटक पढिएको
  • १२०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको १५ रुपैयाँ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ४ हजार ३६० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो ।

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १४२ पटक पढिएको
  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको पनि उपचारको क्रममा निधन

    इटहरी ।  शुक्रबार आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल ल्याइएका उनको आज बिहान २ बजे निधन भएको अस्पतालले जनाएको छ ।२५ वर्षीय विवेकले शुक्रबार घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।बिहीबार त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।शनिबार काठमाडौंको बुद्धनगरमा पनि ए

    • प्रकाशित मितिः असार ३०, २०८३
    • १२७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल