All Posts By खेमचन्द्र अधिकारी

    Showing ५५१-५६० of १,३६७ items.
  • फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमीफाइनलमा

    इटहरी ।  फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको छ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमीफाइनलमा प्रवेश गरेको हो ।अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान भएको पहिलो क्वाटरफाइनलको मध्यान्तरपछिको खेलमा फ्रान्सका दुवै फरवार्डले गोल गरेका थिए ।चार वर्षअघि कतारमा भएको विश्वकपमा फ्रान्स र मोरक्को सेमीफाइनलमा भिडेका थिए । जसमा फ्रान्स विजयी हुँदै फाइनल पुगेको थियो । यस पटक ती दुई टोलीको क्वाटरफाइनलमै भेट हुँदा नतिजा दोहोरिएको हो ।यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातारको ३४ खेलको अपराजित

    • प्रकाशित मितिः असार २६, २०८३
    • १२९ पटक पढिएको
  • जनकपुरबाट शुरु गरे मिटरब्याज पीडितहरूले पैदलमार्च, काठमाडौंसम्म पदयात्रा गर्ने

    जनकपुरः जनकपुरधामस्थित तिरहुतिया गाछी मैदानबाट आजदेखि मिटरब्याज पीडितहरूले काठमाडौंसम्म पैदल मार्च शुरु गरेका छन् ।देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितहरूले काठमाडौं लक्षित पैदल यात्रा सुरु गरेका हुन् । पैदल मार्च शुरु गर्नुअघि उनीहरूले फर्जी तमसुक जलाएका थिए ।त्यसपछि मशाल प्रज्वलन गर्दै आन्दोलनको औपचारिक शुभारम्भ गरिएको थियो । मार्च शुरु हुनुअघि आयोजित कार्यक्रममा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष रमेश सेन्चुरीले यसपटकको सङ्घर्ष अन्तिम हुने बताए ।प्रधानमन्त्री बन्नुअघि बालेन्द्र शाहले जनकपुरधामबाटै मिटरब्याज पीडितहरूको समस्या समाधान गर्ने प्रतिबद

    • प्रकाशित मितिः असार २५, २०८३
    • १२५ पटक पढिएको
  • ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

    इटहरी ।  सरकारले विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरेको छ । सिफारिश समितिले गरेको सिफारिशअनुसार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्त गर्नुभएको हो ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की नियुक्त हुनुभएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त हुनुभएको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आचार्य न्याम्सको क्यान्सर विभाग प्रमुख हुनुहुन्थ्यो ।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान नियुक्त हुनुभएको छ

    • प्रकाशित मितिः असार २५, २०८३
    • ११२ पटक पढिएको
  • २६०० मा झर्याे शेयर बजार, कारोबार रकम पनि खुम्चिँदै

    इटहरी ।  आज शेयरबजार मापक नेप्से परिसूचक ०.७५ प्रतिशत अर्थात् १९.६७ अंकले घटेर २६०१.९२ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३६१ कम्पनीको ८७ लाख ५१ हजार ३८० कित्ता शेयर ५७ हजार ८६४ पटक किनबेच हुँदा ४ अर्ब ६१ करोड १९ लाख ५४ हजार ७८२ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटै समूहमा रातो पोतिँदा व्यापार समूह सर्वाधिक अर्थात् २.३६ प्रतिशतले घटेको छ ।उच्च कारोबार गर्ने ५ कम्पनीमध्ये ४ वटा ऋणपत्रघटेको बजारमा उच्च कारोबार गर्ने ५ मध्ये ४ वटा स्टक विभिन्न बैंकका ऋणपत्र रहेका छन् । ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६\८७ को सर्वाधिक ३५ करोड ५८ लाख ९२ हजार ८२० रुपैयाँको शेयर किनबेच भएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • १२८ पटक पढिएको
  • वर्षाका कारण मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध

    फिदिमः वर्षाका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् ।प्रहरीका अनुसार मेची राजमार्गअन्तर्गत इलामको माइखोला नजिकको राजदुवालीमा सडक अवरुद्ध छ । त्यस्तै तमोर करिडोरअन्तर्गतको पाँचथर र धनकुटाको सिमाना बग्ने नावा खोलामा बाढी आएकाले यातायत ठप्प छ ।मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङ र तेह्थुमको आठराई क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । मेची राजमार्गको विकल्पमा रहेको तमोर करिडोर पनि अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको राष्ट्रिय राजमार्गसँगको सम्पर्क टुटेको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • १०८ पटक पढिएको
  • आज पनि घट्यो सुनचाँदीको भाउ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।आज चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • १५३ पटक पढिएको
  • नेकपा पाँचथरको एकता बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न

    फिदिमः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति पाँचथरको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपाका प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो, प्रदेश संयोजक हर्कबहादुर नेम्बाङ, जिल्ला इन्चार्ज सीता लिम्बू र खेलप्रसाद बुढाथोकी लगायतका केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।जनताका उपलब्धिमाथि प्रहार भइरहेको वर्तमान समयमा त्यसको रक्षार्थ वाम शक्तिहरुको एकता आवश्यक रहेको प्रमुख अतिथि राईले बताउनुभयो ।कार्यक्रममा ४९९ सदस्यीय जिल्ला कमिटीको घोषणा गरी पद तथा गोपनीयताको शपथ गराइएको थियो ।

    • प्रकाशित मितिः असार २५, २०८३
    • १७९ पटक पढिएको
  • देशैभरका केही स्थानमा भारी वर्षाको सम्भावना, कोशी र गण्डकीका पहाडी क्षेत्रमा बढी वर्षा हुने

    इटहरी ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण आज देशभरका केही स्थानमा भारी वर्षा हुने भएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा धेरै भारी वर्षा हुने भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भू–भागतर्फ नै सरदर स्थानको आसपासमा रहेको छ ।महाशाखाका अनुसार पछिल्लो एक घन्टामा पाल्पाको हात्तीलुङमा २४.८ मिलिमिटर वर्षा भएको छ । रुपन्देहीको सूर्यपुरामा १९ मिलिमिटर, नवलपरासीको बर्दघाटमा १९ मिलिमिटर, तिलोत्तमामा ११.२ मिलिमिटर, दाङको तुलसीपुरमा १५.४ मिलिमिटर, सुखाबारेमा ११.४ मिलिमिटर, घोराहीमा ९.४ मिलिमिटर र नवलपरसीक

    • प्रकाशित मितिः असार २५, २०८३
    • ८९ पटक पढिएको
  • सुन्दरहरैंचाका उत्कृष्ट वडा मेलमिलाप केन्द्रको रूपमा वडा नम्बर ११ र ८ का मेलमिलाप केन्द्र सम्मानित

    विराटचोकः न्यायिक समिति सुन्दरहरैंचाले उत्कृष्ट कार्यसम्पादन गर्ने वडा मेलमिलाप केन्द्रलाई सम्मानित गरेको छ ।कार्यक्रममा २५ हजार नगदसहित उत्कृष्ट मेलमिलाप केन्द्रको सम्मान वडा नं. ११ लाई प्रदान गरिएको थियो । १० हजार नगदसहित कुशल विवाद मेलमिलाप केन्द्रको सम्मान वडा नं. ८ लाई प्रदान गरिएको थियो । कार्यक्रममा मेलमिलापकर्ताहरूलाई ज्याकेट, झोला, क्यापलगायत आवश्यक सामग्री पनि वितरण गरिएको थियो ।नगरप्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुरागाईले साना–तिना विवाद स्थानीय स्तरमै समाधान हुने भएकाले अदालत धाइरहनुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको बताउन

    • प्रकाशित मितिः असार २५, २०८३
    • ११२ पटक पढिएको
  • यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ टोली, यस्तो छ अबको प्रतिष्पर्धा

    इटहरी ।  फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा पुग्ने टिमको टुङ्गो लागेको छ ।क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १–१ टिम मात्र पुगेका छन् ।पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा अन्तिम १६ बाटै बाहिरिएका छन् । पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरिएको छ ।साविक विजेता अर्जेन्टिनासहित पूर्व विजेताहरु फ्रान्स, स्पेन र इंग्ल्यान्डले पनि अन्तिम ८ मा स्थान बनाएका छन् ।यस संस्करणमा कीर्तिमानी पाँच पटकको विजेता ब्राजिल पराजित हुँदै बाहिरियो । नर्वे र मोरक्कोले पनि भई बाहिरियो ।मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले हराएर लग

    • प्रकाशित मितिः असार २५, २०८३
    • १४४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल