इटहरी । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता शेयरको लक इन अवधि आज सकिँदैछ ।संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ करोड ८० लाख र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँड गरिएको ६ लाख कित्ता शेयरको लक इन अवधि आज सकिने भएको हो ।धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता शेयर दर्ता छ । बाँकी शेयर सर्वसाधारणसँग रहेको छ ।लक इन अवधि सकिएसँगै अब ती शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
इटहरीः हिजो राति ११ः४० बजे सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरण कार्यालयको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।इटहरी उपमहानगरपालिका–२० सेउती खोला दक्षिण विद्युत कार्यालय धरानको बा १ ञ १६५१ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरुको ज्यान गएको हो ।सो दुर्घटनामा भ्यान चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको हो । चालक राई करार सेवाका कर्मचारी र आचार्य हेल्पर पदका स्थायी कर्मचारी भएको
इटहरी । फिफा विश्वकप २०२६ अन्तिमतिर आइपुगेको छ । क्वाटरफाइनल अन्तर्गत अर्जेन्टिना र स्वीट्जरल्यान्डबीचको खेल सकिएसँगै सेमीफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो ।रोचक कुरा के रह्यो भने फिफा वरीयतामा माथि रहेका चार वटै टीम फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डले सेमीफाइनलमा स्थान बनाएका छन् ।वरीयतामा पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमीफाइनलमा स्थान बनाएको थियो । यस्तै, स्पेनले बेल्जियमलाई २–१ ले तथा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले नै पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।क्वाटरफाइनलको अन्तिम खेलमा साविक विजेता अर्जेन्टिना स्वीट्जरल्यान्डमाथि ३–१ को जीतस
इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक छ ।मनसुनको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ ।त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश
दुलारीः मोरङको सुन्दररहरैंचा–६ दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयको अध्यक्ष पदमा चिरञ्जीवी रेग्मी चयन हुनुभएको छ ।विद्यालय व्यवस्थापन समिति गठनका लागि २०८३ जेठ २४ गते भएको अभिभावक भेलाले सर्वसम्मत प्रतिनिधि छनोट गर्न सकेको थिएन । त्यसपछि लोकतान्त्रिक विधिबाट निर्वाचन हुनुपर्ने माग उठेको थियो । तर, विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले निर्वाचन गर्न नसकिने र सहमतिमै प्रतिनिधि छान्नुपर्ने अडान लिँदै आउनुभएको थियो ।विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा दाबी गरिरहेकामध्ये केही अभिभावकले असार २० गते आफ्नो दाबी छोडेका थिए । त्यसपछि चुनिएका प्रतिनिधिले असार २६ गते रेग्मीलाई विद्यालय व्
इटहरी । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका अध्यक्षद्वयले आइतबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन् । दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष घिमिरेले सोही दिन पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ ।
इटहरी । नेपाली शेयर बजार परिसूचक मापक नेप्से आज पनि घटेको छ । आज नेप्से ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा अडिएको छ ।आज ३६८ कम्पनीका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता शेयर ५१ हजार २९५ पटक किनबेच हुँदा ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत सबै समूहका परिसूचक घट्दा व्यापार समूहको परिसूचक सर्वाधिक २.३० प्रतिशतले घटेको छ ।घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिवेञ्चरमा लगानीकर्ता तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५ देखि ५.३७ प्रतिशतसम्म बढेको छ ।उपकार लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइ
इटहरी । आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाललाई कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा नियुक्त गरेको छ । प्रेस रजिष्टारमा लीलाराज भट्टराई नियुक्त हुनुभएको छ ।कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम उहाँहरूलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।प्रेस रजिस्ट्रार सिफारिश समितिको सिफारिशका आधारमा मन्त्रिपरिषद् बैठकले प्रेस रजिस्ट्रारमा भट्टराईलाई नियुक्त गरेको हो । सो पदका लागि ९ जनाले आवेदन दिएकामध्ये ७ जना अन्तर्वार्ताम
इटहरी । आज बिहानै काठमाडौंका तीन सञ्चारगृहको मूल गेटमा सवारी साधन पार्किङ गरी सञ्चारगृहमा प्रवेशमा अवरोध गराउने कार्यको अनुसन्धान गरी सो कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।प्रेस विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विपिनकुमार आचार्यले स्वतन्त्र पत्रकारिता नै लोकतन्त्रको प्राणवायु रहेको भन्दै सञ्चार जगतलाई भयरहित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।‘प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता र अन्य जुन कुनै कदमहरूको राष्ट्रिय स्वतन्त्र पार्टी भत्र्सना गर्दछ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको
विराटनगरः कोशी अस्पताल विराटनगरले अस्पतालको जग्गामा निर्मित अनाधिकृत २६ वटा सटर सोमबार बिहानैदेखि डोजर प्रयोग गरी भत्काएको छ ।गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनपछि अस्पताल प्रशासनले सो कारबाही अघि बढाएको हो । अस्पतालको जग्गामा रहेका ती संरचनाहरू विभिन्न संस्थाहरूले भाडामा लगाएका थिए ।विराटनगर–७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए । ती संस्थाहरुले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा पनि लगाए