All Posts By खेमचन्द्र अधिकारी

    Showing ८९१-९०० of १,३५४ items.
  • आज विश्व उच्च रक्तचाप दिवस

    इटहरी ।  आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाइन्छ । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले उच्च रक्तचाप नेपालीका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्स

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १९८ पटक पढिएको
  • इटहरीको धरान लाइनमा खुल्यो वाइल्ड मङ्की बिन क्याफे एण्ड रेष्ट्रो

    इटहरीः नयाँ स्वाद र फरक वातावरणमा सेवा दिने गरी इटहरीको धरानलाइनमा वाइल्ड मङ्की बिन क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ ।नेपाल बैंक लिमिटेड नजिकै रहेको क्याफेको उद्घाटन इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले संयुक्त रूपमा गर्नुभयो ।सो क्याफेमा कफी, फास्टफुड र पेय पदार्थलाई मुख्य प्राथमिकतामा राखिएको सञ्चालक जीवन अधिकारी बताउनुहुन्छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १६० पटक पढिएको
  • आज सगरमाथा आरोहणमा बने दुई कीर्तिमान, कामीरिता र लाक्पा शेर्पाले तोडे आफ्नै नाममा रहेका अघिल्ला कीर्तिमान

    इटहरी । आज सगरमाथा आरोहणमा दुई कीर्तिमान बनेका छन् ।सगरमाथा आरोही कामीरिता शेर्पा र लाक्पा शेर्पाले आफ्नै नाममा रहेको कीर्तिमानी तोड्दै नयाँ कीर्तिमानी बनाउनुभएको हो । कामीरिताले विश्वमा सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने आरोहीको र लाक्पाले धेरै पटक सगरमाथा आरोहण गर्ने महिलाको नाममा कीर्तिमानी बनाउनुभएको हो ।पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयका अनुसार आज बिहान १० बजेर १२ मिनेट जाँदा कामीरिता शेर्पा ३२ औं पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । उहाँले सगरमाथा आरोहणमा धेरै पटक सगरमाथा चढ्ने व्यक्तिको आफ्नै रेकर्ड तोड्नुभएको हो । यसअघि २०८२ साल जेठमा उहाँले ३१ औं पटक सगरमाथाक

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २३१ पटक पढिएको
  • आज पनि घट्यो सुनचाँदीको दाम

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको दाम घटेको छ । आज सुनको दाम तोलामा ४ हजार ५०० रुपैयाँ र चाँदीको दाम तोलामा ३३० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २६७ पटक पढिएको
  • आजदेखि पुरुषोत्तम महिना अर्थात् अधिकमास (मलमास) शुरु

    इटहरी ।  प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा पर्ने अधिकमास अर्थात् मलमास आजदेखि शुरु भएको छ । पुरुषोत्तम पनि भनिने मलमास असार १ गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई मलमास वा अधिकमास भनिन्छ । ज्योतिषीय गणनाअनुसार सौर र चान्द्र वर्षबीच समन्वय मिलाउन अधिकमास पर्ने गर्दछ । धार्मिक मान्यताअनुसार मलमासलाई ‘पुरुषोत्तम मास’ पनि भनिन्छ । भगवान् श्रीकृष्णले आफ्नो नामबाट चिनिने वरदान दिएपछि यो महिनालाई पुरुषोत्तम मास भनिएको विभिन्न धर्मग्रन्थमा उल्लेख छ ।अधिकमासमा नित्य पूजा, जप, ध्यान, पाठ तथा पह

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १४७ पटक पढिएको
  • आज विश्व दूर सञ्चार दिवस मनाइँदै

    काठमाडौंः आज विश्व दूरसञ्चार दिवस मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सुसूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापनाका लागि आधार तयार गरेको थियो । सोही दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो ।यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइन्छ ।अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन अन्तर्गत विश्वभर रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । एक दशक अघिसम्म यो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो ।सन् २००० अघिसम्म

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १७२ पटक पढिएको
  • आज मदन–आश्रितको ३३ औँ स्मृति दिवस

    काठमाडौंः आज नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।पार्टीका अनुसार आज मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदै छ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।नेता भण्डारीलाई जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मानिन्छ ।२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा दुवै जना नेताको निधन भएको थियो ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १३७ पटक पढिएको
  • देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने

    इटहरी ।  पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आज देशका धेरै स्थानमा वर्षा र हिमपात हुने अनुमान छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।मधेस प्रदेशसहित

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १५५ पटक पढिएको
  • एपीएफलाई हराउँदै धरान फुटबल क्लब पुग्यो प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकपको सेमीफाइनलमा

    विराटचोकः सशस्त्र प्रहरी फुटबल क्लब एपीएफलाई हराउँदै धरान फुटबल क्लब मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजोदेखि शुरु भएको प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।हिजोको उद्घाटन खेलमा एपीएफ फुटबल क्लबलाई २–० गोल अन्तरले धरानले पराजित गरेको हो ।प्रतियोगिताको उद्घाटन समारोहका सभापति संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।पराजयसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । विजयी धरान

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • १७९ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सुरेन्द्र थापा सर्वसम्मत चयन

    विराटचोकः मोरङको सुन्दरहरैँचा–१२ स्थित सुकुना बहुमुखी क्याम्पस को सञ्चालक समितिमा सुरेन्द्रबहादुर थापा सर्वसम्मत चयन हुनुभएको छ ।समितिको सदस्यहरूमा उमेश वस्ती, टीका कट्टेल, रमेश खड्का, नवराज चापागाई, पुण्यप्रसाद आचार्य, तिलकप्रसाद ढकाल, लक्ष्मीप्रसाद फुयाल, योजना शर्मा, योगराज काफ्ले, नेत्रप्र

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • २०६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल