विराटनगरः कोशी अस्पताल विराटनगरले अस्पतालको जग्गामा निर्मित अनाधिकृत २६ वटा सटर सोमबार बिहानैदेखि डोजर प्रयोग गरी भत्काएको छ ।गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनपछि अस्पताल प्रशासनले सो कारबाही अघि बढाएको हो । अस्पतालको जग्गामा रहेका ती संरचनाहरू विभिन्न संस्थाहरूले भाडामा लगाएका थिए ।विराटनगर–७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए । ती संस्थाहरुले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा पनि लगाए
दिक्तेलः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय स्तरमा परम्परागत रूपमा उत्पादन हुँदै आएको कोदोको ‘तीनपाने’ मदिरालाई ब्रान्डिङ र लेबलिङ गरी नयाँ व्यावसायिक पहिचान दिएको छ ।नगर प्रमुख विमला राईको विशेष पहलमा शुरु भएको सो अभियानले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । नगरपालिकाले यसअघि नै महिला आमा समूहहरूलाई कोदोको तीनपाने बनाउने तालिमका साथै आवश्यक परम्परागत सामग्रीहरू वितरण गरेको थियो ।तालिमप्राप्त व्यक्तिले बनाएको सो मदिराको गुणस्तर, शुद्धता र अल्कोहलको मात्रामा एकरूपता ल्याउन नगरपालिकाले दुईवटा होमस्टेहरूसँग विशेष सम्झौता गर्
इटहरी । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।उहाँले सरल नेपाली भाषामा अनुवाद गरेको रामायण नेपालीको घर–घरमा लयसाथ पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको भनी उच्च सम्मान दिइन्छ ।वि.सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तले रामायणका साथै ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, का साथै फुटकर कविता लेख्नुभएको थियो । सरकारले आचार्यलाई राष्ट्रिय विभूतिको सम्मान दिएको छ ।भानु
इटहरीः उद्योग वाणिज्य संघ इटहरीमा गायत्री कटवाल भण्डारी निर्वाचित हुनुभएको छ । संघको इतिहासमा पहिलो पटक महिलाले नेतृत्व गर्नुहुने भएको हो ।शनिबार भएको निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राति सार्वजनिक हुँदा गायत्री कटवाल भण्डारी १५ मतान्तरले अर्का उम्मेद्वार नवराज काफ्लेलाई पराजित गर्दै विजयी हुनुभएको हो । उहाँ संघको पूर्व कोषाध्यक्ष तथा रेडिमेड व्यवसायी संघ इटहरीको संस्थापक अध्यक्ष हुनुहुन्छ ।भण्डारीले ७५८ मत प्राप्त गर्दा काफ्लेले ७४३ मत प्राप्त गर्नुभएको थियो ।अध्यक्षमा भण्डारी निर्वाचित भए पनि वाणिज्य सदस्यतर्फ भने सबै सदस्य काफ्ले समूहका निर्वाचित भएका छन् । जीवनकुमार न्यौपाने सर्वाधिक ९८९
इटहरीः उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतगणना अनुसार वाणिज्य सदस्यतर्फ अध्यक्ष पदका उम्मेद्वार नवराज काफ्ले प्यानलका सबै सदस्य विजयी भएका छन् ।वाणिज्य सदस्यतर्फ निर्वाचित हुने नौवटै स्थानमा काफ्ले प्यानलका उम्मेद्वार विजयी भएका हुन् । निर्वाचित वाणिज्य सदस्यमध्ये जीवनकुमार न्यौपानेले सर्वाधिक ९८९ मत प्राप्त गरेका छन् । सञ्जीव खड्काले ९८४, बलराम बस्नेतले ९६०, सिनेट रिजालले ९५९, सञ्जय शाहले ९५७, बलबहादुर न्यौपानेले ९४३, सन्नी चौधरीले ९१५, दिनेशप्रसाद धमलाले ९०८ र महेश थापाले ८८३ मत प्राप्त गरी विजयी भएका छन् ।अध्यक्ष पदकी उम्मेद्वार गायत्री कटवाल भण्डारी
राजविराजः सप्तरीको राजविराज नगरपालिका–११ स्थित कोशी पम्प नहरको बाँध भत्किँदा दुई बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । जसका कारण धानबालीसहितको बालीनालीमा क्षति पुगेको किसानले बताएका छन् ।प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग स्थानीयले माग गर्नुका साथै तत्काल भत्किएको बाँध मर्मत गरी थप क्षति हुनबाट रोक्नुपर्ने बताएका छन् ।
इटहरी । गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २६५३.४० विन्दुमा बन्द भएको नेप्से गत साता १.९८ प्रतिशत अर्थात् ५२.६२ अंक घटेर २६००.७८ विन्दुमा बन्द भएको हो ।गत साता पाँच कारोबार दिनका लागि खुलेको बजारमा एक कारोबार दिन नेप्से बढेको थियो भने चार कारोबार दिन ओरालो लागेको थियो ।सातामा कारोबार रकम भने बढेको छ । अघिल्लो साता दैनिक औसतमा ३ अर्ब ६६ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा गत साता दैनिक औसतमा ४ अर्ब ८५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।गत साता १३ वटै उपसमूहको परिसूचक घट्दा सामुहिक लगानी कोष उपसमूहको परिसूचक सबैभन्दा कम ०.७९ प्रतिशत घटेको छ । वित्
इटहरी । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रहेका निस्क्रिय खाताको सङ्ख्या कम गर्न र ग्राहकलाई सहज सुविधा दिन नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नयाँ निर्देशन दिएको हो ।नयाँ व्यवस्था अनुसार अब ग्राहकले आफ्नो बैंक खाता सम्बन्धित संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल एप र वेब एप्लिकेसन मार्फत समेत सहज रूपमा बन्द गर्न सक्नेछन् ।ग्राहकले उपस्थित भई वा प्रविधि मार्फत् खाता बन्द गर्न अनुरोध गरेमा उक्त खातामा रहेको रकम निजले चाहेको अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेक
इटहरी । आज बिहान भएको अन्तिम क्वार्टर फाइनल खेलमा स्वीट्जरल्याण्डमाथि रोमाञ्चक जीत हात पार्दै साविक विजेता अर्जेन्टिना सन् २०२६ को विश्वकपको सेमीफाइनलमा पुगेको छ ।१० खेलाडीमा सीमित भएर पनि बहादुरीपूर्वक लडेको स्वीट्जरल्याण्डका लागि यो हार निकै पीडादायी रह्यो । मध्यान्तरपछिको खेलमा स्ट्राइकर ब्रिल एम्बोलोले ‘डाइभिङ’ (फाउल भएको नाटक) गरेको भन्ने भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि उनलाई दोस्रो पहेँलो कार्ड दिँदै मैदानबाट बाहिर पठाइएको थियो ।सुरुमा लियान्द्रो पारेडेसले एम्बोलोलाई फाउल गरेको देखिएपछि पारेडेसलाई पहेँलो कार्ड दिइएको थियो । तर, भारले रेफ्रीलाई पुनः जाँच गर्न आग्रह ग¥यो, ज
इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन पावर पाटर्नरको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा सो कम्पनीको जारी पूँजीको ५० प्रतिशत अर्थात ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।सो कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म चुक्तापूँजीको ५० प्रतिशत अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सोही हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।सोमबारदेखि अब ती शेयर किनबेच गर्न मिल्नेछ ।