All Posts By खेमचन्द्र अधिकारी

    Showing ५४१-५५० of २,०८६ items.
  • अन्तरा म्युजिक सेन्टरको साङ्गीतिक कार्यक्रम भव्य, अतिथि दर्शकले गरे तारिफ

    बलियाः सुन्दरहरैंचा–४ बलियामा रहेको अन्तरा म्युजिक सेन्टरले प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार भव्य रूपमा साङ्गीतिक कार्यक्रम गरेको छ ।सुन्दरहरैंचा–४ बलियास्थित ज्येष्ठ नागरिक समाजको सभाहलमा भएको कार्यक्रममा सो म्युजिक सेन्टरमा प्रशिक्षण लिएका प्रशिक्षार्थीले आफ्नो साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।सो सेन्टरकी सञ्चालक भूमा अधिकारीको उद्घोषणमा भएको कार्यक्रममा सञ्चालकद्वय शर्मिला सिग्देल र अधिकारीका साथै सो सेन्टरका प्रशिक्षार्थीको वाद्यवादनमा भएको साङ्गीतिक कार्यक्रमको उपस्थित सबैले प्रशंसा गर्नुभएको थियो ।कार्यक्रममा आरम्भ गुरागाईँ, अभिस सुवेदी, एल्सन कोइराला, रचित घिमिरे, रोशिका कालाखे

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ८० पटक पढिएको
  • सुन्दरहरैंचामा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको जिल्ला र नगर समितिको भवन शिलान्यास

    बेलगाछीः नेपाल रास्ट्रिय भूतपूर्व सैनिक संघको मोरङ जिल्ला तथा सुन्दरहरैंचा नगर समितिको भवनको आज सुन्दरहरैंचा–७ बेलगाछीमा शिलान्यास गरिएको छ ।भवनको शिलान्यास सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, शिवदल गणका गणपति प्रमुख सेनानी अनिल बस्नेत, जग्गादाता तेजप्रसाद सिटौलालगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । शिलान्यास समारोहमा पञ्चेबाजा बजाउनुका साथै वेदका मन्त्रहरूको उच्चारण गरिएको थियो ।शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले विपद्को समयमा सेनाले गर्ने कार्यको प्रशंसा गर्दै राष्ट्रको सीमा रक्षक सेनाको जति नै गुणग

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २६५ पटक पढिएको
  • डिजिटल क्वीज सिजन–१ मा सगरमाथा हिमाल दर्शन पहिलो, ज्ञानज्योति दोस्रो

    विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलो पटक आइतबार सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्वीज सिजन–१’ मा सगरमाथा हिमाल दर्शन पहिलो भएको छ ।नगरका २३ विद्यालय सहभागी प्रतियोगिता डिजिटल प्रविधिमार्फत् सञ्चालन गरिएको थियो । प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल १३५ अंकसहित प्रथम, ज्ञानज्योति १३० अंकसहित दोस्रो भएका हुन् । प्रभात किरण र बाल सदनले समान ९५ अंक प्राप्त गरेपछि निर्णायक चरणबाट प्रभात किरण तेस्रो र बाल सदन चौथो भएका थिए ।विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।शनिबार नेपाल कम्प्युटर सेन्टरले आयोजना गरेको हाजि

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १८० पटक पढिएको
  • साउन महिनामा धेरै नाफा कमाउनेमा नबिल अग्रस्थानमा, प्रतिशतका आधारमा कृषि विकास बैंक अघि

    इटहरी ।  अघिल्लो वर्षको साउनको तुलनामा नेपालका वाणिज्य बैंकहरूले यस वर्षको साउन महिनामा कुल खुद नाफा ४.२३ प्रतिशतले बढाएका छन् ।गत आर्थिक वर्षको साउन महिनामा ८३८ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका यी बैंकहरूले चालु आर्थिक वर्षको साउन महिनामा ८७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।कृषि विकास बैंकको कीर्तिमानी वृद्धिसबैभन्दा बढी चर्चा र ध्यान खिच्ने बैंक कृषि विकास बैंक बनेको छ । यस बैंकको खुद नाफा प्रतिशत अप्रत्याशित छ । गत वर्षको साउनमा ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा वृद्धिदर १०२५४.५

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ११२ पटक पढिएको
  • कांग्रेसले सुनसरीका ९० प्रतिशत वडामा चुन्यो सर्वसम्मत नेतृत्व, बाँकी वडामा निर्वाचन हुने

    इटहरीः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत जारी वडा अधिवेशनमा सुनसरीका करिब ९० प्रतिशत वडामा पदाधिकारी सर्वसम्मत चयन भएको बताइएको छ ।जिल्ला निर्वाचन प्रमुख भरत थापाका अनुसार केही वडामा भने पदाधिकारी चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनको तयारी भइरहेको छ । सुनसरीका १ सय २५ वडामध्ये अधिकांश वडामा निर्विरोध रूपमा नेतृत्व चयन भएको हो ।निर्वाचन हुने वडाको यकिन संख्या र विवरण भने प्राप्त हुन बाँकी रहेको र ती वडामा सहमति जुटाउन प्रयास भइरहेको कांग्रेसले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १७७ पटक पढिएको
  • साउन महिनामा धेरै नाफा कमाउनेमा नबिल अग्रस्थानमा, प्रतिशतका आधारमा कृषि विकास बैंक अघि

    इटहरी । अघिल्लो वर्षको साउनको तुलनामा नेपालका वाणिज्य बैंकहरूले यस वर्षको साउन महिनामा कुल खुद नाफा ४.२३ प्रतिशतले बढाएका छन् ।गत आर्थिक वर्षको साउन महिनामा ८३८ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका यी बैंकहरूले चालु आर्थिक वर्षको साउन महिनामा ८७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।कृषि विकास बैंकको कीर्तिमानी वृद्धिसबैभन्दा बढी चर्चा र ध्यान खिच्ने बैंक कृषि विकास बैंक बनेको छ । यस बैंकको खुद नाफा प्रतिशत अप्रत्याशित छ । गत वर्षको साउनमा ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा वृद्धिदर १०२५४.५१ प्रत

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २३५ पटक पढिएको
  • आज बढ्यो सुनचाँदीको मूल्य

    इटहरी । आज नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार १०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको छ ।आज चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा किनबेच भएको छ ।

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ९३ पटक पढिएको
  • सलकपुरस्थित चिया पसलबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल

    बेलबारीः साइबर ब्युरोमा परेको उजुरीका आधारमा राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् ।दाहाललाई मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित चिया पसलबाट  नियन्त्रणमा लिइएको छ । उनलाई आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने भएको छ ।ब्युरोले काठमाडौं जिल्ला अदालतबाट उनलाई पक्राउ गर्ने अनुमति लिएको बताइएको छ ।दाहाल एक कार्यक्रमका सिलसिलामा मोरङ आएका थिए । 

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १७१ पटक पढिएको
  • देवानगञ्जमा हिजो भएको गोलीकाण्डको घटनामा संलग्न २ जना सार्वजनिक

    इनरुवाः प्रहरीले सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा हिजो साँझ भएको गोलीकाण्डको घटनामा संलग्न २ जनालाई आज सार्वजनिक गरेको छ ।हिजो साँझ देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मध्य हर्षाहीस्थित बीपी चोकमा दुई समूहबीचको झगडामा स्थानीय नीरजकुमार यादव घाइते भएका थिए । प्रहरीले शशुरुमा यादवलाई गोली हानिएको बताएको भए पनि अनुसन्धान भइरहेको बताएको छ ।घटनामा संलग्न २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई नियन्त्रणमा लिइएको हो । सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले उनीहरूमाथि थप अनु

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १०३ पटक पढिएको
  • धनकुटाको बञ्चरेमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १० जना घाइते

    धनकुटाः आज बिहान सवा ८ बजे धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा तांखुवाबाट धरान जाँदै गरेको जीप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छको १ ज २४९४ नम्बरको जीप दुर्घटना हुँदा सो जीपमा सवार धनकुटाको छथर जोरपाटी–३ की ६० वर्षीया सोकमाया लिम्बूको मृत्यु भएको हो ।अन्य १० जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । केही घाइते गम्भीर रहेको अस्पतालले जनाएको प्रहरीले जानकारी दिएको छ । घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १०७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल