All Posts By खेमचन्द्र अधिकारी

    Showing ७२१-७३० of १,३५४ items.
  • रास्वपा कोशी प्रदेश सभापतिमा मोरङका चन्द्र राई विजयी, निवर्तमान प्रदेश सभापति गोमा तामाङ पराजित

    विराटचोकः हिजो भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको प्रथम अधिवेशनबाट मोरङका चन्द्रबहादुर राई सभापति पदमा निर्वाचित हुनुभएको छ ।सभापति पदका लागि खसेको कुल ४९० मतमध्ये राईले २८० मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रदेश सभापति गोमा तामाङ (सरिन)ले १४१ मत ल्याउनुभएको थियो ।अन्य उम्मेद्वारहरू खगेन्द्र कटुवालले ४१ मत र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गर्नुभएको थियो । १ मत बदर भएको थियो ।सभापति पदका लागि ६ जनाको उम्मेद्वारी परे पनि पछि २ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिनुभएको थियो । उदयपुरका पारसमणि गेलाल र तेह्रथुमका पीताम्बर तिम्सिनाले आफ्नो उम्म

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २४६ पटक पढिएको
  • रास्वपाको कोशी प्रदेश अधिवेशनमा मतदान सम्पन्न

    विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचामा रास्वपाले प्रदेश अधिवेशन गरेको हो ।सुन्दरहरैंचा–९ विराटचोकस्थित जेसीज भवनमा हिजो साँझ साढे ७ बजे शुरु भएको मतदान राति १ बजे सकिएको थियो । नयाँ नेतृत्व चयनका लागि निवर्तमान प्रदेश सभापति गोमा तामाङ सहित ४ जनाले उम्मेद्वारी दिएका छन् । प्रदेश नेतृत्वका लागि मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा. खगेन्द्र कटुवाल र झापाका चन्द्रकुमार गौली (निरज) हुनुहुन्छ । सभापति पदमा ६ जनाले उम्मेद्वारी दर्ता गराएका भए पनि उदयपुरका प

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • २७२ पटक पढिएको
  • १.५४ अंकले घट्यो शेयर बजार

    इटहरी ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात १.५४ अंकले घटेर २७३३.५९ बिन्दुमा सीमित भएको छ ।नेप्सेमा सूचीकृत ३५७ वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६३ हजार ७३२ पटक किनबेच हुँदा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये चारवटा समूहमा मात्रै हरियाली छाएको छ । अन्य समूह सर्वाधिक अर्थात ०.२९ प्रतिशतले बढ्दा फाइनान्स समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले घटेको छ ।घटेको बजारमा आज कृषि विकास बैंकको बोण्डको सर्वाधिक अर्थात् ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।आज सोपान फर्मास्युटिकल्स र कालिञ्चोक हाईड

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २७३ पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकले गर्याे यी चार निर्णय

    इटहरी । आज बसेको मन्त्रीपरिषद् बैठकले चार निर्णय गरेको छ ।सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार सरकारले तल्लो अरुण जलविद्युत आयोजना, लोअर न्यादी खोला जलविद्युत आयोजना, हुन्सार खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।निजामती सेवा १६ औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।सरकारले विशालकुमार भण्डारी, दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ ।सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुदन गुरुङको सम्बन्धमा अध्य

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १५० पटक पढिएको
  • मन्त्रिपरिषद् बिस्तार, सुधन र महावीरले लिए शपथ

    काठमाडौंः आज प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रि परिषद् विस्तार गर्नुभएको छ । जसअनुसार गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिनुभएको छ ।आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भएको शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित हुनुुहुन्थ्यो ।गुरुङ यसअघि पनि गृहमन्त्री हुनुहुन्थ्यो । उहाँको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि राजीनामा दिनुभएको थियो । सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सरकारले बुझेपछि गुरुङ पुनः गृहमन्त्रीमा दोहोरिनुभएको हो । यद्यपि

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २४३ पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १८३ पटक पढिएको
  • महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने, आजै शपथ हुने

    इटहरी ।  म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी विजयी बनेका सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै शपथ ग्रहण गर्ने भएका छन् ।सांसद पुनले केही दिन पहिले सरकारले नवप्रवर्तन तथा अनुसन्धानको लागि बजेट विनियोजन गरेकोमा धन्यवाद दिएका थिए ।सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्री बनेका पुनलाई बालेन्द्र साह नेतृत्वको सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागेको हो ।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २५९ पटक पढिएको
  • सुधन गुरुङ फेरि गृहमन्त्री बन्दै, आज ३ बजे शपथ

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।सम्पत्ति छानबिनमा निर्दाेष ठहर भएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।मंगलबार दिउँसो ३ बजे उनको शपथ कार्यक्रम तय गरिएको स्रोतको दाबी छ ।यसअघि गुरुङ वर्तमान मन्त्रिपरिषद्मा २७ दिन गृहमन्त्री भएपछि आफ्नो अभिव्यक्ति र सम्पत्तिको विषयमा विवादित भएपछि उनले राजीनमा दिएका थिए ।केही दिन अघि आफू पुनः गृहमन्त्री भएमा २ महिनाभित्रमा राम्रो काम गर्ने र २ महिनासम्म बधाई दिन र फोटो खिच्न कोही पनि नआऊन उनले आग्रह गरेका थिए ।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २२९ पटक पढिएको
  • सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा युवा उद्यमशीलता विकास तालिम शुरु

    विराटचोकः युवामा उद्यमशील सोच, व्यवसायिक सीप, नेतृत्व क्षमता तथा आत्मनिर्भरता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ आजदेखि युवा उद्यमशीलता विकास तालिम शुरु भएको छ ।“युवा शक्ति, उद्यमी सोच, समृद्ध नेपालको खोज” भन्ने नारासहित शुरु भएको तालिमको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले आज एक समारोहका बीच उद्घाटन गर्नुभयो ।तालिमले स्थानीय युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने दिशामा प्रेरित गर्ने विश्वास लिइएको आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघले जनाएको छ ।१५ दिनसम्म सञ्चालन हुने तालिममा सुन्दरहरैंचाका ५० जना युवा सहभागी छन् ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • २४६ पटक पढिएको
  • सवा २० अङ्कले घटेको शेयर बजारमा कारोबार रकम शुक्रबारको भन्दा डेढ अर्ब कम

    इटहरी ।  साताको पहिलो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.७३ प्रतिशत अर्थात् २०.२७ अङ्कले घटेर २ हजार ७३५.१४ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर ५६ हजार ८४५ पटक किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको शेयर कारोबार भएको छ । गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।०.२६ प्रतिशतले फाइनान्स समूह बढ्नुबाहेक कारोबारमा आएका बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ । आज व्यापार समूह सर्वाधिक अर्थात १.७७ प्रतिशतले घटेको छ ।फाइनान्स समूह बढेको बजारमा आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • ३८५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल